बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी सूरु


विकाश पराजुली

बुटवल, कार्तिक २४ । रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा हुन लागेको औद्योगिक प्रदर्शनीको तयारी सुरु भएको छ । यहि पुस ७ गते देखि सुरु हुन लागेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव–२०७१ तयारी सुरु गरिएको रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले जानकारी दिए । मेला पुस २१ गतेसम्म चल्ने छ ।
मेला अवलोकन गर्न आउनेलाई आर्कषित गर्न संघले यस पटक प्रबेशद्वारमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पशुपतिनाथ मन्दिरको झल्को दिने संरचना निर्माण गरिने आयोजकले बताएका छन् । बुटवलमा लाग्ने प्रदर्शनी तथा मेलाहरुमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, अंगे्रजहरुलाई नेपालीले परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको आकारमा गेटहरु निर्माण भइसकेका छन् । यसपाली उद्योग संघले पशुपतिनाथ मन्दिरको झल्को दिने गरी प्रवेश द्वार निर्माणको योजना बनाएको संघका वरिष्ठ उपाध्यक्ष दीनेशराज रेग्मीले बताए ।
मेला अवलोकन गर्न आउनेले पशुपतिकोनाथको दर्शन प्रवेशद्वार गरी मेलास्थल भित्र शान्तिका अग्रदुत भगवान गौतमबुद्धको स्तुपसंगै पोखरीको अवलोकन गर्न पाउनेछन् । मेलाको तयारी सुरु भएको छ र मेलालाई सकेसम्म आकर्षक बनाइने अध्यक्ष पियाले बताए ।


मेला आयोजना हुन डेढ महिना मात्र बाकी छ । संघले आईतबार मात्र मेला स्थल बुटवल १२ रामनगरमा सचिवलाय स्थापना गरी कार्य सुरु गरिसकेको छ ।‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा अहिले सम्म ५५ स्टल दर्ता भइसकेका छन् ।
प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनका लागि छुट्टाछुट्टै पेभिलियन निर्माण्ँ, विविध सांस्कृतिक कार्यक्रम, बाल उद्यान, राष्ट्रिय महिला भलिबल प्रतियोगिता, औद्योगिक, कृषि एवं पर्यटनको विकासको लागि विभिन्न गोष्ठीहरु, प्रदर्शनी आइडललगायतका कार्यक्रमहरु समावेश गरिने संघले जनाएको छ । आयोजकले प्रदर्शनीमा विभिन्न प्रकारका ५ सय स्टल राख्ने योजना बनाएको छ । विगतका बर्षहरुमा मेला उद्घाटनका क्रममा समेत निर्माणको काम भइरहेकाले अहिले भने मंसिरको २५ गते भित्रनै सम्पूर्ण तयारी पुरा गर्ने लक्ष्यका साथ कामकारबाही संघले अगाडि बढाएको छ । मेला सफल पार्न गठित उपसमितिले पनि आ–आफ्नो कार्य सम्पादन गरिरहेको बताइएको छ । संघले यस अघि नै मेला सम्पन्न गर्नका लागि  संघका अध्यक्ष पियाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ  । त्यस्तै वर्तमान कार्यसमिति तथा सल्लाहकार, भूतपूर्व अध्यक्षहरु,निवर्तमान कार्यसमिति र नेपाल उद्योग परिसंघको वर्तमान कार्यसमिति रहने गरी १ सय १ सदस्यीय मूल समिति गठन भएको छ । यस्तै २५ सदस्यीय विशेÈ सल्लाहकार समिति र १ सय ५१ सदस्यीय सल्लाहकार समिति गठन समेत भएको छ । प्रदर्शनीको काम समयावधि भित्रै व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न २६ वटा उपसमिति गठन भइ कार्य सुरु भइसकेको छ ।
बढ्दो सूचनाको प्रयोगलाई ध्यानमा राख्दै संघले मेला हुने स्थानलाई वाईफाई जोन बनाउने योजना राखेको छ । विगतका बर्षहरुमा वाईफाई जोन भनिएपनि नेटवर्कले काम नगरेकाले यस पटक बढि क्षमताको नेटर्वक सहितको वाईफाई जोन राख्ने तयारी गरिएको संघले बताएको छ । त्यस्तै मेला अवलोकनका लागि अपा·, बृद्ध, बुद्धाहरु आउने भएपनि राम्रो संग मेलाको अवलोकन गर्न नपाएको भन्दै संघले यसपालिका अपा·, बृद्ध, बुद्धाहरुलाई ध्यानमा राख्दै सम्पूर्ण सुविधामा निःशुल्क सेवा उपलब्ध गराउने र विशेष किसिमले मेलाको अवलोकन गर्ने बातावरण तयार गर्ने अध्यक्ष पियाले बताए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.