बुटवलका सिसिटिभीमा लोडसेडिङको प्रभाव


cctv
४ सिसिटिभी मात्र २४ सै घण्टा सञ्चालन
विकाश पराजुली
बुटवल, ८ फागुन । शान्ती सुरक्षा कायम राख्न सघाउ पु¥याउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराहरुमा लोडसेडिङको प्रभाव परेको छ ।
दुर्घटना तथा अपराधहरु नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नगरका मुख्य ९ स्थानमा सिसिक्यामेरा जडान गरेको थियो ।
तर लोडसेडिङका कारण ५ वटा सिसिटिभी क्यामराले चोविसै घण्टा खिच्न सकिरहेका छैनन् । अहिले बुटवलमा जम्मा ४ वटा सिसिटिभी क्यामराले निरन्तर दृश्य खिचिरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । यसरी निरन्तर दृश्य खिच्ने सिसिटिभी क्यामरा कुनै बैंक त कुनै होटलबाट जडित भएकाले २४ सै घण्टा दृश्य खिचेका हुन । व्यक्तिगत घरबाट जडित गरिएका क्यामराहरु भने लाईन आउदाको समयमा मात्र चल्ने इलाका प्रहरी कार्यालय बुटवलका सिसिटिभी मनिटरिङ गर्ने सन्दीप चितौरेले जानकारी दिए ।
पुष्पलाल पार्क, अमरपथको दक्षिण, विपिचोक र बुद्धचोकमा रहेका सिसिटभीहररुले चोविसै घण्टा निगरानी गरिरहेका छन् । त्यस्तै ट्राफिक चोक, गल्लामणि लाईनको उत्तर, दक्षिण, अमरपथको उत्तर साईडमा रहेका क्यामराहरुले भने लाईन भएको समयमा मात्र दृश्य खिच्ने गरेको बताईएको छ । उद्घाटन हुदाको समय देखि नै हाटबजारमा जडित सिसिटिभी भने अझै सुचारु भएको छैन् । नेपालटेलिकमले लाईन दिने भनिएपनि अहिले सम्म सो क्षेत्रमा रहेको सिसिटभी क्यामरा सूचारु हुन नसकेको बताईएको छ । इलाका प्रहरी कार्यालयले बुटवल उद्योग बाणिज्य संघलाई मर्मत सम्भार तथा व्याट्रि व्याकपलाई लागि लिखित पत्रचार गरेको भएपनि केही सुनुवाई नभएको बताईएको छ ।
अपराधीहरुले आधुनिक प्रविधिको प्रयोग गरी आपराधिक क्रियाकलापहरु गर्ने गरेकाले त्यसको नियन्त्रणका लागि सिसिटिभी क्यामेराको प्रयोग फलदायी हुने विश्वास प्रहरी र व्यवसायीको रहेपनि सवै क्यामराको प्रयोग हुन नसक्दा लगानी मात्र खेर गएको व्यवसायीहरु बताउँछन् ।
मुख्य ट्राफिक चोकमा जडान गरिएको क्यामेरा १३ मेगा पिक्सेलको मुभेल भएपनि लोडसेडिङका कारण २४ सै घण्टा सुचारु हुन सकेको छैन् । ट्राफिक चोकमा रहेको सिसिटीभि क्यामरा ईलाका प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट चारैतिर घुमाउन मिल्ने बताइएको छ । सो क्यामेराले उत्तरमा नबिल बैंक तथा दक्षिण शाइन–रेसुङगा बैंकसम्मको विवरण कैद गर्ने क्षमता राख्छ । अन्य स्थानका क्यामेरा नाइटभिजन हुन् । सिसिटिभी क्यामेराले २ महिनासम्म निरन्तर रेकर्ड लिन सक्ने छ । करिब १३ लाख ६५ हजार रुपैयाको लागतमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यो रकममा २ लाख ५० हजार ईलाका प्रहरी कार्यालय बुटवलको सहयोग रहेको छ । सिसिटिभी क्यामेरालाई दीर्घकालीन रुपमा लैजानको लागि संघले छिट्टै नै कोण निर्माण गर्ने योजना बनाएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सैजुले जानकारी दिए ।
सिसिटिभी सञ्चालनका लागि छुट्टै कमिटि निर्माण गरेको र सर्वपक्षिय छलफलबाट यसको निकास निकाल्ने उनको भनाई छ । उनले सिसिटिभी क्यामरा निगरानीका लागि संघका सचिव कमल पौडेललाई जिम्मेवारी दिएको बताए । उनले बुटवलउपमहानगर पालिका र यस क्षेत्रका विभिन्न संघसंस्थाहरु संग समन्वयन गरी कार्य अगाडि बढ्ने बताए ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.