बुनपाले ठेकेदारलाई ति¥यो १५ लाख जरिमाना

बस टर्मिनल निर्माण चैतसम्ममा सक्नुपर्ने

 विकाश पराजुली

बुटवल, कार्तिक २५ । यस क्षेत्रकै नमुनाको रुपमा बुटवल बसपार्कमा निर्माण हुन लागेको लुम्बिनी बस टमिर्नल तथा सपिङ कम्प्लेक्स निर्माण आउदो चैत महिनासम्म पूरा गर्नुपर्ने भएको छ ।
निर्माण सम्झौता अनुसार ०७० पुस  मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि नगरपालिकाले ठेकेदारलाई असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्न भन्दै निर्देशन दिएको थियो । सुरुको समयमा कम्पनी विचकै आन्तारिक कारणले समय सीमामानै निर्माण कार्य सम्पन्न हुन नसकेपछि नगरपालिकाले असार मसान्तसम्मको समय दिएको हो । तर असार मसान्तसम्म पनि निर्माण सम्पन्न नभएपछि जरिमाना गराउने अन्तिम तयारीमा रहेको नगरपालिकालाई ठेकेदार कम्पनीले विपक्ष बनाउदै ६ महिना समय थप र जरिमाना गराउने भन्दै उजुरी दर्ता गराएको थियो ।
संविधान सभाको निर्वाचनको समयमा सामानहरु ढुवानी हुन नसकेको, सडक विस्तारका क्रममा रुखहरु हटाउदा लामो समयसम्म निर्माण कार्य गर्न नपाएको तथा मजदुरहरु पनि काममा नआएको भन्दै नगरपालिकालाई १५ लाख रुपैया जरिमाना र ६ महिनाका लागि समय थप गर्न पाउनुपर्ने भन्दै कम्पनीले नेपाल मध्यस्त परिषद्मा उजुरी हालेको थियो । सो उजुरी ठेकेदार पक्षमै सुनुवाई गर्दै परिषद्ले नगरपालिकालाई १५ लाख रुपैया जरिमाना र ६ महिनाको समय सीमा थप गर्न भनेपछि नगरपालिकाले १५ लाख जरिमाना र कम्पनीलाई ६ महिनाका लागि पुनः समय थप गरेको बुटवल नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी लिए ।


‘गएको असार मसान्तसम्ममा पनि निर्माणको काम पूरा नभएपछि नगरपालिकाले ठेकेदारबाट जरिवाना गराउने तयारी गरेको थियो’ इन्जिनियर श्रेष्ठले भने–‘ समय अपुग भएको भन्दै कम्पनीले उजुरीगरेपछि समय थप गर्नुपरेको हो ।’ टर्मिनल निर्माण्ँको जिम्मा चक्रेश्वरी, मिचीको र शिवशक्ति कम्पनीलाई पाएका छन् । टर्मिनल निर्माण्ँको काम अहिलेसम्म करिव ६५ प्रतिशत मात्र काम सम्पन्न भएको इञ्जिनियर श्रेष्ठले बताए । निर्माण पक्षले नगरपालिकास“ग सन् २०१४ जनवरी ४ मा निर्माण्ँ सक्ने गरी ठेक्का लिएको थियो ।
कानुनी बाटो रोज्दै ठेकेदार कम्पनीले समय थप गरेकाले अब भने कुनैपनि कानुनी बाटो नभएकाले कम्पनीले चैत महिनासम्म निर्माणको काम सक्नुपर्नेछ । यदि त्यसो नभए नगरपालिकाले कानुनी रुपमा जरिमाना गराउने श्रेष्ठले बताए ।
टर्मिनलको काम मुख्य कम्पनीको रुपमा रहेको चक्रेश्वरी कम्पनीले मिचीको र शिवशक्तिलाई निर्माण्ँको जिम्मा दिएकोमा मिची र शिवशक्ति कम्पनीको ढिलाइका कारण समयमानै निर्माण कार्य पूरा हुन नसकेको बुटवल नगरपालिकाले जानकारी दिएको छ । चक्रेश्वरी निर्माण कम्पनीका रामेश्वर देउजाले निर्माण कार्य सुरु भएकाले सो समय सीमानै निर्माण कार्य सक्ने बताए । बुटवल नगरपालिकाले नगरपालिका विकास कोÈको ऋण्ँ सहयोगमा बस टर्मिनल तथा सपिङ कम्प्लेक्स बनाउन लागेको हो । पा“च बर्È पहिले तयार गरिएको गुरुयोजना अनुसार नगरपालिकाले १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण्ँ कम्पनीसं“ग २०६८ मंसिरमा सम्झौता गरेको थियो । बस टर्मिनल र सपिङ कम्पलेक्स करिब ७ करोडको लागतमा निर्माण्ँ कार्य हुन लागेको हो ।
हाल बसपार्कमा टिकट काट्ने स्थान अस्तव्यस्त रहेकाले नया“ टर्मिनल बनेपछि सो समस्या समाधान हुने छ । त्यस्तै टर्मिनलसंगै सपिङ कम्प्लेक्सको जिम्मा दिइएपनि कप्लेक्सको काम भर्खर मात्र शुरु भएको छ । सो सपिङ कम्पलेक्स निर्माणको काम पनि सुस्त गतिमा अगाडि बढेकाले चैत महिनासम्ममा सम्पन्न नहुने देखिएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.