टेण्डर खुला पछि खरिदको 'चलखेल'
विकाश पराजुली
बुटवल, कार्तिक ४ । लुम्बिनी अञ्चल अस्पतालले आफ्ना मातहतका सटरहरु टेण्डरमा लगेपछि अहिले सटर खरिद ‘चलखेल’ बढेको छ । अख्तियारको निर्देशन र पहलमा अस्पतालले त्यहा“ रहेका ७३ सटरहरु टेण्डर मार्फत भाडामा लगाउने भन्दै टेण्डर गरेपछि त्यहा“ रहेका व्यवसायीहरुले नै सटर खरिदकोे ‘चलखेल’ गरेका हुन् । ७३ सटरहरुमा व्यवसायी गर्दै आएका व्यापारीहरुले टेण्डरको विपक्षमा रहेकाहरुले टेण्डर प्रक्रियमा सहभागी बनेकाहरुसं“ग सटर विक्रीको ‘चलखेल’ गरेको स्रोतले बताएको छ । अस्पतालले टेण्डर खुल्ला गरे लगत्तै हाल व्यापार गरिरहेका व्यापारीहरुले टेण्डर पर्ने व्यक्तिहरुस“ंग सटर ‘खरिद’ गर्न लागि परेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार त्यहा“ व्यवसाय गर्दै आएका केही व्यापारीहरुले हाल टेण्डर प्राप्त गरेका व्यक्तिहरुसंग टेण्डरमा कवुल गरेको मूल्य भन्दा केही मूल्य बढी दिएर सटर खरिद गर्न तयार देखिएका छन् । टेण्डर प्राप्त गरेका एक व्यापारीका अनुसार भित्र भित्रै सटर खरिद विक्रीको ‘चलखेल’ बढेको छ । ‘मलाई पनि सटर दिनुप¥यो भन्दै आएका थिए’ नाम नबताउने सर्तमा एक व्यवसायीले भने–‘टेण्डरमा कवुल गरेको रकम भन्दा २० हजार बढी दिन आटेका थिए ।’
सटरहरु टेण्डरमा जानु पूर्व पनि भित्र भित्रै सटरहरु खरिद विक्री हुने गरेको भएपनि टेण्डर प्रक्रिया ह“ुदा पनि पुनः यो ‘चलखेल’ बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार हाल व्यापार गरिरहेका व्यापारीहरु मध्ये ४० प्रतिशत व्यापारीहरुले आफ्ना मान्छेका नाममा टेण्डर पारेका छन् । अन्य व्यापारीहरुले टेण्डर राखेपनि टेण्डरमा कवुल गरेको रकम न्यून भएपछि व्यापारीहरुले टेण्डर परेका व्यक्तिहरुसं“ग सटर खरिदका लागि इच्छुक देखिएका हुन् ।
टेण्डर पारेका व्यवसायीहरुले पनि अर्कैको नाममा टेण्डर दर्ता गरेकाले नाम दर्ता भएको फर्म÷संस्थाले नै व्यापार गर्नुपर्ने नियम छ । यस्तै टेण्डर आह्वान पछि अस्पतालले बार्षिक ५ करोड रकम आम्दानी गर्ने भनिएपनि सो रकम उठ्ने वा नउठ्ने भन्ने विषयमा भने अन्यौल देखिएको छ । टेण्डरमा कवुल गरे अनुसारको रकम अप्रत्यासित भएपछि स्थानीयहरुले पनि कबुल गरे अनुसारको रकम उठ्नेमा विश्वास मानेका छैनन् । अस्पतालले बार्षिक १ करोड ११ लाख आम्दानी गर्दै आएकोमा टेण्डर पश्चात कबुल गरेअनुसार व्यवसायीसं“ग सम्झौता गर्न सके अस्पतालले बार्षिक ५ करोड भन्दा बढी आम्दानी गर्नेछ । अस्पताल स्रोतका अनुसार टेण्डरमा कबुल गरे अनुसार केही व्यवसायीहरुले सम्झौता नगर्ने पनि देखिएको छ । अस्पतालले भदौ १ गते आह्वान गरेको टेण्डर औपचारिक रुपमा मंगलबार बोलपत्रदाताले बढी कबोल गरेको मासिक भाडा अनुसार सूचना प्रकाशित गरेको छ । अस्पतालले रीत पूर्वक बढिबढाउ मूल्यका आधारमा ७३ सटरहरुको टेण्डर खुला गरेको हो । अस्पतालले प्रकाशित गरेको सूचना अनुसार सवैभन्दा बढी कबुल गरिएको सटर नंं १४ रहेको छ ।

