लगातारको वर्षाले सबैतिरको धान डुब्यो
विकाश पराजुली
बुटवल, असोज २८ । भारतको अन्डमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न आधी ‘हुडहुड’ को प्रभावले भएको वर्षाका कारण रुपन्देहीमा किसानले लगाएको अधिकांश धान पानीमा डुबेको छ । निरन्तर वर्षा भएकाले काटेको तथा ढलेको धान पानीमा डुबेको हो । ‘कतिपयको काटेको धान तथा कतिपयको वर्षासगै आएको हावाहुरीले ढलाएको धान पानीमा डुबेको छ ।’ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ११ का किसान चिन्तामणि गौतमले भने,‘बेमौसमी पानीले हामीलाई साह्रै मर्का पा¥यो ।’ जिल्ला कृषि विकास कार्यालयले रुपन्देहीमा लगाइएको मध्ये पा“च प्रतिशत धान पानीबाट प्रभावित भएको जनाइएको छ ।
खासगरी काटेको तथा काट्ने तयारीमा रहेको धान वर्षाबाट बढी प्रभावित भएको छ । खेतमा पानी जमेकाले वर्षा रोकि“ना साथ धान काट्न नसकिने भएकाले यो वर्ष धान उत्पादनमा कमी आउने कृषि अधिकारीहरुको अनुमान छ । ‘पाकेको धान समयमैं काट्न नपाउदा टुक्रिन्छ । यसबाट स्वभाविक रुपमा उत्पादनमा कमी आउ“छ ।’ जेटिए राजु चौधरीले भने, ‘काटेको धान भिजेकाले यसबाट पनि उत्पादनमा कमी आउ“छ ।’
रुपन्देहीको उत्तरी क्षेत्र तिलोत्तमा, देवदह, पर्रोहा, मानपकडीका किसानले भर्खर धान काटन सुरु गरेका थिए । ‘लामो समयसम्म वर्षा रह्यो भने अझ बढी धानमा असर पुग्ने देखिन्छ’ कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले भने–‘धान खेतीसं“गै यसको असर तरकारीमा पनि परेको छ ।’ खास गरी मंसिरमा धेरै धान पाक्ने भएपनि यो समयमा सावित्री, राधा–४, मकवानपुर जातको धान छिटो पाक्ने कार्यालयको भनाइ छ ।
तराईमा यतिबेला धानबाली भित्र्याउने चटारो भए पनि वर्षा नसकिञ्जेल धान नकाट्न कृषि विकास कार्यालयले कृषकहरुलाई आग्रह गरेको छ । ‘धान काटिसकेका कृषकले त्यसलाई नउठाउनुहोला, काट्न तयारी रहेको धान अझै २÷३ दिन कुर्नुहोला’ उनले भने ।
यसैबीच रुपन्देही जिल्लामा गत बर्षको तुलनामा १० प्रतिशत धान उत्पादनमा कमी आउने अनुमान कृषि कार्यालयले गरेको छ । जग्गा प्लटिङ र माछा पालनका लागि पोखरी निर्माण तथा बेमौसमी वर्षाका कारण गत बर्षको तुलनामा यसबर्ष धान उत्पादनमा कमी आउने अधिकारीले जानकारी दिए ।
कार्यालयले यसबर्È जिल्लामा ३० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । गत बर्ष जिल्लामा ७० हजार ५ सय हेक्टरमा धान खेती गरिएकोमा २ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष जिल्लामा ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
जिल्लामा यस बर्È समयमा अनुकुल बर्Èा नभएकाले पनि धान उत्पादनमा कमी आउने अनुमान गरिएको कार्यालयले जनाएको छ । धान उत्पादनमा कमी आउने भएपनि रुपन्देही जिल्ला धान उत्पादनमा भने आत्मनिर्भर रहेको छ । बर्षै पिच्छे रुपन्देहीबाट ५२ प्रतिशत धान बाहिर जाने कार्यालयको भनाइ छ । किसानहरुले विक्री गर्दा प्रति क्विन्टल २४ सयदेखि २८ सय रुपैया“सम्म धान विक्री गर्दै आएका छन् ।
0 comments