खेल मैदानमा कन्सर्ट,साँझ कति सान्दर्भिकता ?


anfa 2
विकाश पराजुली
बुटवल १०, फागुन ।

बुटवल १३ देविनगरमा रहेको एन्फा एकेडेमी पछिल्लो समय कन्सर्ट तथा साँझ हुने मैदानको रुपमा चिनिन थालेको स्थानियहरुले बताएका छन् ।
स्थानिय स्तरमा हुने स–साना प्रतियोगिताहरुलाई सञ्चालन गर्न नदिने एन्फा एकेडेमी व्यवस्थापन समितिले रमाईलो एवं मनोरञ्जका लागि कन्सर्ट तथा रमाईलो साँझ भने सञ्चालन गर्न दिदा मैदानको स्वरुप विग्रन स्थानियहरुको भनाई छ ।
रुपन्देही जिल्लामा व्यवस्थित खेलमैदानको रुपमा चिनिएको एन्फा एकेडेमीले मैदानमा कन्सर्ट, साँझ को अनुमती दिदा खेल मैदानको स्वरुप नै विग्रन थालेको स्थानिय अर्जुन रानाले बताए । ठुला राष्ट्रिय प्रतियोगिताहरु समेत हुने सो खेलमैदानमा कन्सर्ट, साँझको आयोजना गर्नु कतिको सान्र्दभिक हो ? यो बहसको विषय बन्न थालेको छ ।
उनले एकेडेमीले सिमित स्वार्थका लागि कन्सर्ट तथा साँझको आयोजना गर्न दिदा खेलप्रेमीहरुमा भने यसको नकारात्मक सन्देश जान थालेको बताए ।
स्तरिय खेल मैदानको अभाव त छ नै सामान्य मैदानमा समेत कन्सर्ट आयोजना गर्दा मैदानको स्वरुप नै विग्रदै गएको छ । एकेडेमीमा कुनै प्रतियोगिता सञ्चालन गर्दा एकेडेमी व्यवस्थापनले यो वा त्यो बाहानामा नदिने गरेको पछिल्लो उदाहरण पनि प्रसस्त देखिएको छ ।
कहिले भर्ति क्याम्प त, कहिले कसन्र्ट, साँझ एकेडेमीमा हुने गरेका छन् ।
पछिल्लो समय एकेडेमीमै भएको तेरिया साँझको विषयमा पनि विभिन्न नकारात्मक टिका टिप्पणी आउन थालेका छन् । स्थानियहरु कतिपयले यसलाई सकारात्मक लिएपनि अधिकांशले यसलाई नकारात्मक रुपमा लिएका छन् ।
tayariभारतीय टेलिभिजन शो डिआईडि लिटिल मास्टरको उपाधि जितेर विश्वका विभिन्न शहरमा धमाका मच्चाएपछि तेरीया मगरले पहिलो पटक आफ्नो गृह जिल्लामा दिनु सान्र्दभिक र सराहनिय भएपनि आयोजक र एन्फा एकेडेमी व्यवस्थापनले खेल मैदानको यस्तो प्रकारको कार्यक्रम गर्नु कति जायज हो भन्ने बुझ्नु जरुरी छ ।

तेरियाको नामबाट सञ्चालनमा हुन लागेको तेरिया फण्उडेसनलाई सहयोग जुटाउनको लागि फागुन ७ गते बुटवलको एन्फा एकेडेमीमा तेरिया साँझ गरिएको थियो । (साँझ सुरु हुनु अघिको तस्वीर माथी)
3बागेश्वरी संगीतालय,लायन्स क्लव अफ बुटवल लुम्विनी, लायन्स क्लव अफ शङकरनगर ,लायन्स क्लव अफ लुम्विनी बुद्ध र लायन्स क्लव अफ बुटवल सयपत्रीको संयुक्त आयोजनामा तेरीया साँझ आयोजना भएको हो ।

तेरिया साँझ आयोजनाका मुख्य संयोजक सुरेश सेन्चुरीले सुरक्षाको दृष्ट्रिले राम्रो भएकाले एन्फामा कार्यक्रम आयोजना गरेको बताए । उनले सवैकुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्नु भन्दा पनि सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
2प्याराफिटमा दर्शकले बसेर हेर्दा सम्भावित घटना घट्न नसक्ने तथा उठेर डिस्टप पनि नगर्ने भएकाले एन्फामानै कार्यक्रम गर्नुपरेको उनको भनाई छ ।

उनले काठमाण्डौको रंगशालामा कार्यक्रम आयोजना गर्दा खेल मैदान नविग्रने तर यहा विग्रन प्रतिप्रश्न गर्दै नाचेर खेल मैदान नविग्रन प्रष्ट पारे ।
1उनले स्टेज निर्माणको क्रममा खनिएका स–साना खाल्डा खुल्डीहरु पुरीदिएको समेत बताए । त्यस्तै जिल्ला फुटवल संघका अध्यक्ष कुमार के.सी भने यस बारेमा केही बताउँन चाहेनन् ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.