रुपन्देहीका होटलमा बढ्दो लगानी
घरबाहाल ऐन र अवैज्ञानिक कर प्रणाली मुख्य समस्या
विकाश पराजुली
बुटवल, १२ फागुन । पछिल्लो समय रुपन्देही जिल्लामा रहेका होटलहरुमा लगानी बढ्दै गएको छ । स्तरिय होटल खोल्ने क्रम बढे संगै होटलमा लगानी गर्नेहरुको जमात बढेको हो । होटलमा लगानी बढे संगै रोजगारको सम्भावना पनि उत्तिकै बढेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मोदनाथ बेलबासेले जिल्लाका होटलहरुमा लगानी बढ्दै गएको बताए । पुराना होटलको स्तरउन्नतीका का साथै स्तरिय सेवा प्रदान गर्नका लागि निर्माण गरिएको अत्याधुनिक होटलहरु खोल्ने क्रम बढे संगै लगानी पनि बढेको हो ।
बुटवल, भैरहवा तथा लुम्बिनी क्षेत्रमा स्तरिय होटल मात्र करिव ५० रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ । त्यी होटलहरुमा अर्बौ लगानी भएको संघका अध्यक्ष बेलबासे बताउँछन् ।
बुटवलमा अन्तरर्राट्रिय स्तरको सम्मेलन केन्द्र बन्ने तथा भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल सञ्चालनमा आउने निश्चित भएपछि रुपन्देहीका होटलहरुमा लगानी बढ्न गएको हो ।
विमानस्थल निर्माणपश्चात न्युनतत्त १ हजार जना दैनिक यहि मार्गहुदै आवाज जावत गर्ने र केही कारणले कुनै व्यक्तिहरु रोकिनपर्ने भएकाले पनि होटल तथा रेष्टुरेन्टको सम्भावना रहेको उनको भनाई छ । जिल्लामा प्रत्येक बर्ष होटल तथा रेष्टुरेन्ट थपिने क्रम जारी छ । बुटवलमा मात्र स्तरीय होटलका रुपमा डासिर्स इन्टरनेशनल होटल, डेनेभो क्लब, द मनिङ इन, होटल अतिथि, होटल एच.के. प्रा.लि, सिंगापुर गेष्ट हाउस र होटल ग्रीन हाउस तथा होटल द क्यालसिक इनन्टरनेशनल सञ्चालना रहेका छन् ।
स्तरिय होटलहरु खोल्ने क्रम बढेपनि अझै सम्म यस क्षेत्रमा तारे होटलहरु भने सञ्चालन भएको छैन् । व्यवसायीहरुका अनुसार यस क्षेत्रमा कम्तिमा पनि ४ तारे होटलहरुको आवश्यक रहेको बताउछन् । संघका अध्यक्ष बेलबासेका अनुसार भैरहवा तथा लुम्बिनीमा क्षेत्रमा ३ वटा तारे होटलहरु स्थापनाको तयारीमा रहेको बताए ।
त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार माधव नेपालले लुम्बिनी अञ्चलमा रहेका पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार गर्न सके पर्यटकहरुलाई यस क्षेत्रमा धेरै दिन राख्न सकिने बताए । उनले बुटवलका होटल व्यवसायमा लगानी बढे पनि अझै प्रयाप्त नभएको बताए ।
पार्किङ समस्या
पुरानो होटल भएका स्थानहरुमा अझै पनि पार्किङ समस्या रहेको छ । बढ्दो शहरीकरण संगै सडक किनारमै पार्किङ गर्नेहरुको क्रम बढेको छ । स्तरिय होटलहरुले पार्किङ व्यवस्थापन गरे पनि पुराना होटलहरुमा भने यो समस्या उस्तै रहेको छ ।पार्किङ स्थान नहुदा होटलमा जाने जो कोही पनि सडक क्षेत्रमै सवारी पार्किङ गरी जानुपर्ने बाध्यता रहेको स्वय व्यवसायीहरु नै बताउँछन् ।
होटल व्यवसायीका समस्या
होटल व्यवसायीहरुले महङ्गो घरभाडा,होटल व्यवसायीले घर घाडा तिर्नुका साथै घर कर पनि तिर्नुपर्ने समस्या भएको बताएका छन् । त्यस बोहक बेलाबेलामा प्रहरी प्रशासनले अनावश्यक ढंगले दुःख दिने, दिन प्रतिदिन बढ्दो लोडसेडिङ,पानीलगायतका विविध समस्या भएका कारण पनि व्यवसाय सहज रुपमा गर्न नसकिएको अध्यक्ष बेलबासे बताउछन् । अझ बढी पछिल्ला दिनहरुमा होटल व्यवसायीलाई विभिन्न खालका अपराधिक क्रियाकलापहरु गर्न सुरक्षित केन्द्रको रुपमा लिने परिपाटी बढ्नु, होटलमा हुने विभिन्न अपराधिक क्रियाकलापमा होटल व्यवसायीको कूनैपनि संलग्नता नहुंदानहुंदै पनि प्रशासनबाट अमार्यदित ढंगले हुने चेकजाच कार्यले व्यवसायीलाई ठूलो समस्या परेको बेलबासेको भनाई छ ।
अवैज्ञानिक कर प्रणाली
नेपाल सरकारको अवैज्ञानिक कर प्रणालीको मारमा होटल व्यवसायी हरु मर्कामा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ । राज्यले २०५४ सालमा लिएको मूल्य अभिवृद्वि कर प्रणालीको २० लाख कारोवारको वार्षिक थ्रेसहोल्डलाई आधार मानी सबै होटल व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्वि करमा दर्ता गर्ने नीतिका कारण स्वरोजगार मूलक सेवा उद्योगी व्यवसायीलाई व्यवसाय सञ्चालनमा असहज अवस्था सिर्जना भएको उनले बताए । राज्यले लिएको मूल्यवृद्वि करको वर्तमान थै्रसहोल्डमा वृद्वि गरी ७५,००,००० । सम्म गनुपर्ने जरुरी रहेको उनले बताए । उनले आफुहरु कर तिर्नबाट भने नभागेको प्रष्ट पारे ।
0 comments