६ लाख ८५ हजार नगद सहित २५ जुवाडे पक्राउ
जुवाडेको आक्रमणबाट प्रहरी जवान घाइते
विकाश पराजुली
बुटवल । रुपन्देही जिल्लामा जुवा, तास तथा कौडाको खालबाट प्रहरीले छ लाख नगदसहित दुई दर्जन जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले जुवाको खालबाट २५ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएकाहरुबाट ६ लाख ८५ हजार ५ सय ५५ रुपिया बरामद भएको छ । प्रहरीले विशेष सुराकीको आधारमा बुटवल, भैरहवा, तिलोत्तमा, पर्रोहा लगायतका स्थानहरुबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । बुटवल बजार क्षेत्रबाट मात्र ९ जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बसपार्कमा रहेको लब्ली होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापामार्दा १ लाख २१ हजार बरामदसहित उनीहरु पक्राउ परेको डिएसपी दिलिप कुमार घिमिरेले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय बुटवलले मात्रै २ लाख ९४ हजार रुपिया“ जुवाको खालबाट बरामद गरेको छ । सो रकम प्रहरीले आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा इलाका प्रशासन कार्यालय बुटवलमा बरामद नगर रकम बुझाएको छ । त्यसैगरी रुपन्देहीमा जुवाडेको आक्रमण्ँबाट एक प्रहरी जवान घाईते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार भाईटिकाको दिन राति १२ बजेको समयमा जुवा खेल्दै गरेको सुराकी पाएपछि नियन्त्रणका लागि पुगेका प्रहरी जवान माथि जुवाडेले आक्रमण गरेका हुन । तिलोत्तमा नगरपालिका स्थित कुञ्जलापुरमा भिमबहादुर थापाको घरमा जुवा खेल्दै गरेको सूचना पाएपछि नियन्त्रण्ँको लागि गएको प्रहरीको स्पेशल अप्रेसन टिममाथि नै जुवाडे टोलीले आक्रमण्ँ गरेका थिए । आक्रमणबाट प्रहरी जवान पदम घिमिरे घाईते भएका हुन् ।
उनीहरुको आक्रमण्ँबाट घाईते भएका प्रहरी जवान घिमिरेको टाउकोमा ५ वटा टा“का लगाईएको छ । उनको अहिले उपचार भइरहेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न तथा जुवा खेल्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ । डिएसपी घिमिरेका अनुसार कौडा खेलाउने कुञ्जलापुरका भीमबहादुर थापा र कौडा खेल्ने ओम प्रकाश थापा, हेम प्रसाद कुमाल र रवि थापालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।

यता पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार अन्य बर्षको तुलनामा यस बर्ष तिहारको समयमा पश्चिमाञ्चल विकास क्षेत्रमा दुर्घटनामा कमी आएको बताएको छ । तिहारको समयमा पहिले दुर्घटना बढी हुने तथा ट्राफिक नियमको पालना नगर्ने जस्ता घटना बढी भएपनि यस पटक भने त्यस्ता घटनाहरुमा कमी आएको कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले नियम पालना नगर्ने केही सवारी साधन बाहेक अन्य ठूला घटना भने केही नभएको बताए ।
0 comments