”बावु तिमी कहाँ छौँ, फर्कि छिट्टै आउँ”

11084275_860782257301537_1768289034594978563_n


विकाश पराजुली
बुटवल, ११ चैत । चैत महिनाको ८ गते सधै जसो परिबार संगै हुने सुदीप अधिकारी एक्कासी कहाँ गए केही थाहा भएन, परिवार जनले छरछिमेक, आफन्त सवै तिर खोजे तर थाहा अझै भएको छैन् सुदीप अधिकारी अहिले कहाँ छन् ।
बुटवलको न्यू होराईजन उच्च मावि बाट एसएलसी दिदै गरेका उनको परीक्षा केन्द्र कालिका उच्च माविमा रहेको थियो । एसएलसी परीक्षा चलिरहेको अवस्थामा उनी एक्कासी बेपत्ता भएपछि अहिले आमा, वुवा, हजुरआमा कसैका पनि आँखा ओभाना छैनन् भने मनमा पनि खुसी छैन । स्कूल हिडेका बालबालिका थाहै नदिई ‘वेपत्ता’ भएको दुखद् खबरले अहिले अधिकारी परिबार अहिले पीडामा छ ।
एसएलसी परीक्षा चलिरहदा साथी भाईसँग पढ्न जान्छु र उतै बाटै परीक्षा दिन्छु भन्दै घरबाट हिडेको १८ बर्षिय सुमन घर नफर्केपछि परिबारले खोजि गरिदिन सवैतिर आग्रह गरेको छन ।
बुटवल उपमहानगरपालिका–१२, कालिकानगर बस्ने अधिकारी परिवारले “परीक्षाको कुनै चिन्ता नगर, तिमीलाई हामीले माया गर्छौ” भन्दै सार्वजनिक सुचना नै प्रकाशित गरी आवह्न गर्दा समेत अनि अहिले सम्म सम्पर्कमा आएका छैनन । आफन्त, छरछिमेक कतै नभेटिएपछि आफुहरुले सार्वजनिक रुपमानै सूचना आवह्न गरी छोरा खोजिदिन वुवा टंक अधिकारीले सवैलाई आग्रह गरेका छन् ।
यही चैत ५ गतेदेखि सञ्चालन भएको एसएलसी परीक्षाका तीन वटा विक्षयका परीक्षा दिएका उनी चौथो परीक्षा दिनु अगावै वेपत्ता भएका हुन् ।
 124 0 0 0 125
 
 0

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.