मिडियामा प्रवेशको संघर्ष र वास्तविकता
विकाश पराजुली
बुटवल/त्यतिबेलाको उमेर सायद के गर्दा के हुन्छ भन्ने ख्याल त्यति गरिदैनथ्यौ । ओहो.... यसो भए त ? उसो भए त ? यस्तै .. यस्तै... कुरा मात्र ।
गाउमै हुर्के बढेको भएकाले शहरीया जीवन पनि कस्तो होला ? त्यहा पुग्न पाए त.. ? यस्तै-यस्तै लाग्थ्यो । बाल्यकाल जीवन गाउघरमै वित्यो । २०६५ सालमा गुल्मीको सिमलटारी भन्ने स्थानबाट एसएलसी परीषा दिएपछि मलाई सहर घुम्ने र शहर बस्ने एक प्रकारको भूत चढ्यो ।
गाम्मा हुदा त्यति धेरै शहरको जानकारी हुने थिएन । कहिले काही विरामी पर्दा आएपनि खुरुक्क उपचार ग¥यो फर्कयो । अझ भनम् सानोमा खासै याद पनि गरिएन । एसएलसी परीषा दिएपछि एक प्रकारले गाउघरमा पढ्न भन्दा शहरमा पढ्दा केही भएपनि राम्रो पढिएला, राम्रो जागिर पाईएला यस्तै यस्तै कल्पनामा डुव्दै ०६५ सालको चैतको अन्तिम तिर बुटवल झरियो ।
'ओहो..... त् त् बुटवल पढ्न जादै छस रे, ल ल पढ् ठुलो मान्छे बन' साथीहरुले पिठ्युमा धाप मार्दै भन्दै गर्दा मनमा क्या आनन्द आउथ्यो अनि मनमनै सोचिहाल्थे पनि 'अब शहरमा गएर पढिन्छ, राम्रो जागिर खाइन्छ र साथीहरुका अगाडि सान पनि देखाइन्छ ।' साथीले भनेको कुरा र बास्तविकता जव यो शहर पसे अनि यथार्थतामा थाहा पाउने मौका मिल्यो त्यो पनि अझ बुटवल शहरमा ।
शहर आईयो एसएलसी परीषाको नतिजा सार्वजनिक नहुन्जेल एक होटलमा एकान्टेनको जव पनि खाईयो । नाम मात्रको एकाउन्टेन म्यान काम त लगभग सवै गर्नुपथ्यो, पैसा राख्ने देखि जुठा भाडा उठाउने, टेवल पुच्छने र भाडा माझ्ने सम्म । असारमा नतिजा प्रकाशित भएपछि दोस्रो डिभिजनमा पास भएपछि मैले अझ ठुलो सपना लाग्यो क्याम्पस पढिन्छ, काम पनि गरिन्छ । अनि लाग्यो अब मेरा दिन फेरिदैछन्, साथीले भने जसरी । पढाई विहान दिउसो होटलको काम यसो गर्दै गर्दा त्यति पढाईलाई समय दिन सकिएन । असोज महिना सम्म काम गरेर होटल छाडि दशै मनाउन घर लागे पछि पुनः बुटवल आएपछि कोठाभाडामा दिनचर्या वित्न थाल्यो ।
कोठाभाडा लिएपछि जवको झनै आवश्यकता प¥यो, शंकरनगरको बसाई त्यसमाथि देविनगरको क्याम्पस अनि पुस माघको हुस्सु सहितको चिसो मेरो लागि बुटवलमा नया“ थिए । क्याम्पस पढ्ने विहान दिउसो केही त गर्ने प¥यो भनेर दिउसो टुकिमारा बत्ती (चारवटा व्याट्रिको सहायताले बोल्ने बत्ती) बनाउने काम गरियो ।
