बुटवलको श्रेष्ट टेलरिङमा आगलागी


shresta tealoring centre १ करोड भन्दा बढिको क्षति
विकाश पराजुली
बुटवल, ११ चैत ।
बुटवलको पुरानो बसपार्कमा रहेको श्रेष्ट टेलरिङ सेन्टरमा लागलागि भएको छ ।
आगलागी बाट १ करोड २७ लाख रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ । नगद २ लाख सहित ग्राहकको कपडा, मेसिन र थान कपडाहरुमा आगो लाग्दा सो मुख्य बराबरको क्षति भएको पसल सञ्चालक जीवन परियारले जानकारी दिए ।
बुधबार विहान १ बजेको समयमा विद्युत सट भई आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
आगोले ग्राहकको कपडा १० लाख, काँचो रमेन कपडा ३५ लाख, रिडएण्ड टेलर १५ लाख, दिगजामको १० लाख, एसकुमारको १० लाख, वेलमोनको १० लाख सियारामको ९ लाख, पोसवोलको ८ लाख, सटिङको १० लाख र डेकोरेशनको ९ लाख रुपैया बरावरको क्षति भएको उनले बताए ।
आगोले २ मेसिन समेत जलेर नष्ट भएका छन् । पसल बन्द गर्ने समयमा लाईन नभएको र राती लाईन आएपछि विद्युत सट भई आगो लागेको हुन सक्ने बताइएको छ । पसल सञ्चालक परियार आगो लागेको थाहा पाउन वित्तिकै गोलपार्क बाट राती नै पसलमा आएका थिए । पसलमा आउनसाथ बेहोस बनेका उनलाई लुम्बिनी अञ्चल अस्पतामा लगिएको थियो ।
घटना भएको थाहा पाउने वित्तिकै बुटवलको उपमहानगर पालिकाको दमकल र स्थानियको सहयोगमा करिव आधा घण्टामा नै आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा संगै रहेको भण्डारी सिलाई सामग्रीमा पनि केही क्षति पुगेको छ ।
पसलमा काम गर्ने ४ कामदार भने माथी घरको छतमा सुतेको भएपनि भित्रभित्र आगो लाग्दा केही थाहा नभएको बताइएको छ । पसलका कालिगढ सुमन परियारले राती सुतेको समयमा कपडाको गन्ध आएको थाहा पाएपछि पछि हेर्न जाँदा आगो बलेको देखेको बताए । ८ बर्ष अघि स्थापना भएको टेलरिङ सेन्टरमा २० जना कामदारहरुले रोगजार पाएका थिए ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.