प्रहरीद्वारा सवारी चेकजाचमा कडाई
दुर्घटना न्यूनीकरण अभियान
विकाश पराजुली
बुटवल, कार्तिक २३ । सवारी दुर्घटना बढेपछि प्रहरीले सवारी चेकजा“चमा कडाइ गरेको छ । मुख्यसचिव लीलामणि पौडेलले सवारी दुर्घटना बढ्नुमा बसका चालक, व्यवसायी, अनुगमनकर्ता र सरकारी कर्मचारी नै दोषि देखिएको भन्दै ‘चालक, सवारीधनीदेखि सुरक्षा निकाय र सरकारी कर्मचारीलाई समेत कारबाही गर्न’ पत्राचार गरेपछि दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सवारी चेकजाचमा कडाइ गरेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पनि सुक्ष्म अध्ययन गरी यात्रुहरुको चाप बढी हुने स्थान तथा रुटको पहिचान गरी सवारी चेकजाचमा कडाइ गरेको छ ।
यात्रु बोक्ने बसदेखि सामान ढुवानी गर्ने ट्रक लगायतका सम्पूर्ण सवारी साधनहरुमा कडा चेकजा“च थालिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले जानकारी दिए । ‘दुर्घटना कम गर्न अहिले कडा रुपमा लगेका छौ’ उनले भने–‘यात्रुहरु पनि यस बारेमा सजक हुनु जरुरी छ ।’

पछिल्ला केही दिनहरुमा देशैभरी बढेको दुर्घटना बढेपछि सरकारले पनि दोषी कसैलाई उम्कन नदिई कडाईका साथ दुर्घटना न्यूनीकरणको पहल गरेको छ । यसै अनुरुप कार्यालयले पनि आफ्ना १६ जिल्लाहरुमा ट्राफिक नियमको पूर्ण पालना, ओभरलोड, यात्रुहरुको चाप, सडकको क्षमता अनुसार सवारी साधनमा यात्री संख्या लगायतका विषयमा सुरक्षा जा“चमा कडाई गरेको एसपी वालेको भनाई छ । सरकारले नै दुर्घटनाका दोÈीलाई कानुनबमोजिम अधिकतम कारबाही गर्ने बताएपछि प्रहरीले पनि कडाईका साथ नियम पालनामा जोड दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भइसकेका सवारी दुर्घटनाका दोषिलाई अधिकतम कारबाही र आगामी दिनमा पनि दुर्घटना न्यूनीकरण्ँका लागि कानुनबमोजिम हदैसम्म कारबाही गरी ‘आक्रामक’ ढंगमा अघि बढ्न सम्बन्धित निकायलाई करिब एक साताअघि निर्देशन दिएको थियो ।
सोही निर्देशनको पूर्ण पालना हुने सकेमा पनि दुर्घटनामा कमी आउन सक्ने भन्दै मूख्य सचिव पौडेलले दुर्घटनामा लापरबाहीपूर्वक सवारी चलाउने चालक र सवारीधनीदेखि यातायात समिति, उक्त क्षेत्रको सडकमा पर्ने सुरक्षा निकाय र जिम्मेवार सरकारी पदाधिकारीलाई समेत कारबाही गर्न भन्दै पत्र पठाएका थिए । प्रहरीले निर्देशनको पालना गर्दै राजमार्गमा सवारी चेकजा“चका लागि विशेष रुपमा प्रहरी खटाएको छ भने सवारीमा भएको सिट क्षमता भन्दा बढीका यात्रुहरु राख्न नदिन सम्बन्धित बस व्यवसायीहरुलाई पनि निर्देशन दिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पनि रुपन्देहीका विभिन्न स्थान तथा जिल्ला प्रवेश गर्ने नाकाहरुमा चेकजा“चलाई कडा परेको छ । बुटवलको बसपार्कबाट छुट्ने कुनै पनि बसहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु राख्न निर्देशन दिएको छ भने यदि सिट क्षमता भन्दा बढी राखेर सवारी चलाएको पाइएमा सर्वसाधरणहरुले पनि प्रहरीलाई खवर गर्न कार्यालयले आग्रह गरेको छ । प्रहरीले तल्लो सिद्धबाबा, नयागाउ, रामनगर, मणिग्राम लगायतका क्षेत्रमा क्षमता भन्दा बढी यात्रु राखे नराखेको, ओभरलोड भए नभएको लगायतमा चेकजा“च गरिरहेको छ । प्रहरीले सिट बाहेक यात्रुहरुलाई पनि उभिएर यात्रा नगर्न पनि अनुरोध गरेको छ ।यता प्रहरीले सुरक्षा चेकजाचमा कडाई गरेपछि बस व्यवसायीहरुले पनि नया–नया उपाय अपनाउन थालेका छन् । प्रहरीले बसको गल्लीमा उभिएर यात्रा गर्ने यात्रुहरुलाई झराल्न थालेपछि बस चालकहरुले चेकजा“च हुने स्थान अगाडि नै उभिएर यात्रा गर्ने यात्रुहरुलाई ‘माथिसम्म हिड्दै आउनुहोस्’ भन्दै झराल्ने र चेकजा“च सकिएपछि पुनः यात्रुहरुलाई चढाउने गर्ने गरेका छन् ।
बुधबार तल्लो सिद्धबाबामा दोभान प्रहरी चौकी, इलाका प्रहरी कार्यालय बुटवल र पश्चिम क्ष्ँेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले गरेको चेकजा“चका क्रममा अधिकांश सवारी साधनहरुले यस्तो कार्य गरेका भेटिए । बाटोमा यात्रु झराल्दा पनि राम्रँे नहुने भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाले काउन्टरमानै फोन गरी सिट क्षमता भन्दा बढी टिकट नकाट्न निर्देशन दिएका थिए । ‘यात्रुहरुले पनि बुझ्ने कुरा हो, तर बुझ्दैनन् बरु झुण्डिएर यात्रा गर्छन’ उनले भने ।
प्रहरीले नगरक्षेत्रभित्र चल्ने माईक्रोबसलाई पनि अनिवार्य रुपमा ढोका लगाएर मात्र सेवा सुचारु गर्न निर्देशन दिएको छ । झुण्डिएरै यात्रा गर्दा पनि दुर्घटना हुने भन्दै प्रहरीले यात्रु राखिसकेपछि ढोका बन्द गरेर मात्र सवारी चलाउन अनुरोध गरेको हो ।

