सुनचादी पसलमा चोरी गर्नेहरु पक्राउ पर्दैनन्

विकाश पराजुली
बुटवल, कार्तिक १६ । भैरहवामा रहेको शुभ लक्ष्मी ज्वेलर्स दुई बर्ष अघि सेफ नैं फोरेर चोरी भयो । पसलबाट करिव १ करोड रुपैया भन्दा बढीको गरगहनाहरु चोरले लग्यो । चोरी हुने वित्तिकै सञ्चालकले जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरे तर यत्तिका समय वित्दा पनि चोरी गर्नेहरु पत्ता लाग्न सकेका छैनन् ।
भैरहवामै रहेको सिद्धार्थ सुनचा“दी पसलबाट पनि ३१ लाख २० हजार रुपैया बराबरका सुनचादी ३ बर्ष पहिले चोरी भए । प्रहरीले यो घटनाका बारेमा पनि यथार्थ विवरण बाहिर ल्याउन सकेको छैन । शुभलक्ष्मी र सिद्धार्थ सुनचादी पसल त चोरी हुने पसलका केही उदाहरण मात्र हुन् ।
रुपन्देहीमा श्रृङ्खलाबद्ध रुपमा भएका सुनचादी पसलहरु चोरी हु“दा प्रहरीले त्यस्ता पसलहरु चोरी गर्ने गिरोहलाई पक्रिन सकेको छैन । अनुसन्धानमा नजिक पुगेको प्रहरीको दाबी छ । कुनै घटनामा पक्राउ परेकाहरुबाट पनि पसल सञ्चालकले चोरी बापतको उचित क्षतिपूर्ति पनि पाउन सकेका छैनन् । रुपन्देही सुनचा“दी व्यवसायी संघका सचिव रामकिशन सेञ्चुरी भन्छन्–‘पसल चोरी गर्ने गिरोह त के पक्राउ परेकाबाट पनि केही क्षतिपूर्ति पाउन सकिएको छैन ।’
बुटवलमै तीन बर्ष अघि बीपी चोकमा रहेको रेसुङ्गा सुनचा“दी पसल चोरी भएको बर्षौ पछि गिरोहको एक नाईके पक्राउ परेपनि व्यवसायी सञ्चालकले भने त्यसको क्षतिपूर्ति पाएका छैनन् । भलवारीमा रहेको पर्वत महेश्वर सुनचा“दी पसल र बीपी चोकमा रहेको रेसुङ्गा सुनचा“दी पसलको सेफ फोरेर दुवै पसलबाट गरी करिव ९० लाख बराबरको सुनचा“दीका गरगहना चोरी गर्ने ‘पप्पु’ लाई प्रहरीले पक्राउ गरेको भएपनि सो को मुद्दा भने अझै विचाराधीन अवस्थामा रहेको छ । चोरका मुख्य गिरोह पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन्य चोरी गर्ने व्यक्तिहरुलाई भने अझै पनि प्रक्राउ गरेको छैन । साना घातु तर बढी मूल्य पर्ने सुन, चा“दी तथा हिराहरु चोरी हुने तर चोर पत्ता नलाग्ने यथार्थ हु“दा ह“ुदै पनि पक्राउ परेकाबाट पनि त्यसको क्षतिपूर्ति भराउने काम हुन नसकेको सचिव सेञ्चुरी बताउ“छन् ।
प्रतिनिधि उदाहरण जस्तै बर्षेनी हुने यस्ता चोरीका घटनाहरुले ठुलो धनराशी घाटा लाग्ने त छदै छ चोरहरुको मनोबल पनि बढ्दै गएको स्पष्ट हुन्छ । बुटवल, भैरहवा, भलवबारी, मणिग्राम लगायतका क्षेत्रहरुमा बर्षेनी साना ठूला सुनचा“दी पसलहरुमा चोरीका घटनाहरु ह“ुदै आएका छन् । तर प्रहरीले भने अनुसन्धान गरेको भन्दैमा त्यस्ता घटनाहरुको सत्यतथ्य बाहिर ल्याउन सकिरहेको छैन् ।
सेफ नै फोरेर चोरी गर्ने गिरोहहरु पछिल्लो समय व्यापारीहरुकै सजकताका कारण पछिल्लो १ बर्षमा भने त्यस्ता ठूला घटनाहरु भएका छैनन् । तर ८÷१० लाख सम्म सुनचा“दी चोरीका घटनाहरु भने हुन छाडेका छैनन् । ‘साना ठूला जस्ता चोरी भएपनि प्रहरीले कसैलाई पक्राउ गरी कारबाही गरेको छैन ।’ सचिव सेञ्चुरीले भने–‘चाडपर्वको समयमा गहना किन्ने निह“ुमा आउने त्यस्ता चोरहरुले हेर्ने निह“ुमा सिक्री, टप, औठी जस्ता गहनाहरु चोरी गर्ने गरेका छन् ।’
संघका अनुसार ०७० सालमा पनि ७÷८ वटा सुनचा“दी पसलमा चोरीका घटनाहरु भएका छन् भने ०७१ सालमा पनि ४ वटा सामान्य चोरीका घटनाहरु भएका छन् । यसरी सबैभन्दा बढी चोरीका घटना चाडबाडको समयमा हुने गरेको प्रहरी समेत बताउ“छन । चाडबाडका बेला धेरैका घरमा धनमाल हुने, सबै व्यस्त हुने र कतिपय चाड मनाउन गाउ“तिर लाग्ने भएकाले चोरहरु दशैंतिहारमा बढी सक्रिय हुने गरेको बताईन्छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिलिप घिमिरेले पुराना घटनाहरुलाई पनि आफूले अनुसन्धान थालेकाले अहिले भने त्यस्तो केही भन्न नमिल्ने बताए । ‘नया“ मुद्दा सं“गै पुराना मुद्दाहरुलाई पनि मैले हेरिरहेको छु’ उनले भने–‘ अनुसन्धानका क्रममा रहेकाले त्यस्तो बाहिर केही भन्न सकिन्न ।’
यसैबीच रुपन्देही सुनचा“दी व्यवसायी संघले ८÷१० तोला सुन विना विल लैजा“दा प्रहरीले चोरी गरेर ल्याएको भन्दै व्यापारीहरुलाई आतंकित तुल्याउने गरेको बताएको छ । ‘कहिलेकाही अपबादमा विल लान व्यापारीहरुले भुल्ने तर प्रहरीले भेटाएमा सुन चोरीको मुद्दा लगाईने भएको छ’ सचिव सेञ्चुरीले भने । विशेषगरी पहाडका जिल्लाहरुमा शहरबाट सुनचा“दी लैजाने गर्दा यस्तो समस्या बढी देखिएको उनको भनाई छ । ‘डिलरबाट सुनचा“दी लैजा“दा समेत प्रहरीको डर हुने गरेको छ’ उनले भने–‘चेकजा“चका क्रममा त्यस्तो भेटिएमा समय दिएर विल ल्याउने दिनसम्म पर्खनुपर्ने हो ।’
0 comments