गाउघरमा हुदा रेडियो, टेलिभिजनको नाम सुनेपनि पत्रपत्रिका भने विरलै पाइथ्यो त्यो पनि पुराना(पुराना । एकदिन काम गर्दै गर्दा रेडियोमा कार्यक्रम सुन्दै थिए, फोन बाट कार्यक्रम चलाएपछि विजेता भएमा अर्को हप्ता रेडियोमानै गएर कार्यक्रम चलाउने पाईने अवसर । काम गर्ने ठामबाट नै रेडियोमा फोन हाने र लोक आवाज भन्ने कार्यक्रम तयारीविना नै सुनाए । रेडियो बुटवल एफ.एम भएपनि कति मेर्गाहर्जमा आउछ भन्ने थाहा थिए तर पनि कार्यक्रम चलाए । पछि उद्घोषकले मलाई विजेता भने । म ठुलो सपना पुरा भए जसरी खुसी भए । उदघोषकको नाम थाहा थिएन तर अहिले थाहा पाउदा उनको नाम रमेश अर्याल रहेछ ।
अर्को हप्ता कार्यक्रम चलाउने भनेपछि मध्यान्न १२ बजेनै रेडियो पुगे । कार्यक्रम उदघोषण रमेश दाईले 'केही लेखेका छौ' भने-मैले 'अह केही छैन'- भने । पछि जस्तो होला होला चलाउ भने । रेडियोमा बोलेपछि संसारै जिते जस्तो लाग्यो र म पनि अब बोल्छु भन्ने एक प्रकारको भुत बुटवल एफएमबाट लाग्यो ।
पछिल्ला केही महिना यसैगरी विते । क्याम्पस आउन टाढा भएपछि गर्दै गरेको काम छाड्दै कालिकानगरमा डेरा सारियो । कालिकानगर आएपछि जागिर पुनः आवश्यक प¥यो । विहानै सवेर पत्रिका बाड्ने र पढ्ने दिउसो हाउस वायरिङ गर्ने योजनाले पत्रिका विरतण सुरु गरे । लुम्बिनी दैनिकबाट पत्रिकाको यात्रा सुरु भयो । कहिलेकाही कविता छाप्ने पनि गरियो । 'म पत्रकार बनाउछु तिमीलाई' मिलनचोकमा रहेको पुरानो भवनको माथिल्लो तलामा लगेर भनेका थिए-मोहन चापागाईले त्यो अहिले पनि मलाई याद छ ।
पत्रिका बाडेर पैसा कम हुने भएपछि केही महिनाको समय पछि नया भावना दैनिकमा पनि पत्रिका बाड्न थाले । दैनिक लुम्बिनीको १८ सय र नया भावना दैनिकको १५ सय तलव पत्रिका बाड्नुपर्ने ड्राईभरटोल सम्म । मासिक ३३ सय कमाई गर्दा क्या आनन्द आउथ्यो । दिउसो हाउस वायरिङ पनि गर्न थालियो ।
पहाडमा खासै काम नगरेकाले हाउस वायरिङ निकै ग्राहो लाग्यो । १५ दिन सम्म हाउस वायरिङ काम गर्दा हातमा फोरा उठेर विहान क्याम्पस जादा साथीलाई हात नमिलाएको तितो यथार्थ पनि अझै म सम्झन्छु । १५ दिन पछि त्यो काम छाडे तर पत्रिका वितरण भने निरन्तर गरे । करिव २ बर्ष मैले पत्रिका वितरण गरे । दैनिक लुम्बिनी र भावना दैनिक बाड्दा एउटा पत्रिका रोज्नुपरेपछि मैले भावना दैनिकको पत्रिका बाड्न थाले । ३ सय पत्रिका मासिक ५ हजार मणिग्राम ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सम्म ।
