लुम्बिनीमा लाईसेन्स वितरण फेरि अनिश्चित
बुटवल, १३ फागुन । यस क्षेत्रमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण पुनः अनिश्चित बनेको छ । साउन महिनादेखि वितरण हुन नकेको लाईसेन्स वितरण फागुन महिनामा खुलाउने भनिए पनि नखुल्ने निश्चित भएको छ ।
फागुन महिनामा लाईसेन्स आवेदन खुल्ने बताउने कार्यालयका कर्मचारीहरू अहिले भने लाईसेन्स वितरण अनिश्चित बनेको बताउँछन् । सेवाग्राहीलाई लाईसेन्स खुल्छ भन्दै आश्वासन दिने कार्यालयको यस्तो भनाई बाहिर आउँदा कुरा पत्याउनै ग्राहो भएको स्थानीयहरू बताउँछन् ।
यातायात विभागले लाईसेन्सका लागि छुट्टै विभागको निर्देशन अनुसार विभाग सञ्चालनमा आए पनि जनसक्तिको अभाव हुँदा लाईसेन्स वितरण अनेश्चित बनेको बताइएको छ । यातायात व्यवस्था कार्यालय लुम्बिनीमा जनशक्ति अभाव हुदा लाईसेन्स वितरण अनिश्चित बनेको कार्यालयकी निमत्ति प्रमुख उर्मिला गुभाजुले जानकारी दिईन ।
गत साउनमा मन्त्री परिषद्को निर्णय अनुसार लाईसेन्सको विभाग छुट्टै भए पनि यहाँ रहेको कार्यालयले फागुन ४ गतेदेखि मात्र नयाँ भवन भाडामा लिई कार्य सञ्चालन सुरू गरेको छ । भदौदेखि माघ महिनासम्म सानो कोठामा काम गरेको विभागका कर्मचारीहरू बताउँछन् ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र लुम्बिनीमा २५ जनाको दरबन्दी रहेपनि अहिले जम्मा १२ जना मात्र कर्मचारी रहेको उर्मिलाले बताईन । २५ जना दरबन्दी मध्ये लाईसेन्सका लागि प्राविधिक नभएको तथा ६ जना सुव्वाको दरबन्दीनै खाली भएको उनको भनाई छ । कार्यालयले यातायात विभाग तथा मन्त्रालयमा दरबन्दीका लागि पत्रचार गरेको भए पनि अझै सम्म आवश्यक दरबन्दी नपठाएको उनले बताईन् । यस कार्यालयबाट जुन सुकै सवारीको नयाँ लाईसेन्स बनाउने तथा पुराना लाईसेन्स नविकरण गर्ने काम हुनेछ । अहिले मात्र लाईसेन्स नविकरणका लागि दैनिक तीन सय सेवाग्राही आउने गरेको कार्यालयले जानकारी दिएको छ । “पूर्वधार पनि निर्माण हुदै छ” उर्मिलाले भनिन्, “आवश्यक जनसक्ति पश्चातः निरन्तर लाईसेन्सको आवेदन खुल्नेछ ।”
उनले अहिलेनै लाईसेन्स खुल्छ भन्न नसकिने बताईन् । लाइसेन्स आवेदन खुले नखुलेको बारेमा बुझ्न मात्र दैनिक सयौको संख्यामा सेवाग्राही कार्यालयमा आउने गरेको उनको भनाई छ । ट्रायल दिने स्थानमा सिसिटिभी राख्ने काम बाँकी रहेको उनले बताईन् । अन्य पूर्वधार भने निर्माण भइकेको छ ।
0 comments