हेलचक्य्राइले मजदुरको स्वास्थ्य जोखिममा

विकाश पराजुली
बुटवल, कार्तिक १५ । तिलोत्तमा नगरपालिका – ५ का अर्जुन राना बुटवलको कालिकानगरमा रहेको एक हार्डवयर पसलमा दैनिक कामका लागि आउथे । हार्डवयर पसलमा सधै सिमेन्टका बोरा लोड र अनलोड गर्दैमा दिन विताउने राना एक बर्षअघि सामान्य विरामी भए । सधै सिमेन्ट सं“गै धुलोमै काम गर्ने उनले आफ्नो स्वास्थ्यको कति पनि ख्याल गरेनन् ।
विस्तारै श्वासप्रश्वासमा अप्ठ्यारो लागेपछि राना बुटवलको बुटवल हस्पिटल प्रा.लि.मा उपचारका लागि आए । उपचारमा संलग्न डाक्टरले सिमेन्टको धुलो फोक्सामा पुुगेको र पानी पनि जमेको भनेपछि राना झस· भए । सामान्य कुरा ख्याल नगर्दा उनी चार महिना हस्पिटलमै बसेपछि मात्र घर फर्कनुप¥यो ।
राना त प्रतिनिधि उदाहरण मात्र हुन् । उनी जस्ता कयौ मजदुरहरुले आफ्नो स्वास्थ्यको हेलचक्रया“ई गर्दा उपचारमा ठुलो धनराशी खर्चिनु परेको छ भने अकालमै मृत्यु समेत हुने गरेको छ । दैनिक ज्यालादारी गरी आफ्नो गुजरा चलाउदै आएका मजदुरहरुले आफ्नो स्वास्थ्यको सामान्य ख्याल नगर्दा मजदुरहरुको स्वास्थ्य उच्च जोखिमा पर्न थालेको छ । सधै धुलो, धु“वामा खेल्दै आफ्नो गुजरा चलाउने मजदुरहरुको स्वास्थ्य उच्च जोखिममा पर्न थालेको हो । जसको कारण मजदुरहरुमा फोक्सोको समस्या बढी देखिन थालेको छ ।
जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु भैरहवा, बुटवल लगायतका क्षेत्रहरुमा धुलो, मेटल, सिमेन्ट उद्योगहरुमा काम गर्ने मजदुरहरुमा बढी मात्रामा फोक्सोको समस्या देखिन थालेको हो ।
धुलो, मेटल तथा सिमेन्टमा बढी काम गर्ने मजदुरहरुलाई ‘अको पशनल लंग डिजेज’ रोग लाग्ने लुम्बिनी अञ्चल अस्पतालका फिजिसियन डा. नन्दु पाठकले बताए । सो रोग अन्तर्गत मजदुरहरुमा फोक्सोमा पानी जम्ने र पछि दम समेत लाग्ने उनको भनाइ छ । बुटवल तथा भैरहवा क्षेत्रमा यस्ता रोगीहरुको संख्या समेत पछिल्लो समय बढ्दै गएको अस्पतालहरु बताउ“छन् । मजदुरहरुले मुखमा माक्स नलगाउनाले उनीहरुको फोक्सोमा समस्या आउने गरेका डा. पाठकले बताए । ‘फोक्सोमा समस्या आएपछि लगातार खोकी लागेका कारण्ँ पछि दमको रोगी हुने समस्या आउ“छ’ डा. पाठकले भने–‘अन्य मुलुकका कम्पनीमा काम गरेर आउने मजदुरमा यस्तो समस्या अलि बढी देखिएको छ । ’
सिसा उद्योग, मेटल उद्योग तथा सिमेन्टको काम गर्दा धुलो धु“वा आउने हु“दा मजदुरहरुले माक्स लगाई काम गरेमा पनि यो समस्या मजदुरहरुमा करिव ४५ प्रतिशतले कमी आउने उनले बताए । त्यस बाहेक दुई वा तीन महिनामा घरमै विदा लिई आराम गरेमा पनि फोक्सोको समस्या काम हुन सक्छ । श्वास प्रश्वासमा सबै भन्दा असर सिमेन्टबाट हुने हु“दा विशेषतः सिमेन्टमा काम गर्ने मजदुरहरुले अझ बढी ख्याल गर्नुपर्ने उनले बताए । सिमेन्टको काम गर्दा श्वास प्रश्वासमा मात्रै नभएर छाला र आ“खामा समेत समस्या देखिने उनको भनाइ छ ।
मजदुरहरुले भने पसल सञ्चालकहरुले आफूहरुलाई त्यसबाट बच्न केही नदिइएका कारणले पनि माक्स, बोरा जस्ता सामग्रीको प्रयोग गरेको बताउ“छन् । बुटवल थोक कृषि उपज केन्द्रमा आलु झार्दै गरेका मजदुर रमेश थारुले धुलोबाट बच्न आफूलाई पसल सञ्चालकले केही सामग्री नदिइको बताए ।
पसल सञ्चालक तथा मजदुरहरुले यसलाई सामान्य रुपमा लिदा पनि माक्सका बारेमा न त पसल सञ्चालकले मजदुरहरुको भाव बुझेर सामग्री दिएको हुन्छ न त मजदुरहरुले नै आफै जानेर सामग्री माग्ने गर्दछन् । त्यसैले पनि मजदुरहरु धुलोमै काम गर्दै आएका छन् । ‘अहिले सम्म केही भएको छैन, हु“दा के गर्ने सोचौला’ थारुले भने ।
हाडवर्यर पसल सञ्चालकहरुले भने मजदुरहरुलाई आफुहरुले माक्स उपलब्ध गराएपनि झन्झटिलो मान्दै त्यसको प्रयोग नगर्ने गरेको उनीहरु बताउछन् । हार्डवयर व्यवसाय सञ्चालन गर्दै आएका सित्तल रानाले मजदुरहरुले आफै ख्याल नगर्दा पनि धुलो, धुवाको प्रभावमा रहेको बताए । बुटवलमा यसरी धुलो, धुवा तथा सिमेन्टमा काम गर्ने मजदुर मात्र करिव ४ सय भन्दा बढी रहेको बताईन्छ ।

0 comments