बेपत्ता भएका सुदीप गोरखपुरमा भेटिए
बुटवल, ११ चैत । बुटवल १२ कालिकानगरका सुदिप अधिकारी वेपत्ता भएको ३ दिन पछि परिबारको सम्पर्कमा आएका छन् । चैत ८ गते देखि बपेत्ता भएका सुदिप भारतको गोरखपुरमा भेटिएको परिबारले जानकारी दिएको छ ।
एसएलसी दिदै गरेका सुदिप एक्कासी सम्पर्क विहिन भएपछि परिबारले खोजिदिन सवैतिर आग्रह गरेको लगत्तै त्यसको तीन दिनमा नै सुदिप परिबारको सम्पर्कमा आएका छन् । सुदिप भारतको गोरखपुरमा भेटिएको पुर्ण जानकारी आएपनि अहिले थप केही जानकारी नभएको सुदिपका काका अजय अधिकारीले जानकारी दिए ।
”भेटियो भन्ने खवर आएको छ, पछि सवै कुरा थाहा हुन्छ” उनले भने–“कहाँ, के छ अहिलेको अवस्था त्यो सवै हामीलाई पनि जानकारी छैन् ।”
उनले को मार्फत भेटिएको भन्ने पनि अहिले केही बताउन नमिल्ने बताए ।
१८ बर्षिय सुदिप बुटवलको न्यू होराईजन उच्च मावि बाट एसएलसी दिदै गरेका विद्यार्थी हुन ।
यही चैत ५ गतेदेखि सञ्चालन भएको एसएलसी परीक्षाका तीन वटा विषयका परीक्षा दिएका उनी चौथो परीक्षा दिनु अगावै वेपत्ता भएका थिए ।
0 comments