डिभी चिठ्ठाको नाममा ब्रहमलुट

  विकाश पराजुली

बुटवल । डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नाममा सर्वसाधारणमाथि व्यापक ठगी भैरहेको छ । पछिल्लो पटक अमेरिकाले सन् २०१६ का लागि डीभी चिठ्ठा खुलाएको छ । चिठ्ठाको आवेदन भर्न अस्वभाविक ‘सेवा शुल्क’ लिएर फोटो स्टुडियो   तथा साइवर सञ्चालकहरुले सर्वसाधारणमाथि चरम ठगी गरेका हुन् । खास लगानी गर्नु नपरे पनि स्टुडियो तथा साइवर सञ्चालकहरुले एक जनाको चिठ्ठा भर्न तीन सय रुपैंया“सम्म लिने गरेका छन् ।
अमेरिका जान पाइने आशमा रहेका नेपालीहरुले चिठ्ठा भर्ने सेवा शुल्क मह“गो भए पनि त्यसको खुलेर विरोध गर्न सकेका छैनन् । ‘एक ठाउ“ भए पो विरोध गर्नु, सबैतिर उस्तै छ ।’ तिलोत्तमा–११ की लक्ष्मी न्यौपानेले भनिन्, ‘यस्तो विषयमा जिम्मेवार सरकारी निकायनैं चनाखो हुनु पर्ने हो ।’ डिभी चिठ्ठाका लागि फोटो स्टुडियो तथा साइवर सञ्चालकलाई अतिरिक्त लगानी गर्नु पर्दैन । इन्टनेटको शुल्क हरेक वर्ष घट्दै गएको छ । क्यामेरा, प्रिन्टर जस्ता सामानहरु फोटो स्टुडियो तथा साइवर सञ्चालकले अरु कामका लागि पहिले नैं व्यवस्था गरेका हुन्छन् । तर उनीहरुले डिभी चिठ्ठा भर्दा ठूलो लगानी भए जस्तो गरेर सेवा शुल्क लिइरहेका छन् । नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार डीभीका लागि ३ नोभेम्बर २०१२ सम्म आवेदन भर्न सकिनेछ । अमेरिकाले डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने उल्लेख गर्दै विद्युतीय माध्यममार्फत् डीभी भर्न सकिने जनाएको छ । तर सेवाग्राही सेवा शुल्कको नाममा ब्रहमलुटमा परेका छन् । बुटवलमा रहेका अधिकांश चिठ्ठा सेन्टरहरुले सर्वसाधरणहरुको ढाड सेक्ने गरी आफु खुसी शुल्क लि“दै आएका छन् । सडक किनारमा ‘यहा“ डिभी चिठ्ठा भरिन्छ’ भन्ने बोर्ड राख्दै डिभी भर्नेहरुले प्रतिव्यक्ति १ सय देखि ३ सय रुपैया“सम्म लिने गरेका हुन् ।


 अझ अचम्मको कुरा त के छ भने व्यापारीहरुले मान्छे हेरिकन नै शुल्क निर्धारण गर्ने गरेको पाइएको छ । ‘मनपरी शुल्क निर्धारण गरिएको छ’ डिभी चिठ्ठा भर्न बुटवलको ट्राफिकचोक स्थित प्रभात फोटो स्टुडियो पुगेका कमल भुसालले भने ।  डिभी चिठ्ठा भराउनेहरुले सेवा शुल्क लिन पाउने भएपनि अहिले लिइरहेको शुल्क अस्वभाविक रहेको सर्वसाधारणको गुनासो छ । परिवार सहित भर्ने डिभीका लागि एक सय रुपैंया“ लि“दा उपयूक्र्त हुने सर्वसाधारणको भनाइ छ ।
कतिपयले चिठ्ठा भर्दा खिचेको फोटो निकाली दिने नाममा थप रकम असुल्दै आएका छन् । बुटवलमा चिठ्ठा भराउनेहरुले सडक किनारमा टेन्ट राखेर ट्राफिक प्रहरीलाई समेत अटेर गरेका छन् ।
डिभी फाराम भर्ने सेवा शुल्क कुनै निकायले निर्धारण नगर्दा स्टुडियो तथा साइवर सञ्चालक ‘मौकामा चौका’ उठाएका हुन् । प्रभात फोटो स्टुडियोले परिवारका सदस्य संख्या हेरिकन ३ सय देखि ४ सय ५० रुपैया“सम्म सेवा शुल्क लिने गरेको छ । ‘फोटाहरु पनि संगै दिने गर्दा रकम बढी लिएको हो’ प्रभात डिजिटल फोटो स्टुडियोका एक कर्मचारीले भने–‘स्टाफ खर्च र दिनभरको मिहिनेतबाट केही त आम्दानी हुनु प¥यो नि ।’
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दिलिप घिमिरेले सरकारले सेवा शुल्क बापतको रकम निर्धारण नगर्दा व्यवसायीले आफू खुसी मूल्य निर्धारण गरेको बताए । ‘तैपनि स्वभाविक शुल्क लिनुपर्छ । यो विषयमा स्थानीय प्रशासनले नभनेसम्म हामीले केही गर्न मिल्दैन’ उनले भने । उनले यसको नियन्त्रणका लागि ठोस कानुनी प्रक्रिया नभएकाले सर्वसाधारणले कम शुल्क लिने चिठ्ठा सेन्टरबाट डिभी भरेर चर्को शुल्कबाट बच्न आग्रह गरे ।साथसाथै सार्वजनिक स्थानमा टेन्ट समेत राखेर डिभी फारम भर्न पाइदैन । यी कार्य तत्काल प्रहरी प्रशासनले हटाउनुपर्ने छ । 
के हो डिभी ?
अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सवैभन्दा सजिलो र धेरै समय वसोवास गर्न मिल्ने अर्थात दश वर्Èे भिसा हो । यो भिसामार्फत अमेरिकाको नागरिक हुनका लागि सजिलो हुन्छ । अमेरिकामा कार्ड पाउने सजिलो माध्यमको रुपमा रहेको डिभी चिट्ठा कार्यक्रममा हरेक बर्È विश्वका विभिन्न देशबाट कम्तिमा १ करोड मानिस सहभागी हुने गरेका छन् ।
 बंगलादेश धेरै वर्Èसम्म बढी डिभी भर्ने देशको रुपमा रहेपनि अमेरिकी श्रम विभागको प्राथमिकता सूचीमा नपरेकाले कम बंगलादेशीलाई मात्र भिसा दिइन्थ्यो । अधिकांश आवेदकलाई चिट्टा नपरेपछि डिभी भर्ने बंगलादेशीको संख्या निकै कम छ ।
बुटवलको ट्राफिकचोकमा रहेको प्रभात डिजिटल फोटो स्टुडियोले सडक किनारमा टेन्ट राखी डिभिको आवेदन फाराम भराउदै । ट्राफिक प्रहरीले सडक किनाराबाट ठेला हटाए पनि यस्ता टेन्ट हटाउन सकेको छैन ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.