२ सय १० पदका लागि १२ हजार बढी आवेदन
विद्युत् प्राधिकरणमा कर्मचारी आह्वान
विकाश पराजुली
बुटवल, कार्तिक १३ । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण्ँले विभिन्न पदका लागि गरेको कर्मचारी आह्वानमा बुटवलबाट १२ हजार बढीको आवेदन परेको छ । प्राधिकरणको बुटवल क्षेत्रीय कार्यालयअन्तर्गत् विभिन्न पदका लागि २ सय १० कर्मचारी माग गरिएकोमा १२ हजार ६ सय ८२ जनाको आवेदन परेको हो । प्राधिकरणले देशभरबाट १ हजार ६ सय ९९ कर्मचारी माग गरेकोमा विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, वुटवल, नेपालगञ्ज, अत्तेरियाबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको थियो । फारामको लागि एक महिनाको म्याद दिएकोमा दसै बिदा परेकाले प्राधिकरण्ँले असोजको अन्तिम दिनसम्म दरखास्त बुझेको थियो ।
बुटवलमा अप्रत्याशित आवेदन परेको क्षेत्रीय कार्यालयले जनाएको छ । बुटवलमा दोब्बर दस्तुर समेत तिरेर १२ हजार ६ सय ८२ जनाले आवेदन फाराम भरेका हुन् । सबैभन्दा बढी प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर तह चारमा ६५ जना आवश्यक रहेकोमा सो पदका लागि ५ हजार ९ सय ८८ जनाले आवेदन फाराम भरेको कार्यालयकी प्रशासकीय अधिकृत लिला कुमारी अर्यालले जानकारी दिइन् ।
यसैगरी प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पा“च तहका लागि ९ पद रहेकोमा त्यसका लागि १ हजार १२ आवेदन परेको छ । प्राधिकरण्ँले दशैभरीमा तेस्रो तहदेखि दसौ तहसम्मको कर्मचारी माग गरेको थियो ।

यसैगरी प्रशासन समूह अन्तर्गतको लेखापाल पाच तहमा ६ जनाको पदका लागि ६ सय ४९ आवेदन परेको छ । यसैगरी प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पा“च तहमा २७ जनाको पदमा १ सय ६७ जनाको आवेदन परेको अर्यालले जानकारी दिइन् । यसैगरी प्रविधिक सेवामा सिभिल सुपरभाइजर पा“च तहमा १ जनाको पद रहेकोमा ३७ जनाको आवेदन परेको छ ।
प्रशासन अन्तर्गत सहायक लेखापाल तह चारका लागि २३ जनाको पद रहेकोमा २ हजार ५ सय ३३ जनाको आवेदन परेको छ । यसैगरी फोरमेन इलेक्ट्रकिल तह चारका लागि ५६ जनाको पदका लागि ४ सय ३४ जनाले आवेदन फाराम भरेका छन् । त्यस्तै मिटर रिडर प्रशासन तह तीनका लागि ३ जनाको पदका लागि १२ सय ६० जनाको आवेदन परेको छ । यसैगरी इलेक्ट्रि«सियन प्राविधिक तह तीनका लागि १८ जनाका लागि ४ सय ६९ र ड्राईभर २ जनाका लागि १ सय ३३ जनाको आवेदन परेको छ ।
प्राधिकरण्ँले तिहार लगत्तै लिखित र मौखिम परीÔा सञ्चालन गरेर पदपुर्ति गर्ने बताएपनि अझै कहिले हुन्छ भन्ने आधिकारि सूचना भने दिएको छैन । अर्यालका अनुसार दरखास्त गर्नेहरुले प्रवेशपत्र र परीक्षाका सम्बन्धमा आफुहरुले सूचना प्रकाशित गरेर जानकारी गराईने छ ।
देशभरका क्षेत्रीय कार्यालयहरुका लागि प्राधिकरणले प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पा“च तहका लागि ९५ जना, प्रशासन समूह अन्तर्गत्को लेखापाल पा“च तहमा ६६ जना, प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पा“च तहमा २३३ जना, प्राविधिक सेवामा मेकानिकल सुपरभाइजर पा“च तहका लागि पा“च जना, प्रविधिक सेवामा सिभिल सुपरभाइजर पा“च तहका लागि १२ जना, प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर तह चारका लागि ४७० जनालाई नियुक्ति दिनेछ ।
त्यस्तै फोरमेन इलेक्ट्रिकल तह चारका लागि ३६१ जना, सिनियर हेवी इक्विपमेन्ट अप्रेटर तह पा“चका लागि पा“च जना, प्रशासन अन्तर्गत सहायक लेखापाल तह चारका लागि १६५ जना, फोरमेन ड्राइभर तह चारका लागि आठ जना, प्राधिकरण्ँले इलेक्ट्रिसयन तह तीनका लागि १४३ ,ड्राइभर तह तीनका लागि १०, प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह १० का लागि एक जना, उपप्रबन्धक प्राविधिक इलेक्ट्रिकल्स तह नौंका लागि एक जना, सहायक निर्देशक प्रशासन लेखा तह आठका लागि पनि एक जना माग गरिएको छ ।
यस्तै चार्टर्ड एकाउन्टेन्ट प्रशासन लेखा तह आठका लागि एक जना माग, सहायक प्रबन्धक प्राविधिक इलेक्ट«िकल तह आठका लागि पनि एक जना, सहायक प्रबन्धक प्राविधिक सिभिल तह आठका लागि दुई जना, प्राधिकरण्ँले प्रशासकीय अधिकृत तह सातका लागि तीन जना , लेखा अधिकृत, तह सातका लागि चार जना, कानुन अधिकृत सात तहका लागि एक जना, समाजशास्त्री तह सातमा पनि एक जना इन्जिनियर इलेक्ट्रिकल तह सातमा ४७ जना इन्जिनियर मेकानिकल तह सातमा पा“च जना साथै इन्जिनियर सिभिल तह सातमा १३ जना माग गरिएको छ । यसैगरी कम्प्युटर इन्जिनियर तह सातका लागि दुई जना र सर्वे अधिकृत तह सातका लागि एक जना माग गरिएको छ ।
0 comments