नदीजन्य पैदावार निकासीको तयारी


आठ स्थानमा घाटगद्दीका लागि टेण्डर
विकाश पराजुली
रुपन्देही, कात्तिक २० । गत जेठ १५ गतेदेखि रुपन्देही जिल्लामा रोकिएको नदीजन्य पैदावार निकासीको तयारी भैरहेको छ । ढुंगा, गिट्टी तथा बालुवाको अभावमा निर्माण कार्य ठप्प प्रायः भैरहदा नदीजन्य पैदावार निकासीको तयारी भैरहेको हो । लामो समयसम्म नदीजन्य पैदावारको निकासी रोकि“दा रोडाढुंगा, हार्डवेयर,इ“टा र सिमेन्ट उद्योग प्रत्यक्ष प्रभावित छन् ।
पा“च महिनापछि ढुंगा, गिट्टी तथा बालुवाको निकासीका लागि जिल्ला विकास समिति रुपन्देहीले टेण्डर गरेको हो । जिविसले १० स्थानमा नदीजन्य पैदावार घाटगद्दीका लागि टेण्डर आह्वान गरेकोमा ८ स्थानका लागि टेण्डर परेकाले आवश्यक प्रक्रिया अघि बढेको जिविसले जनाएको छ । अनियन्त्रित तरिकाले नदीको उत्खनन् बढेपछि जिविसले जथाभावी नदीजन्य पैदावार निकाल्न नपाइने गरी घाटगद्दीको व्यवस्था गरेको हो । अब घाटगद्दी गरिएको स्थानबाट मात्र नदीजन्य पैदावार पाइनेछ । जो कसैले नदीको जुनसुकै स्थानबाट नदीजन्य पैदावार निकाल्न पाइने छैन ।

टेण्डरको सम्झौता प्रक्रियामा रहेकाले अबको १० दिन भित्रमा नै ढुंगा, गिट्टी तथा बालुवा निकासी हुने जिविस जनाएको छ । घाटगद्दी हुनेमा तिनाउ नदीको कनरी नाका, बागधुरा नाका, जितपुर, कौवा, दानब नदीको कचकचहवा, निविहवा, रोयणी नदिको सिक्ट्रहना र कञ्चन नदीको ढुंगेरोह रहेका छन् ।
 जिविसले आह्वान गरेको टेण्डरमा सूर्यपुराको कत्ता नाका र सुर्यपुराकै सिसौलमा टेण्डर नपरेकाले जिविसले पुनः सूचना प्रकाशित गरेको छ । आठ वटा स्थानका लागि ठेक्का स्वीकृत भइसकेको छ भने अब सम्झौता प्रक्रियामा रहेको छ ।
टेण्डर प्राप्त गर्नेले घाटगद्दीमा जिविसका प्राविधिकको प्रत्यक्ष निगरानीमा नदीजन्य पैदावार निकालेर थुपार्ने छन् ।
जसलाई क्रसर तथा अन्य व्यक्तिहरुले घाटगद्दी लागत ६ रुपैया“ ७९ पैसा र जिल्ला विकास समितिलाई ४ रुपैया“ राजस्व तिरेर प्रति घन फुट १० रुपैया“ ७९ पैसामा ढुंगा, गिट्टी तथा बालुवा खरिद गर्न सक्नेछन् । ‘सम्झौता गर्न ठेकेदारहरुलाई पत्राचार गरेको छौं ।’ स्थानीय विकास अधिकारी विश्वप्रकास अर्यालले भने । उनका अनुसार नदीजन्य पदार्थको निकासी खुलेपछि बजारमा आपूर्ति सहज हुनेछ ।
५ महिनासम्म ढुंगा गिट्टीको निकासी रोकिंदा केही क्रसरहरु भने बन्द समेत भएका छन् । रोडा ढुंगा व्यवसायी संघका अध्यक्ष शिवकुमार पाठकका अनुसार वासिङ प्लान्ट (धोएको बालुवा, धोएको गिट्टी) भएका १३÷१४ क्रसरहरु मात्र अहिले सञ्चालनमा रहेको बताए । उनका अनुसार जिल्लामा ४१ वटा क्रसर उद्योग रहेका छन् । भारत निकासी रोकिएकाले केही क्रसर उद्योग बन्द भएका हुन् । तिनाउ नदीलाई व्यवस्थित गर्न सके ढुंगा, गिट्टी तथा बालुवाको अभाव नहुने उनले बताए ।
उनका अनुसार रुपन्देहीमा क्रसर उद्योगको क्षमता बार्षिक २२ लाख घन मिटर छ ।
खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा निकासी नहु“दा निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।  तिलोत्तमा नगरपालिका वडा नं २ का सुनिल पछाईले  करिव २ महिनादेखि नदीजन्य पदार्थको अभावमा निर्माणाधीन घर विचमै रोकिएको बताए । हार्डवेयर व्यवसायी संघले पनि खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा निकासी नहु“दा व्यापार व्यवसायी ठप्प बनेको बताएको छ । नदीजन्य पदार्थ निकासी नहु“दा घर निर्माणका कामहरु प्रभावित भएकाले हार्डवेयर व्यवसाय ठप्प जस्तै बनेको हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनिले जानकारी दिए । ‘बनाउने निर्माण सामग्री नै अभाव भएपछि छड, सिमेन्ट लगायतका बस्तुहरु विक्री भएको छैन’ अध्यक्ष मरासिनिले भने–‘यसको प्रभाव हाम्रो व्यवसायीलाई पनि परेको छ ।’

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.