दैनिक लुम्बिनी छाडेपछि मैले सुनौलो अवसर भावनाबाट पाए । अग्रज गुरुहरु यमलाल भुषाल, अर्जुन श्रेष्ठ र लक्ष्मण पौडेल र धनिसरलाई म कहिल्यै भुल्न सक्दिन । विहानै पत्रिका वितरण अनि पढाई दिउसोको समय भावनामै आएर काम सिक्न थाले पछि दिउसो पनि काम गर्ने भन्दै तलव थपेपछि विहान देखि साझ सम्म भावनामै दिन वित्न थाल्यो ।
मलाई अझै पनि याद छ, होटलमा काम गर्दा साहुनी भन्थीन 'पत्रकारहरु यहा आउछन् तलाई पनि मैले रेडियोमा गित गाउन भनौला । अनि दोहारी साझमा पनि जाउला' । साहुनीको यो भनाईले अझ मलाई मिडियामा आउन प्रेरित गरिरहेको थियो ।
भावना दैनिकमा रहुन्जेल केही समस्या थिएन । तलव पनि माकेटिङ गर्दै खान्थे । दिन यसैगरी २ बर्ष त्यहि वित्यो । पछि अर्को अवसर आयो ०६९ साल असोज तिर ।
भावना दैनिकबाट अर्को पत्रिकामा जाने अवसर प्राप्त भयो । असोजमा कुरा भएपनि ०६९ साल पुस महिनाको ९ गते बुटवलबाटै प्रकाशित हुने मेचीकाली दैनिकमा काम सुरु गरे ।
बजारको मार्केट राम्रै, चलकै पत्रिका कालो भएपनि । त्यसैले पनि काम गर्दै अगाडि बढे । विचार गर, पछि आफै थाहा पाउछस न जा, जुन कुरा मलाई मेरा अग्रज गुरु यमलाल भुषाल सरले भावना छोड्दै छु भन्दा असोज तिरै बुटवलको मनकामना होटलमा राखेर भन्नुभएको थियो । त्यो कुरा मैले अहिले महशुस गर्दै छु । र त्यतिबेला उहाको भनाई काट्दै यसमा आएको पनि अहिले पनि क्षमा याचना गर्दछु ।
एक बर्ष पूरा पुग्यो अब पुस ९ गते मेचीकाली दैनिकमा काम गरेको पनि दुई बर्ष पुग्दै छ । यस अवधिमा यहा साथमा साथ दिने गुरुहरु अमृत गिरी, वि.पी गौतम र साथी प्रकाश आचार्यपनि यहि अवसरमा पनि धन्यवाद दिन चाहन्छु ।
बाहिर जति राम्रो लगाएपनि उसको भित्री रुप ठिक छैन भने उ असल बन्न सक्दैन यो सवैले मानेकै मान्यता हो । त्यो कुरा अहिले म यहा आउदा पनि भोगिरहेको छु ।
'आज कार्यक्रम छ आउनुहोला । यसो बाटो खर्च पनि छ २ सय' कसैले यसो भनेमा आहो... भन्ने लाग्थ्यो । कसैलाई सेकेर समाचार लेखे, मैले त त्यसलाई सेकेर लेखेनि ? भन्दै मन ठुलो हुन्थयो तर आफु दिनप्रतिदिन सेकिदा आफैलाई थाहा थिएन ।
पत्रिकामा बाइलाईन समाचार लेख्दा कोठा भाडा आफै नतिरिदो रहेछ, पेटमा पनि आफै पुग्दो रहेनछ् । दुई बर्षको यात्रा अहिले सम्म पनि भावना बाट आउदा जे जस्तो थियो आर्थिक हिसावले अहिले पनि त्यहि छ । लेखनमा भने केही परिर्वतन भने पक्कै आएको छ ।
बढ्दो महंगी दिनप्रतिदिन छ । उतिबेलाको ५ हजार र अहिलेको १० हजार बराबर हो । ४ बर्षे पत्रकारिता गरिरहदा अहिले लाग्छ, न हिड्न सकेको न त दौडिन सकेको खाली घ्रिसिएको मात्र जस्तो ।
0 comments