बुटवलमा आईपुगे मेचीमहाकाली साईकल यात्री


cycle yatra
विकाश पराजुली
बुटवल, १३ फागुन । जलवायु परिवर्तनको असर र कारण बारे सचेतना जगाउने उद्देश्यले मेची महाकाली साईकल यात्रा सुरु गरेको दुई युवा बुटवलमा आईपुगेका छन् ।
साईकल यात्री द्वय सरोज अर्याल र माधव अधिकारीलाई एक कार्यक्रमका बीच बुटवलको ट्राफिकचोकमा स्वागत गरिएको छ ।
त्रि–चन्द्र क्याम्पसका वातावरण विज्ञानका विधार्थी सरोज अर्याल र माधव अधिकारीले फागुन दुई गतेदेखि झापाको काकडभिट्टाबाट यात्रा सुरु गरेका थिए ।
साइकलयात्रीलाई आज बुटवलमा नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क मञ्चले स्वागत गरेको छ । बुटवलको मिडियाचोकमा एक कार्यक्रमका विचमा यात्राको सफलताको कामना गर्दै स्वागत गरिउको हो ।
मञ्चका अध्यक्ष रामचन्द्र भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा चेतना जगाउनकालागि मेचिकाली अभियानमा निश्किएका युवाको यात्राको सफलताको कामना गरेका थिए ।
सो अवसरमा नेपाली काग्रेस गुल्मी क्षेत्र न ३ का सभापती दामोदर भुषालले वातावरणमा परेको असर र त्यसको अत्यका लागि दुई युवाले अघि सारेको अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य महेन्द्र भण्डारी, प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्का, साईकल यात्री सरोज अर्याल,समाजका गंगाराम सापकोटा लगायतले बोल्नसु भएको थियो ।
DSCN5914एक हजार २८ किलोमिटर यात्रा दैनिक ५० किलोमिटरका दरले २४ दिनमा पुरा गर्ने लक्ष्य यूवाले लिएका छन् । यात्राको क्रममा करिव १० हजार सर्वसाधारण्ँलाई फोटो तथा प्रशिÔण्ँको माध्यमबाट जलवायु परिवर्तन र यसले पारेको असरका बारेमा सुशुचित गर्ने योजना रहेको छ । अभियानकर्ता अर्याल गुल्मी सिमलटारीका हुन् भने अधिकारी तनहुका हुन् ।
उनीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले साष्ट«िय झण्डा हस्तान्तरण्ँ गरेर विदाई गर्नु भएको थियो । ४ दिनको यात्रामा उनीहरुले १० हजार व्यिक्तहरुको हस्ताÔर गर्ने लक्ष्य पनि उनिहरुको छ । उनीहरुको यात्रा फागुन २६ गते महेन्द्रनगर पुगेर समाप्त हुनेछ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.