सेज असफल हुन सक्ने संकेत
रुपन्देही, २३ माघ । विशेष आर्थिक क्षेत्र (सेज)को उद्घाटन भइसकेको भए पनि सञ्चालनको विषयलाई लिएर अन्यौल बढ्दै गएको छ । भैरहवामा निर्मित सेजप्रति उद्यमीहरू आकर्षित देखिएका छैनन् ।
सेज सञ्चालन नहुँदै उद्योगी व्यवसायीहरूले सञ्चालनका लागि दवाव दिएका थिए तर अहिले सेज सञ्चालनका लागि आशयपत्र सार्वजनिकको म्याद सकिन लाग्दा पनि उद्योगीहरूले चासो देखाएका छैनन् । सेजको लागि आवश्यक संख्यामा आशयपत्र विक्रि नहुँदा सेजतर्फ उद्योगीहरूको चासो नगएको अनुमान गर्न थालिएको छ ।
गत पुस २४ गते सरकारद्वारा आश्यपत्र आवहन गरिएको थियो । तर, अहिलेसम्म कुनै उद्योगीले पनि आश्यपत्र बुझाएका छैनन् । सरकारले आहवान गरेको आशयपत्र विवादित रहेको बताउँदै सेजभित्र जग्गाको मूल्य पनि चर्को भएकाले आसयपत्र दाखिला नगरिएको सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए ।
यता सेजका ईन्जिनियर नारायण रेग्मीले म्याद सकिने बेलामा मात्र उद्योगी व्यवसायीहरूले आशयपत्र दाखिला गर्ने अनुमान गरेका छन् । हाल सम्म ७÷८ वटा मात्र उद्योगीहरूको आशयपत्र दाखिला भएको उनको भनाइ छ । सेज सञ्चालन ऐन नआउनु र भाडा दर महङगो हुनुकै कारण चासो नदेखाएको उद्योगीहरूको कथन छ ।
करिब १४ बर्ष पहिला रुपन्देहीको वगाहा गाविसमा निर्माण सुरू भएको विशेष आर्थिक क्षेत्र उदघाटन भएको करिब ३ महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा प्लट रहे पनि पूर्वाधारविना नै हतार–हतारमा उद्घाटन गरिएको थियो ।
सरकारले विशेष आर्थिक क्षेत्रभित्र लिजको लागि जग्गाको मूल्य १ सय ५० रुपैया प्रति वर्गमिटर तोकेको छ । एक उद्योग स्थापनाका लागि कम्तीमा ५ कठ्ठा जग्गा आवश्यक पर्ने हिसावले पनि उद्योगीले मासिक करिव ३ लाख रुपियाँ लिज रकम बुझाउनु पर्ने उद्यागीहरूको दावी छ ।
0 comments