हत्यारालाई पक्रेर कारवाही गर्न परिवार र स्थानीयको माग


 विकाश पराजुली

हरैया, कार्तिक २२ । दशैको रमझम जहातहि थियो । आफन्तजन, इष्टमित्रहरु स“गको भेटघाटमा दिन बित्दै थियो, घटस्थापनको तयारी पनि हुदै थियो । असोज १४ गते विहानै अर्घाखा“चीको सुपादेउराली मन्दिर जाने योजनाका साथ रुपन्देहीको रुद्रपुर–९ प्रतापुरका चन्द्रबहादुर क“ुवरको परिबार बेलैमा खानपिन गरी सुत्यो ।
नजिकिदै गरेको दशैको उल्लाहस त थियो नंै सुपादेउराली मन्दिरमा बोका चढाएर फर्कने उमंग पनि थियो । तर विडम्बना त्यो असोजको १३ गतेको रात कुवर परिवारका लागि कालो दिन बनेर आयो ।
सुपादेउराली पुगेर देवताको पुजाआर्जना गरी पाठो भा“कल गरी फर्केर रमाईलोसग दशै मनाउने उनको त्यो सपना १३ गते राति अकस्मात् कालो दिन बन्न पुग्यो ।
कारण–रातको समयमा घरमा धनमाल चोरी भयो भने चन्द्रबहादुर कुवर र उनीकी श्रीमती धनकला कुवरमाथि अज्ञात समुहले धारिलो हतियार प्रयोग गर्दै धनमाल लुटे ।  रातको १२ बजे ४/५ जनाको समुहमा आएका व्यक्तिहरुले प्रहार गरेको हतियारले असोज १४ गते चन्द्रबहादुर कुवरको मृत्यु भयो भने श्रीमती धनकला घाईते भइन् । चोरले घरको मेन स्वीच नैं बन्द गरेर नगद १ लाख ३६ हजार सहित ७ तोला सुन समेत लग्यो । तर घटनाको भएको डेढ महिना वितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । २ सय मिटर नजिक अस्थायी प्रहरी विट, २ किलोमिटर नजिक सशस्त्र प्रहरी क्याम्प हुदा समेत पिडीत परिवारले चोरी गर्ने गिरोहका बारेमा थाहा पाउन सकेका छैनन् ।
मृत्यका छोरा मनोज कुवरले शनिबार प्रतापुरमा पत्रकार सम्मेलन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे । उनले दोषीलाई छिट्टै पक्राउ गरी आफ्नो परिवारलाई न्याय दिलाउन स्थानीय प्रहरी–प्रशासनलाई आग्रह गरे । उनले प्रहरीले मुचुल्का उठाउ“दैनैं फितलो हुने गरी काम गरेको आरोप लगाए ।
‘घटना हुने समयमानैं प्रहरी आएन, ढिला आएर हामी नहुदा मुचुल्का उठायो ।’ उनले भने । घटना घटे लगत्तै अस्थायी प्रहरी चौकी प्रतापुरमा कार्यरत सई ताराप्रसाद खनाल सरुवा भएका थिए । त्यस्तै मृतककी श्रीमती धनकला कु“वरले पनि आफ्नो श्रीमानको हत्या गर्ने तथा चोरी गर्ने समुहलाई तत्काल पक्राउ गरिदिन आग्रह गरेकी छन् । उनले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउन समेत आग्रह गरिन् ।
 ‘मलाई नमार म संग जे छ त्यहि लैजाओ भन्दै बुढालाई उठ्न भने तर बुढालाई पहिलेनै हानेका रहेछन्’ पत्रकार सम्मेलनमा उनले भनिन्–‘ठुला मानिसको हत्या हुदा समिति गठन गरेर खोजतलास हुन्छ तर यहा सर्वसाधरणको अनायसै मृत्यु हुदा दोषी पक्राउ पदैनन् ।’ गाउ“का अगुवाहरुले पनि सत्य, तथ्य बाहिर ल्याउन माग गरेका छन् । घटनाको भएको डेढ महिना विति सक्दा पनि कुनै ठोस कुरा पत्ता नलागेपछि उनीहरुले जति सक्दो छिटो घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छन् ।
नेपाली कांग्रेस रुद्रपुरका पार्टी प्रतिनिधी तथा नागरिक समाजका अध्यक्ष यम बहादुर क्षेत्रीले सवै मिलेर घटनाको सत्यताको नजिक पुग्नु जरुरी रहेको बताए । उनले प्रशासनलाई दबाद दिन प्रहरीलाई समेत पत्र दिइसकेको र इलाका प्रहरी कार्यालय रुद्रपुर सालझण्डीलाई पनि घटनाको यथार्थ बाहिर ल्याउन पत्र पठाएको जानकारी दिए । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ । यसैगरी नेकपा एमाले रुद्रपुर गाउ कमिटी अध्यक्ष नामबहादुर केसीले दोषीलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन जोडदार माग गरे । यसैगरी एमाओवादी गाउ कमिटी सचिव नवलसिंह क“ुवरले प्रशासनको नजिक घटना हुनु भनेको रहश्यम भएको भन्दै यसको घटना बाहिर नआए अन्य यस्तै घटना पनि हुन सक्ने बताए ।
 सो अवसरमा नेकपा माओवादीका प्रतिनिधी जितबहादुर क्षेत्री, जनमोर्चाका प्रतिनिधी कपिल पौडेल, स्थानीय अगुवा कुल बहादुर कु“वर, दिनानाथ आचार्य लगायले बोल्दै घटनाको यथार्थ बाहिर ल्याउन सबैको भुमिका रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन सबले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ । घरकै हतियार प्रयोग भएको, ५ बाकस मध्ये पैसा भएकै बाकस लगेर पैसा चोरेको हु“दा घटना निकै रहस्यमय बनेको स्थानीय अगुवा तथा प्रहरीले बताएको छ । अस्थायी प्रहरी चौकी प्रतापपुरका सई कुल बहादुर गुरुङले घटनाको अनुसन्धान भइरहेकाले यस बारेमा थप केही भन्न नसकिने बताए ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.