सो सटरलाई नर्मदा बगालेले १ लाख ७५ हजार २३ रुपैया“मा कबुल गरेकी हुन् । त्यस्तै सवैभन्दा कम सिडि बाहेकमा सटर नं. ६८ लाई कबुल गरिएको छ । सो सटरमा नरेन्द्रराज पौडेलले ३० हजार ५ सय रुपैया“मा कबुल गरेका छन् । यसरी हेर्दा अस्पतालका ७३ सटरहरुलाई मासिक औसत भाडा ३७ हजार पर्न आउ“छ । त्यस्तै कबुल गरे अनुसार व्यवसायीसं“ग अस्पतालले सम्झौता गरे अस्पतालले मासिक आम्दानी ४३ लाख २४ हजार ९ सय ६४ रुपैया“ आम्दानी गर्नेछ ।
‘नियम अनुसार ९० दिन मुल्यांकन गर्न मिल्थ्यो’ अञ्चल अस्पतालका लेखापाल मित्रलाल त्रिपाठीले भने–‘छिटो काम गर्दा अस्पतालको आम्दानी बढ्ने भएकाले एक हप्ता लगाएर सूचना निकाल्यौ ।’ उनका अनुसार कुनै बोलपत्रदाताहरुले कबुल रकम बढी गरेपनि धरौटी रकम राखेकाले त्यस्ता बोलपत्रदाताहरुको नाम भने सूचनामा प्रकाशित गरिएको छैन । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कुनै बोलपत्रदाताहरुलाई चित्त नबुझेमा अस्पतालमा गई लिखित निवेदन दिन सक्नेछ ।
९ दिनपछि बोलपत्रदाताहरुलाई बोलाई सम्झौता गर्न लगाउने र त्यसको महिना दिन पछि सूचना निकाली हाल व्यवसाय गर्दै आएका व्यवसायीलाई सटर छाड्न निर्देशन दिने लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
कबुल गरे अनुसार व्यवसायीसं“ग सम्झौता भएमा अस्पतालले गर्ने बार्षिक करौडोको आम्दानीबाट अस्पतालले अस्पताल सघन कक्ष (आइसियू) सञ्चालन गर्ने योजना बनाएको छ । १५ बर्षदेखि सुरु हुन नसकेको आसियू कक्ष यसअघि आर्थिक समस्याको कारण देखाउ“दै सञ्चालनमा आउन सकेको थिएन । अस्पतालका सूचना अधिकृत रेग्मीका अनुसार अस्पतालमा आसियू सञ्चालनका लागि पौने ४ करोड खर्च लाग्ने अनुमान छ । ‘हामीले अब आइसियू सञ्चालनको योजना बनाएका छौ’ सूचना अधिकृत रेग्मीले भने–‘आर्थिक र जनशक्तिको कमीका कारण यसअघि आइसियू सञ्चालनमा आउन सकेको थिएन ।’
शताब्दि पूरा गरेको अस्पताल जीर्ण भवनमा काम गरिरहेको छ । ‘भौतिक संरचना मजबुद पनि हुनुप¥यो, त्यसो हु“दा सेवा दिन सजिलो हुन्छ’ रेग्मीले भने । अस्पतालले यहि आउ“दो बर्षदेखि आइसियू कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । त्यसका लागि मन्त्रालयसं“ग समन्वयन गरी अगाडि बढिएको समेत रेग्मीले बताए ।
0 comments