पुनरावेदन अदालत बुटवलको काम अबदेखी सफ्टवेयर प्रविधिबाट !
विकाश पराजुली
रुपन्देही, २०७१ माघ २३ । पुनरावेदन अदालत बुटवलको काम अव प्रविधिको प्रयोगबाट सुरु भएको छ । यसको प्रयोगल सबै सेवाग्राहीले छिटो छरितो, सर्वसुलभ र पारदर्शी रुपमा न्यायसेवा पाउने विश्वास गरिएको छ ।
शुक्रबार बुटवलमा रहेको पुनरावेदन अदालतमा यस सफ्टवेयरको औपचारिक रुपमा उद्घाटन गरी कार्य सुरु गरिएको छ ।

सफ्टवेयरको प्रयोगले सर्वोच्च अदालत, पुनरावेदन वा नेपालको कुनै पनि अदालतमा चलिरहेको मुद्दा, तारिख तथा अन्य नेपालको कुनै पनि कुना कन्दरा वा विश्वका कुनै पनि कुनामा बसेर आफ्नै मोवाइलबाट एस.एम.एस.को माध्यमबाट तारिख लिन, मुद्दाको पेसी, सुनुवाई वा मुद्धा बारे यथार्थ जानकारी मिनेटभरमै सेवा ग्राहीले लिन सक्नेछन् ।
सफ्टवेयरको उद्घाटन गर्दै सर्वोच्चका आईटि शाखा प्रमुख चाणकमणि अर्यालले बन्द हड्ताल, बाढी पहिरोले गर्दा सम्बन्धित अदालतमा निर्धारित समयमा पुग्न नसक्ने चिन्ता, कैयौं दिनको बाटो हिंडेर जानु नपर्ने तथा धनराशी खर्च पनि गर्न नपर्ने भन्दै यो सफ्टवेयरको माध्यमले सबै खालका अनावश्यक झमेला, समयको नोक्सानी र आर्थिक भार समेतबाट सेवाग्राहीले मुक्ति पाउने बताए ।
”यो सफ्टवेयरबाट काम गर्दा पारदर्शी हुन्छ, यसमा सेवाग्राही ढुक्क भए हुन्छ” उनले भने–“अदालतको तामिल्दार, तहसिल्दार वा कुनै कर्मचारीले झुलाउने ती दिन पनि अबदेखि गए ।”

एस.एम.एस.÷अनलाइन तारिख तथा तामेली सफ्टवेयर दुई दिवसीय तालिमसगै सेवाको शुभारम्भ गर्दै मुख्य न्याधिश शाहदेवप्रसाद घिमिरेले यसको प्रयोगले न्यायमा सहज, सरलता आउनका साथै सेवाग्राहीमा न्यायालयको विश्वास समेत बढ्ने बताए । उनले यस प्रविधिको प्रयोगले सुदृढ र न्यायको बाटो सहज समेत हुने प्रष्ट पारे । यो सेवा उपभोग र उपयोग गर्दा मूल्य अभिवृद्धि कर बाहेक सेवाग्राहीले २० पैसा मात्र लाग्ने र मेसेज बक्समा सन्देश टाइप गरी नं.३०३०३ मा अदालतको कोड टाइप गर्नु पर्दछ । यो सेवा नेपालका १६ वटा पुनरावेदन अदालतहरुमा रहेको छ । पुनरावेदन अदालत बुटवलको कोड नं. ११ हो र सबै अदालतको कोड नम्बर बेग्लाबेग्लै रहेका छन् । सेवाग्राहीले पेशी बुझ्न एचडि स्पेश सम्बन्धीत अदालतको कोर्ड नं स्पेश मुद्धा नं., अवस्था बुझन् एसटि स्पेश सम्बन्धीत अदालतको कोर्ड नं स्पेश मुद्धा नं., दर्ता बुझ्न आरजि स्पेश सम्बन्धीत अदालतको कोर्ड नं स्पेश मुद्धा नं. टाईप गरी ३०३०३ मा पठाउनुपर्ने छ ।
औपचारिक रुपमा फागुन १ गते देखि नै पुनरावेदन अदालतमा यसको प्रयोग गरिने भएपनि यसको प्रयोग शुक्रबार देखिनै गरिएको छ । यसलाई विस्तारै जिलला अदालतहरुमा पनि पुराउने लक्ष्य सर्वोच्च अदालतले लिएको छ ।
“अब सर्वोच्च अदालत र नेपालका सबै न्यायालयहरुमा अब यस्तो प्रविधिमा जोडिएर सेवाग्राहीलाई छिटो छरितो र विश्वनीय न्याय सेवा दिने छौ” उनले भने ।
प्रविधिको प्रयोगले सबै वर्गले छोटो समय र कम खर्चमा पारदर्शी र भरपर्दो सेवा पाउने भएकोले पनि यो सेवा प्रभावकारी र परिणाममुखी हुने विश्वास लिइएको छ ।
न्यायको पहुचबाट कोही पनि बञ्चित हुन नपरोस् र अहिले सर्वोच्च अदालतमा विचाराधीन आफ्नो मुद्धामा तोकिएको तारेख आफूलाई पायक पर्ने जिल्ला वा पुनरावेदन अदालतबाट एसएमएसको माध्यमबाट लिन सकिने सुविधा प्रविधिको प्रयोगबाट लिन सकिन्छ ।
यसको प्रयोगबाट आफ्नो मुद्दामा के भैराखेको छ, पेसीमा चढ्यो या चढेन, सुनुवाई भयो या भएन, फैसला वा आदेश के भयो, कस्तो आदेश वा फैसला भयो यस बारेमा सहजै सुचना पाउन सकिन्छ ।
सेवाग्राहीले यसको प्रयोग सुरुमा गर्न आफ्नो मुद्धा दर्ता भएको अदालतमा गई व्यक्तिगत फाराम भरी आफ्नो सम्पर्क नं. उपलब्ध भने गराउनुपर्ने हुन्छ ।
यसैगरी सुचना संयोजक प्रकाशचन्द्र गजुरेलले हुलाक, टिकट, लेटरप्याडको प्रयोग बिना नै सेकेण्डभरमै कुनै पनि ठाउबाट सेवा सरल र सहज रुपमा लिन सकिने भन्दै अदालतका कर्मचारीले तामेली मिति समय तलमाथि गर्न सक्ने, सेवाग्राहीलाई झुलाउने जस्ता कार्य अब नहुने बताए ।

0 comments