छोएन दशैले अपाङग आश्रमका बालबालिकाहरुलाई

विकाश पराजुली

बुटवल, असोज १२ । हिन्दु नेपालीहरुको महान पर्व दशै विधिवत् रुपमा भित्रि सकेको छ । आफन्तजन घर फर्कर्ने क्रम बढेको छ भने बजारमा पनि चहल पहल उस्तै छ । राम्रो लगाउने र मिठो मसिनो खाने पर्वका रुपमा लिने दशै पर्व कसै–कसैका लागि त दशा बनेरै आउने गर्दछ । आफन्तजन, साथीभाई संगको भेटका साथै दुःख, सुःख का कुरा एक आपसमा साट्दै रमाईलो गरी मनाउने दशै पर्व बुटवलमा रहेको एक अपाड्ड आश्रमलाई भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको छ 
बुटवल–१३ प्रगतिनगरमा रहेको सानो व्लकबाट निर्माण गरिएको एक तले छाप्रोमा अझै पनि दशैले प्रवेश पाउन सकेको छैन । कसैले सहयोग नगरे विहान, बेलुका चुलो नबल्ने आश्रममा दशैका लागि न राम्रो लगाउने योजना छ, न त राम्रो खाने नै । ‘कसैले केही सहयोग गरेमा दशै राम्रोसं“ग मनाईन्छ, नत्र यसैगरी वित्छ’ अपाड्ड आश्रमका अध्यक्ष डोलबहादुर रामजामले भने ।
 पूर्व भागमा बगर, पश्चिममा तिनाउ नदी रहेको आश्रम करिव डेढ कठ्ठामा फैलिएको छ । सवैतिर दशैको उमंग भइरह“दा  आश्रममा बस्नेहरु मिठो खाने र राम्रो लगाउने इच्छा राख्दै सहयोगी हातहरुलाई कुर्दै बसिरहेका छन् । आमा, बुवा, इष्टमित्र सवैतिरबाट टाढिएका उनीहरु आश्रममा दुःख, सुःख गरेर अन्य दिनहरु गुजारा भएपनि मेला, पर्वहरु आउ“दा भने आशुस“ंगै रोदन पनि बालबालिकाहरुमा भरिएर आउ“छ । ‘कसैका अभिभावकनै छैनन्, त्यसैले पर्वमा निकै मन दुखाउ“छ भने कोही रोएर बस्छन’ अध्यक्ष रामजामले भने– ‘सवैतिर दशैको चहल पहल बढेको भएपनि हाम्रो यो सानो झुपडिमा अझै आउन सकेको छैन ।’

राम्रा कपडाहरु लगाउने इच्छा र चाहना हदा हुदै पनि त्यहा“ रहेका बालबालिकाहरु कसैले सहयोग गरी ल्याईदिएका एक सरो कपडा भएपनि लगाएर चित्त बुझाएका छन् । शारीरिक रुपमा अशक्त, असक्षमता एवं दृष्टिविहिन भएका १९ जना बालबालिकाहरु अहिले आश्रममा बसिरहेका छन् । स्थानीय संघ संस्था एवं घर दैलो गरेर करिव ७ लाखको लगानीमा निर्माण गरिएको सानो ६ कोठे भवन बाहेक आश्रमका बालबालिकाहरुले अन्य सामान्य सुविधाहरु उपयोग गर्न पाएका छैनन् । आश्रममा रहेकाहरु नजिकै रहेको तिनाउ बगरमा अस्थायी रुपले निर्माण गरिएको शौचालयमा शौच गर्न बाध्य छन् भने खानेपानी समेत स्वच्छ उपभोग गर्न पाएका छैनन् ।
दशैमा अरुका छोरा छोरीहरु जस्तै राम्रो लगाउने, मिठो खाने र बुवा आमा स“ंगै रमाउने इच्छा राख्ने उनीहरु त्यही सानो आश्रममा परिवार जस्तै मिलेर यसपालिको दशै मनाउने योजनामा छन् । आश्रममा १९ जना अपाड्डगता भएका बालबालिकाहरु र ७ जना कर्मचारी गरी गरी २६ जना रहेका छन् । त्यी मध्ये  ४ जना छात्रा र १५ जना छात्र रहेका छन् ।  बुटवल नगरपालिका, जिल्ला विकास कार्यालय कहिबाट पनि केही सहयोग नपाएको आश्रमका अध्यक्ष रामजाम बताउ“छन् । विभिन्न संघ संस्था एवं क्लवहरुले गर्ने सहयोगले नै आश्रममा बिहान बेलुकी चुलोमा आगो बलेको छ भने जसोतसो छाक टरेको छ  । निर्माणाधिन अवस्थामा रहेको भवन कहिले पूरा हुने हो त्यो टुंगो छैन भने बनाउ“दै गरेको भवन निर्माण गर्दा १ लाख ऋण अझै रहेको रामजाम बताउ“छन् ।

सुकुमबासी बस्ती क्षेत्रमा रहेको आश्रममा कुनै सुरक्षा छैन भने रातको समयमा मापसे गरेर हिड्नेहरुका कारण रातमा निद्रा राम्रोसं“ग नपर्ने गरेको आश्रमका कोषाध्यक्ष प्रविन भुषालले बताए । ‘खुल्ला स्थानमा भएकाले सुरक्षा केही छैन, मापसे गरेर आउनेहरुले बाहिरबाट केही गर्छन कि भन्ने डर छ’ उनले भने । आश्रममा अहिले तत्कालको रुपमा स्वच्छ खानेपानी, शौचालय, पक्की झ्याल ढोका र आश्रम परिसर कम्पाउण्ड आवश्यक रहेको छ । रुकुम, दाड्ड, गुल्मी, अर्घाखा“ची, पाल्पा, चितवन लगायतका जिल्लाहरुबाट आएका अपाड्डता भएका बालबालिकाहरु बस्ने आश्रममा तीन जना बालबालिकाहरु अध्ययन समेत गर्दछन् । कालिका उच्च माविमा रुकुमका दर्शन मगरले कक्षा ५ मा अध्ययन गर्छन भने रुकुमैकै गणेशबुढा मगर कक्षा ११ मा भर्खर मात्र भर्ना भएका छन् । एक महिना अघि मात्र आश्रममा आएका मगर रुकुमकै जनसहयोग मा।विबाट एसएलसीमा द्वितीय श्रेणीमा उत्कृष्ट गरेका थिए । आमा, बुवा सानैमा वितेपछि दिदीहरुस“ंगै बस्दै आएका मगर एक महिना अघिदेखि आश्रममा बस्दै आएका हुन् । एजुकेशनल फ्याकल्टीमा नेपाली विषय लिई अध्ययन गर्न थालेका बुढामगर लोकसेवामा नाम निकाल्ने दृढ विश्वासका साथ अगाडि बढेका छन् । १९ बर्षीय मगर हुविल चियरको साथमा हिडडुल गर्छन्  । २०६७ सालमा स्थापना भएको आश्रम यसअघि बुटवलको होराइजन चोकमा रहेको थियो ।
तस्वीरमाः. कालिका उच्च मावि कक्षा ११ मा पढ्ने अपाड्डता भएका गणेशबुढा मगर । उनी लोकसेवामा नाम निकाली सरकारी जागिर खाने लक्ष्य लिएका छन् । अर्को तस्वीरमा दाताहरुको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको आश्रमको भवन
तस्वीर विकाश पराजुली

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.