अन्ततः अस्पतालको सटर टेण्डर खुल्यो


आज मात्र घोषणा हुने

विकाश पराजुली

बुटवल, असोज  ३० । अख्तियारको निर्देशन र पहलमा लुम्बिनी अञ्चल अस्पतालले आवहन गरेको टेण्डर फाराम विहीबार खुलाइएको छ । तर औपचारिक रुपमा भने आज मात्र सार्वजनिक गरिने छ । विभिन्न अवरोधका बीच टेण्डर आवहा्न गरिएको २ महिना पछि टेण्डर फाराम बिहीबार मात्र खुलाइएको हो ।
विहीबार मध्यान १२ बजे सम्म टेण्डर दर्ता हुन आएका थिए । दर्ता पश्चात टेण्डर फारामहरु दिउ“सो २ बाट खुलाइएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालको मातहातमा रहेका ७३ सटरहरुका लागि  ६ सय २५ टेण्डर दर्ता भएका थिए । विहीबार नै औपचारिक रुपमा टेण्डर सार्वजनिक गर्ने भनिएपनि टेण्डर फाराम संख्या बढी भएको र फाराम संख्या गन्ती गर्दा ढिला हुने हु“दा आज मात्र टेण्डर कसले प्राप्त ग¥यो भनि आधिकारिक रुपमा बाहिर आउने अञ्चल अस्पतालका सुपरिटेन्डेन डा. तारानाथ पौडेलले जानकारी दिए ।
अस्पतालको सुपरिटेन्डेन कक्षमा चार वटा समुह बनाई टेण्डर फाराम गन्ने काम भइरहेको छ । चार समुहमा व्यवसायी, संघ संस्थाका प्रतिनिधि, अस्पतालका सुपरिटेन्डेन र सुरक्षा कर्मी रहेका छन् । ‘प्रक्रियानै यस्तै भएर ढिला हुन गएको हो’ सुपरिटेन्डेन पौडेलले भने–‘विहिबार रकम हेर्ने मात्र काम भएको छ ।’
विहीबार सा“झसम्म व्यवसायीहरुले राखेको टेण्डर फाराममा रहेको रकम, धरौटी रकम दाज्ने काम मात्र भएको पौडेलले बताए । ‘हामीले टिपोट गरेर राख्ने काम गरेका छौ, सवै फाराम गन्दा समय लाग्ने हु“दा विहीबार घोषणा गर्न सकेनौ’ उनले भने । उनका अनुसार आज दिउ“सो मात्र औपचारिक रुपमा टेण्डर को–कसलाई प¥यो भन्ने सूचना आधिकारिक रुपमा बाहिर आउने छ ।

विहीबार टेण्डर खुल्ने सूचना पाएका व्यवसायीहरु विहानै देखि अस्पताल परिसरमा बेग्र प्रतिक्षामा बसेका थिए । सा“झ सम्म सूचना पाइने व्यग्र प्रतिक्षामा बसेका व्यवसायीहरु अर्को दिन मात्र सूचना आउने थाहा पाएपछि अस्पताल परिसरबाट बाहिरिएका थिए । टेण्डर प्रक्रिया रद्द गर्न भन्दै आन्दोलित रहेका त्यहा“का व्यवसायीहरुबाट हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै अस्पताल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाका अनुसार नेपाल प्रहरी ४५ जना र ससस्त्र प्रहरी ३० गरी ७५ जना सुरक्षाकर्मीले पुरै अस्पताललाई सुरक्षा दिइरहेका छन् ।
यता टेण्डर खुल्ने समयमा टेण्डरको विरोध गर्दै आन्दोलित भएका व्यवसायीहरुको एक टोली  टेण्डर खुलाउन नहुने भन्दै पुनः काठमाण्डौ पुगेको स्रोतले जनाएको छ । टेण्डर प्रक्रियाबाट सटरहरु भाडामा लगाउदै हाल बस्दै आएका व्यवसायीहरु विस्थापित हुने भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुले पुनः टेण्डर प्रक्रिया रोक्न भन्दै काठमाण्डौ पुगेको स्रोतले बतायो । अस्पतालका मेडिकल सुपरिटेन्डेन पौडेलले व्यवसायीहरु काठमाण्डौ पुगेको आफुलाई जानकारी भएपनि अब कुनै पनि हालतमा टेण्डर प्रक्रिया असफल नहुने विश्वास दिलाए ।
विहीबारनै टेण्डर फाराम खुली औपचारिक सूचना अस्पतालले प्रकाशन गर्न नसकेपछि टेण्डर दर्ता गरेका व्यवसायीहरुले भने टेण्डर प्रक्रिया पुनः रद्द हुने आसंका गरेका छन् । टेण्डर फाराम खुलेको आधिकारिक सूचना बाहिर नआउन्जेल जे पनि हुन सक्ने टेण्डर दर्ता गरेका व्यवसायीहरुले आकंलन गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार विहीबार अस्पतालको टेण्डर खुलाउने विषयमा मन्त्रिपरिषदको बैठकमा कुरा उठेपछि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले मन्त्रिपरिÈद बैठक समेत बहिष्कार गरेको बताइएको छ ।
टेण्डर आवहा्न नहुञ्जेल त्यहा“ रहेका ७३ सटर व्यवसायीहरुबाट अस्पतालले अहिले अस्पतालले सटर भाडा बापत बार्षिक १ करोड ११ लाख रुपैया“ आम्दानी गरिरहेको थियो । प्रतिस्पर्धात्मक प्रणालीबाट जा“दा अब यो आम्दानी बढ्ने छ । अहिलेका सटरहरु विभिन्न व्यक्ति र व्यापारिक फर्मले प्रतिबर्ग फिट ३७ रुपैया“ १७ पैसाका दरले सटर भाडामा लिएका छन् । यो हिसावले हेर्दा एउटा सटरको भाडा औशतमा १० हजार पर्न आउ“छ । नेपाल सरकारले गरेको मूल्य निर्धारण अनुसार टेण्डर प्रक्रियापछि प्रतिबर्ग फिट ६४ रुपैया“ हुनेछ । यो हिसावले एउटा सटरको भाडा औशतमा १७ हजार २ सय ५० रुपैया“ हुन आउछ ।
स्रोतका अनुसार न्युनत्तम १० हजारदेखि अधिकत्तम १ लाख रुपैया“सम्म सटरहरुमा टेण्डर राखिएको छ । ४ वर्Èका लागि आवहा्न गरेको टेण्डर भदौ ३० गने खुलाउने भनिएपनि अख्तियारले टेण्डर खरिदको समय अपुग भएको भन्दै उजुरी आएको भन्दै ३० दिनको म्याद थप गरेको थियो । जसका कारण असोज ३० गते टेण्डर फराम खुलाइएको हो । अस्पतालका ७३ सटरहरुका लागि दुई महिनाको समयमा ७ सय ९८ टेण्डर फाराम खरिद भएकोमा र ६ सय २५ टेण्डर दर्ता भएका छन् ।
फोटोः टेण्डर फाराम गणना गर्दै ।
तस्वीरः विकाश पराजुली

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.