जय अम्बिका क्लवको बार्षिक उत्सव फोटो फिचर सहित










































बुटवल, असोज २७ । जय अम्बिका युवा क्लव अर्जै–९ फुलबारीको तेस्रो बार्षिक उत्सव सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, मिठाई दौड प्रतियोगिता, कुर्ची दौड प्रतियोगिता र घैटो फोर प्रतियोगिताहरु सम्पन्न भएका छन् । खुला पुरुष भलिवल तर्फ द ग्यालेक्सी युवा क्लव इस्मारजस्थल ‘बि’ विजयी भयो भने द ग्यालेक्सी युवा क्लव इस्मारजस्थल ‘ए’ उपविजेता बन्यो । विजयी टिमले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपविजेताले नगद ६ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी घैटो फोर प्रतियोगितामा विष्णुप्रसाद घिमिरे, कुर्चीदौडमा कविता अर्याल र मिठाई दौडमा जीवन झाक्रि मगर विजयी भए । क्लवले बार्षिक उत्सवकै अवसरमा फुलबारी प्राथमिक विद्यालयका २३ जना गरिव, दलित र जेहेन्दार विद्यँर्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरेको थियो । कार्यक्रमको अवसरमा लोक गायक बुद्धिराम जि.सी, स्थानीय कलाकारहरु नारायण लम्साल, रुद्र के.सी, रमेश मिजार लगायतले आ–आफ्नो प्रस्तुती राखेका थिए । क्लवका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता, गाविस सचिव भुमिश्वर गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन आजिवन सदस्य शुसिल अर्यालले गरेका थिए ।


0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.