दशैंका लागि खशीबोका खोज्दै खाद्य संस्थान


विकाश पराजुली
बुटवल, भदौ २४ । दशैंपर्वका अवसरमा मुलुकमा खशीबोकाको माग ह्वात्तै बढ्छ । यहा“को उत्पादनले माग थेग्न सक्तैन् । फलतः मुलुकले हरेक वर्ष अर्बौंको मासुजन्य पशु आयात गर्ने गरेको छ । यसपाली पनि सबैभन्दा बढि खशीबोका राजधानी भित्रिन सुरु भएका छन् । राजधानीको माग थग्न अहिले खाद्य संस्थानले मुलुकका प्रमुख व्यापारिक शहरहरुमा खशीबोका संकलनको काम सुरु गरेको छ । काठमाण्डौ पठाउने खशी बोका खोज्न खाद्य संस्थानले जिल्ला स्थित मातहतका कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।
रुपन्देहीका केही स्थानमा व्यवसायिक रुपमा बाख्रापालन सुरु भए पनि यो भने पर्याप्त हुन सकेको  छैन् । माग अनुरुपको आपुर्ती हुने गरी बाख्रापालन हुन सकेको छैन् । यहा“ पनि भारतलगायतका मुलुकबाट हरेक दिनजसो खशीबोका आयात गरिन्छ । दशैंमा यो आयात उच्च हुने गर्छ । रुपन्देहीमा मात्रै कुखुराको मासु दैनिक २५ टन,  खसीबोकाको दैनिक १५ टन, रागापाडाको ८ टन तथा  बंगुरको १० टन र माछा सिजनमा दैनिक २० टन सम्म मासु खपत हु“दै आएको छ । जुन भारतलगायत विभिन्न जिल्लाबाट आउने गरेको मासु ब्यबसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । 

रुपन्देही जिल्लामा खपत हुने मासुका लागि भारतबाट खसीबोकाहरु आयात ह“ुदै गर्दा जिल्लाका खसीबोकाहरु भने काठमाण्डौ लैजाने तयारी गरेको छ । मासु व्यवसायी संघका अध्यक्ष पौडेलका अनुसार दशैका लागि भारतबाट झण्डै १२ हजार खसीबोका रुपन्देहीमा भित्र्याइदैछ । चाडपर्वको समयमा रुपन्देही जिल्लाका लागि आवश्यक पर्ने खसीबोका छिमेकी मुलुक भारतसं“गै पोखरा, विराटनगर, पाल्पाबाट भित्राउने गरिन्छ ।
अहिले दशैंलाई लÔित गरेर यहा“बाट काडमाडौंलगायतका क्षेत्रमा खसीबोका विक्री वितरण गर्नेगरी यसको सुरुआत भएको छ ।
काठमाण्डौमा सामान्य दिनमा भन्दा दशैमा झन्डै तीनगुण्ाँ खसीबोकाको माग बढ्ने भएकाले सोही अनुसार रुपन्देही जिल्लाबाट पनि खसीबोका लैजाने तयारी गरिएको व्यवसायीहरुले बताएका छन । जिल्लामा पहिलो पटक यसरी नेपाल खाद्य संस्थान रुपन्देहीले खसीबोका काडमाण्डौ लैजान थालेको छ । काठमाण्डौमा स्वदेशी मात्र नभई विदेशी खसीहरु समेत दशैका लागि ल्याउने गरिन्छ । नेपाल खाद्य संस्थान काठमाण्डौले रुपन्देही जिल्लामा पनि व्यवसायिक रुपमा बाख्रापालन सुरु भएको जानकारी पाएपछि खाद्य संस्थानले रुपन्देहीलाई खसी काठमाण्डौ पठाउन आग्रह गरेको संस्थानका जिल्ला प्रमुख गिरीबहादुर क्षेत्रीले जानकारी दिए ।
खाद्य संस्थान रुपन्देहीले करिव २ सय भन्दा बढी खसी काठमाण्डौ लैजाने तयारी गरेको बताएको छ । रुपन्देही जिल्लाका १८ गाविसहरु बाख्रा पालनका लागि पकेट क्षेत्र मानिन्छन् । सोही कारणले पनि रुपन्देही जिल्लामा खसीबोका भएको जानकारी पाएपछि संस्थानले काठमाण्डौमा खसीबोका पठाउन आग्रह गरेको उनले बताए ।
जिल्ला पशुसेवा कार्यालयस“ंग सहयकार्य गरेर मात्र खसीबोकाहरुलाई काठमाण्डौ लैजाने तयारी गरिएको बताइएको छ । स्थानीय प्रशासन, नेपाल खाद्य संस्थान रुपन्देही र जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले संयुक्त रुपमा  जिउ“दो खसीको मूल्य चलेको बजार भाउ अनुसार मूल्य निर्धारण गरेर मात्र किसानहरुबाट खसीबोका खरिद गरिने बताइएको छ ।
दशैका लागि काठमाण्डौमा मकवानपुर, काभ्रे, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, दाङ, लाहान, नेपालगन्ज, सुर्खेतलगायतका स्थानबाट खसीबोका संस्थाले भित्राउने गरेपनि यसपटक भने मासुका लागि खसी अपुग हुन सक्ने भन्दै रुपन्देही जिल्लाबाट पनि खसीबोका भित्राउन लागेको बताइएको छ । रुपन्देहीबाट चाडवाडको समयमा यसरी ठूलो परिमाण्ँमा खसीबोका काठमाण्डौ लानु पूर्व जिल्ला पशु सेवा कार्यालयले तिनको स्वास्थ्य परीक्षण गरेर मात्र लैजाने जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लक्ष्मण ढकालले जानकारी दिए ।
खसी बोका लैजान संस्थानले ठाउ“ ठाउ“मा बसीबोका हाट बजार लगाउने समेत बताएको छ । सो हाटबाट जम्मा भएका खसीबोकाहरुलाई परीक्षण गरी बजार भाउअनुसार किसानहरुबाट खरिद गरिने ढकालले जानकारी दिए ।  परीक्षण पश्चात पशु सेवा कार्यालयले निरोगी बसीबोका भन्दै अनुमति प्रक्रिया अगाडि बढाउने छ ।
खसीबोकाका लागि पछिल्लो समय रुपन्देही आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले जनाएका छन् । जिल्लाका १८ गाविसहरु खसीबोकाका लागि पकेट क्षेत्र मानिएका छन् भने जिल्लामा ४५ वटा वाख्रा फार्महरु दर्तामा रहेका छन् । विशेषगरी सेमलार, रुद्रपुर, विष्णुपुरा, पश्चिम अमुवा, चरड्डे, मक्रहर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका बसीबोकाका लागि पकेट क्षेत्र मानिन्छन् । पछिल्ला वर्Èमा सरकारले मासुजन्य पदार्थमा अनुदान दिएर किसानलाई देशमा नै खसीबोकाको उत्पादन बढाउने लक्ष्य राखेको छ । तर, आयात भने घटेको छैन ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.