बुटवल, कार्तिक २३ । दुर्घटना न्युनीकरणका लागि लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी संघ र पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले संयुक्त रुपमा आईतबार निजी तथा भाडाका सवारी साधनहरुमा सचेतनामूलक स्टीकर टास गरेको छ ।
पछिल्लो समयमा बढ्दै गएको दुर्घटनालाई न्युनीकरण गर्न भ्यान व्यवसायी संघले आर्थिक सहयोग गरी सचेतना मुलक स्टीकर बनाएको थियो ।
आईतबार एक कार्यक्रमकाबीच पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी हरिराज वाग्ले, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिलिप घिमिरे र लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी संघका कार्यबाहक अध्यक्ष राजु गुरुङले संयुक्त रुपमा स्टीकर टा“स गरी कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एसपी वाग्लेले राज्यले नै अहिले गम्भीर ढंगले दुर्घटना न्यूनीकरणमा लागेकाले आफुहरु पनि त्यही अनुरुप कडा रुपमा अगाडि बढिएको बताए ।
उनले सवारी नियमावलीलाई कडाईका साथ लागु गर्न प्रतिबद्ध समेत रहेको प्रष्ट पारे ।
स्टीकरमा ‘झुण्डिएर यात्रा, मृत्युलाई निम्ता, सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग नगरौ, हतार गरे यात्रामा परिन्छ है खतरामा’ लगायतका सचेतनामूलक स्टीकर रहेका छन् । संघका सचिव विष्णु काफ्लेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख सोम खातीले गरेका थिए ।

0 comments