विरामी छाडा चौपायालाई उपचार गरिने
विकाश पराजुली
बुटवल, भदौ २१ । बुटवल नगरपालिका क्षेत्रभित्र रहेका विरामी एवं चोटपटक लागेका छाडा चौपायाहरुलाई उपचार गरिने भएको छ ।
राष्ट्रिय जनावरको रुपमा रहेको गाई विभिन्न कारणले घाइते भएको भन्दै छाडा चौपायाहरुलाई उपचार गरिन लागिएको हो । छाडा चौपायाको उचित व्यवस्थापनस“गै चोटपटक लागेका चौपायाहरुलाई उपचार गरिने बताइएको छ । चौपायाहरुको तथ्यांक संकलन गरी विभिन्न संघ–संस्थाहरुको सहयोगमा उनीहरुको उपचार गरिनेछ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी छाडा चौपाया हरुको उपचार गर्न लागिएको बताएको हो । सो अवसरमा जिल्ला पशु सेवा कार्यालयका डा. प्रदीप शर्माले छाडा चौपायाहरुको उपचारका लागि आफुहरुले औषधि एवं विशेषषज्ञहरुको सहयोग रहेन बताए । उनले छाडा चौपायाहरुको दिर्घकालिन समधानका लागि यस क्षेत्रका छिमेकी नगरपालिका एवं गाविसस“ग समन्वयन गरेमा पनि ५० प्रतिशत छाडा चौपाया नियन्त्रण हुने बताए ।
‘दिर्घकालिन रुपमा यसको नियन्त्रणका लागि कान्जी हाउस आवश्यक छ, यसका लागि नरपालिकाले सक्दो छिटो कान्जी हाउस निर्माण गर्न पर्छ’ उनले भने–‘यदि दिर्घकालीन रुपमा वर्गीकरण गरे छाडा चौपायाबाट पर्यटन आकर्षण समेत गर्न सकिन्छ ।’
छाडा चौपायाहरुलाई बर्गिकरण गरेर व्यवस्थापन गर्न सकेमा उर्जा, मल, दुध सवै प्रयोग गर्दै नमुनाको रुपमा छाडा चौपाया संरक्षण गर्न सकिने उनको भनाई छ । बुटवल नगरपालिकामा ३५ भन्दा बढी गाईहरु अपाड्ड तथा विरामी भएको बताइएको छ । कार्यक्रममा सहभागीहरुले अन्य संघसंस्थाहरुसंग सहकार्य गरेर अगाडि बढे समस्याको समधान गर्न सकिने बताए । त्यसैगरी बुटवल नगरपालिकाका शाखा अधिकृत भरत काउचाले चौपायाहरुको उपचार गर्न कठिन रहेपनि सवैको सहयोग भएमा सो कार्य गर्न सकिने बताए । उनले कान्जी हाउस निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकाले कान्जी हाउस निर्माण पुरा भएमा पनि केही समस्या समधान हुने बताए ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय र बुटवल नगरपालिकाको सहयकार्यमा अघिल्लो बर्ष १ सय ७६ छाडा चौपायाहरुलाई अनेत्र लगिएको भएपनि अहिले पुनः त्यो संख्या बढेको छ । किसानहरुले बुढो एवं पाल्न नसक्ने भएपछि चौपायाहरुलाई सडकमा ल्याउने गर्दा सडकमा चौपायाहरु बढ्दै गएको हो । जसका कारण दुर्घटनाको सम्भावना समेत बढेको छ । वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक केशव रेग्मीले पशुहरुलाई सडकमा ल्याई छाड्ने कृषकहरुको पहिचान गरेर कारबाही गरेमा पनि छाडा चौपाया नियन्त्रण हुन सक्ने बताए ।
ट्राफिक व्यवस्थापनामा चौपायाले असर पु¥याएको भन्दै उनले दिर्घकालिन रणनिति बनाउन सके मात्र समस्याको समधान हुने उनको धारणा छ । उनले तत्कालका लागि उपचार गर्न आफुहरुले सक्दो सहयोग गर्ने समेत बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले चरन क्षेत्रहरु नहु“दा र भएका खोला बगरहरुमा पनि सुकुम्बासी बस्तीहरु बसेकाले छाडा चौपायाहरु सडकमा आउने गरेको बताए । उनले छाडा चौपायाहरुलाई उपचारका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बर्ष ०१३÷०१४ का अध्यक्ष बालकृष्ण अर्याल, पत्रकार विकाश पराजुली लगायतले बोल्दै छाडा चौपायाहरुको दिर्घकालिन योजना तर्जुमा गरी अगाडि बढेमा मात्र छाडा चौपाया नियन्त्रण हुने बताएका थिए ।
बर्ष ०१४÷०१५ का अध्यक्ष मनोज मित्तलको अध्यक्षता, भाईस प्रेसिडेन्ट कृष्णप्रसाद शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन संस्थापक डोलराज गैरेले गरेका थिए ।
0 comments