रुपन्देहीमा १ हजार बढि क्षयरोगका विरामी उपचारमा


सन्दर्भः आज विश्व क्षयरोग दिवस
विकाश पराजुली
बुटवल, १० चैत ।
TB-rogरुपन्देही जिल्लामा क्षयरोगको उपचार गर्नेहरुको संख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य  कार्यालय रुपन्देहीले दिएको तथ्याङ अनुसार चालु आ.व. को फागुन सम्म ९ सय ४४ जना विरामी उपचारर्थ रहेका छन् । त्यस्तै डि आर टि वि उपचारमा रहेका ७० गरी कुल १ हजार १४ जना विरामी उपचारर्थ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
आ.व. ०७०/०७१ मात्र उपचारका लागि १५ सय ३४ जना विरामी  उपचारका लागि आएका थिए । त्यस्तै साउनदेखि फागुनसम्म उपचार पूरा गरेका विरामी ९ सय ७८ जना रहेका छन् । जीर्ण रोगी २ सय ३ जना मध्ये ७६ जना रुपन्देहीका मात्र रहेका जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीले बताए ।
जिल्लामा अहिलेसम्म ६८ प्रतिशत रोग पत्ता लागेको कार्यालयका क्लिनिक इन्चार्ज डा. सत्यराज शाक्यले बताए । जिल्लामा करिब १ लाख जनसङख्यामा १ सय ४७ नयाँ विरामी पत्ता लाग्ने गरेका छन् । रुपन्देहीमा ७९ उपचार केन्द्र, २० रोग निदान केन्द्र, सहरमा २० वटा उपचार केन्द्र, डिआर र टिबी उपचार केन्द्र २, डिआर टिबी आवास गृह १ र नेपाल क्षयरोग निवारण केन्द्र एउटा रहेका छन् ।
‘सबै छुटेका  क्षयरोगलाई उपचारमा ल्याई  निको पारौं’ भन्ने नाराका साथ यो दिवस आज रुपन्देहीमा पनि मनाउन लागिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज मणिग्राममा क्षयरोग संग सम्बन्धीत खुल्ला लोकगित कार्यक्रम समेत आयोजना गरेको छ । कार्यालयले सोमबार मणिग्रामानै सञ्चारकर्मी संग अन्तक्र्रिया गरेको थियो । जर्मन वैज्ञानिक डा.रबर्ट कक्ले क्षयरोगको किटाणु पत्ता लगाएको ठीक एक सय बर्षपछि सन्् १९९२ मार्च २४ देखि विश्व क्षयरोग दिवस मनाउन थालिएको हो ।
स्वासप्रस्वासका माध्यमबाट सर्ने क्षयरोग नियन्त्रणका लागि नियमित रुपमा औषधि सेवन गरेमा पूर्ण रुपमा निको हुने गर्दछ। दुई हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, कमजोर हुँदै जानु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, खकारमा रगत देखिनु क्षयरोगका लक्षण हुन् ।
पहिलो फोक्सोमा लाग्ने र अर्को फोक्सो बाहेक अन्य स्थानमा लाग्छ । माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने क्षयरोगको उपचार र औषधि निःशुल्क उपलब्ध हुने गर्दछ ।
नेपाल क्षयरोग निवारण केन्द्रका अनुसार नेपालमा हरेक बर्ष कम्तीमा २० हजार क्षयरोगका  नयाँ  बिरामी थपिने गरेका छन् ।  जसअनुसार तीमध्ये ९० प्रतिशतको रोग पुर्ण रुपमा निको भएको छ । विश्वको तथ्याङकलाई हेर्दा प्रति बर्ष ९० लाख नयाँ  क्ष्यरोगी देखिने गरेका छन् । विकासोन्मुख मुलुकमा यो रोग बढी मात्रामा देखिने गरेको छ । विश्वमा एक करोड ६० लाख क्षयरोगका रोगी रहेको अनुमान छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.