जीर्ण पुलबाट जोखिम मोलेर आवतजावत
विकाश पराजुली
बुटवल, भदौ २० ।
बुटवल–१३ देविनगरमा रहेको मिलीजुली पथ र शान्ति पथ जोड्ने पुल जीर्ण हुदा त्यहाका स्थानीय बासिन्दा जोखिम मोलेर पुलबाट आवजजावत गर्न बाध्य भएका छन् । सोह्र–छत्तीस सामुदायिक सिंचाई प्रणालीको नहरमा अस्थायी रुपमा रहेको सो पुल हिड्नै नमिल्ने गरी जीर्ण बनेपनि त्यसको मर्मतसम्भारमा सरोकारवाला निकायको ध्यान गएको छैन ।
स्थानीय बासिन्दाको जनश्रमदानबाट वि.सं. २०५९ सालमा सो पुल बनेको हो । १ लाख ८५ हजारको लागतमा निर्माण गरिएको अस्थायी पुलमा अहिले काठका फ्ल्याकहरु कुहिएर झरेका छन् भने पुलबाट साना कुनै पनि सवारी साधन आवज–जावत गर्न नमिल्ने भएको छ । त्यहाका टोल समितिहरुले बारम्बार यो समस्यालाई बुटवल नगरपालिकासं“ग राखेपनि कुनै सुनुवाईनै नभएको स्थानयी बासिन्दाको गुनासो छ ।
स्थानीय बासिन्दाको जनश्रमदानबाट वि.सं. २०५९ सालमा सो पुल बनेको हो । १ लाख ८५ हजारको लागतमा निर्माण गरिएको अस्थायी पुलमा अहिले काठका फ्ल्याकहरु कुहिएर झरेका छन् भने पुलबाट साना कुनै पनि सवारी साधन आवज–जावत गर्न नमिल्ने भएको छ । त्यहाका टोल समितिहरुले बारम्बार यो समस्यालाई बुटवल नगरपालिकासं“ग राखेपनि कुनै सुनुवाईनै नभएको स्थानयी बासिन्दाको गुनासो छ ।
एक महिना अघिदेखि पुल हिंड्नै नमिल्ने गरी जीर्ण बनेको हो । विकल्प नहु“दा जीर्ण पुलबाट दैनिक सयौं स्थानीय बासिन्दा आवतजावत गर्न बाध्य छन् । सो पुल हुदै कालिका उच्च मावि, ग्लोरियस कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, तिनाउ बोडिङ स्कुल, सिसिटी कलेज, न्यू होराईज उच्च मावि र नविन औद्योगिक कदर बहादुर रिता उच्च माविमा अध्ययन गर्ने सयौं विद्यार्थीहरु आवतजावत गर्छन् । पुल जीर्ण हु“दा स–साना बालबच्चाहरु बढी मारमा परेको वडा नं. १३ का वडा सचिव प्रचण्ड आचार्यले बताए । ‘हामीले पुल बनाउन आग्रह गर्दै सभासद्हरुलाई पनि भेट्यौ, स्थानीय सरोकारवाला निकायहरुलाई पनि भन्यौ तर अहिलेसम्म केही भएको छैन्’ उनले भने–‘विद्यार्थीहरु पुलबाट खस्लान् भन्ने ठुलो डर छ ।’
स्थानिय बासिन्दाहरु धेरै मानिसले प्रयोग गर्ने पुललाई पक्की बनाइनुपर्ने बताउ“छन् । ‘टोल ठुलो छ, विद्यार्थीहरु, बृद्धाहरुलाई निकै ग्राहो भएको छ, कम्तीमा एम्बुलेन्स जान मिल्ने पक्की पुलको आवश्यक छ’ स्थानीय अर्जुन रानाले भने । यहा“ पुल पक्की निर्माण गर्न कम्तीमा १२ लाख आवश्यक पर्ने अनुमान गरिएको छ । जसमध्ये ८० प्रतिशत आर्थिक रकम सहयोग भएमा बाकी २० प्रतिशत रकम स्थानीयबाट उठाउन सकिने वडा सचिव आचार्यको भनाइ छ । २०६८ सालमा ४ लाख रुपैया सो पुल निर्माणका लागि बजेट नगरपालिकाबाट प्राप्त भएपनि ठेकेदारको लागत स्टिमेट १२ लाख रुपैया आवश्यक पर्ने भएपछि पुल निर्माण हुन नसकेको हो ।
बुटवल नगरपालिकाले पुलको नापजाच गरेपनि पुलको मर्मत सम्भार गर्ने या पक्की पुल नै निर्माण गर्ने भन्ने बारे केही निर्णय गरेको छैन । स्थानीयले पक्की पुलका लागि तत्काल रकम विनियोजन गरेर काम अगाडि बढाउनुपर्ने माग गरेका छन् । ‘अन्यत्रबाट हिंड्दा समय बढी लाग्छ । भत्किएको पुलबाट हिंड्दा मरिन्छ कि भन्ने डर हुन्छ, आईमाई, केटाकेटीलाई त झनै ग्राहो हुन्छ । ’ शान्ति टोलकी स्थानीय मिना अर्यालले भनिन् ।
कच्ची पुल भएपनि सो पुलबाट यसअघि साईकल÷मोटरसाईकल चल्दै आएका थिए । पुल जीर्ण भएपछि सो क्षेत्र हु“दै गुड्ने साना सवारीहरु राजमार्ग चौराहा तथा होराईजन चोक हु“दै गन्तव्यमा जान बाध्य छन् । यता बुटवल नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले तत्कालका लागि मर्मत सम्भारको प्रक्रियाको अगाडि बढाएको बताए । ‘पक्की पुल निर्माणको लागि के भएको छ, बुझ्न बा“की छ, त्यसैलाई मर्मत सम्भारको काम अब छिट्टै अगाडि बढ्छ‘– उनले भने ।
0 comments