टेण्डर प्रक्रिया तुहाउन रिले अनशन
विकाश पराजुली/प्रकाश आचार्य
बुटवल, भदौ १९ । अख्तियारको निर्देशन र पहलमा लुम्बिनी अञ्चल अस्पतालले सटर भाडामा लगाउन टेण्डर आव्हन गरेपछि त्यसको विरोधमा उत्रिएका यहा“का व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
अञ्चल अस्पतालको स्वामित्वमा रहेका सटरहरुलाई प्रतिस्पर्धा गराइ बैज्ञानिक दरको भाडामा लगाउन अस्पताल प्रशासनले टेण्डर आव्हन गरेको हो । तर, पहिले देखि नै सटरमा पसल थाप्दै आएकाहरुले टेण्डर आव्हनको विरोध गरेका छन् । सार्वजनिक सरोकारको सम्पत्तिमा प्रतिस्पर्धाबाट भाडामा लगाउन टेण्डर आव्हन गरिएपनि सटरमा पसल व्यबसाय गर्दै आएकाहरुले समिति नै गठन गरी चरणबद्ध आन्दालन गरिरहेका छन् । उनीहरुले कुनै पनि हालतमा आफुहरुलाई विस्थापित गर्न नहुने भन्दै आएका छन् ।
गत भदौ १ गते अञ्चल अस्पतालले अस्पताल परिसरका सटरलाई भाडामा लगाउन भन्दै टेण्डर आव्हन गरेको थियो । त्यससंगै विरोधमा उत्रिएका व्यवसायीहरुले यस अघि पहिलो चरणमा एक साता सम्म सटरहरु बन्द गरि विरोध जनाएका थिए । विरोधमा उत्रिएका व्यवसायीहरुले विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी टेण्डर प्रक्रियाले साना व्यवसायीहरुलाई विस्थापन गर्न सक्ने भन्दै सो प्रक्रिया उपयुक्त नभएको बताए । व्यबसायीहरुले यहा“का उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही ब्यापार संघलाई समेत आफुहरुका पक्षमा पहल गरिदिन भन्दै लवि·मा उतारेका छन् । ती तैन वटै संघ संस्थाहरु सम्मिलित सञ्जालसमेत गठन गरी सटरमा रहेका व्यबसायीहरुले दलका नेताहरुलाईसमेत काठमाण्डौंमै पुगेर भेटेका छन् ।
यी तीनै संस्थाका अगुवाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी व्यबसायीहरुकै पहल र लगानीमा सटरहरु निर्माण गरिएको उल्लेख गर्दै अहिले तिनै व्यबसायीलाई विस्थापित गर्नेगरी टेण्डर आव्हन गरिएको बताएका छन । व्यवसायीहरुले दोस्रो चरणको कार्यक्रमको अन्तर्गत विहिबार देखि रिले अनशान थालेका छन् । त्यसैगरी आज २० गतेदेखि सामुदायिक एवं सरकारी सटरहरुमा कालो झण्डा प्रदर्शन गर्ने, भदौ २१ गते कोण सभा गर्ने, भदौ २३ गते विरोध ¥याली गर्ने र भदौ २५ गते सम्म कुनै सुनुवाई नभए तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सावर्जनिक गर्ने बताएका छन ।
उनीहरुले व्यवसायीहरुलाई विस्थापित गर्न नहुने, घरबाहल ऐन अविलम्ब व्यवस्था गर्नुपर्ने, अस्पताल विकास समिति गठन हुनुपर्ने र भाडा समायोजनका लागि सर्वदलिय समिति गठन हुनेपर्ने मुख्य चार वटा मागहरु राखेका छन् । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चार÷चार बर्षमा टेण्डर गरेर व्यवसायी सञ्चालन गर्न ग्राहो हुने भन्दै कम्तिमा पनि दश बर्ष सम्मको सम्झौता हुनुपर्ने बताए । उनले घरबाहल ऐन नहुदा खरिद ऐन अन्तर्गत टेण्डर प्रक्रियामा जानु गलत भएको बताए । राजनितीक दलहरु संग समेत छलफल भएकाले व्यवसायीहरुलाई विस्थापित हुने काम छिटो बन्द गर्न उनले माग राखे ।

व्यवसायीहरुले विभिन्न संघ संस्थाहरु संग छलफल गरी टेण्डर प्रक्रियामा जानै नहुने भन्दै त्यहा रहेका व्यवसायीहरुलाई टेण्डर फाराम नभर्न समेत निर्देशन दिएका छन् । अस्पतालको सम्पत्तीको चरम दुरुपयोग भएको तथ्याहरु फेला परेपछि अख्तियारले छानविन अगाडि बढाएर सटर समेत टेण्डर प्रक्रियाबाट भाडामा लगाउन निर्देशन दिएको हो । सटर भाडामा अस्पताललाई बार्षिक करोडौ रुपैया घाटा लागेको भन्दै अख्तियारले सटर टेण्डर गर्न निर्देशन समेत दिएका थियो । अख्तियारले यस्तो निर्देशन ०६१ सालमै दिएको भएपनि विभिन्न कारण टेण्डर हुन सकेको थिएन । हाल अस्पतालले ७३ वटा सटरहरुबाट बार्षिक १ करोड ११ लाख रुपैया अस्पतालको आम्दानी भएकोमा प्रतिस्पर्धामा सटर भाडामा लगाउ“दा न्यूनतम पनि बार्षिक ४ करोड आम्दानी हुने आउ“छ । विधि र प्रक्रिया अनुसार टेण्डर प्रक्रिया अगाडि बढेकाले सवैले निती र नियमको पालना गर्नुपर्ने अस्पतालका प्रवक्ता एवं सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । अख्तियारले नै यस प्रक्रियाको रद्द गर्न सक्ने भन्दै आफुहरुले यस बारेमा केही गर्न नसक्ने उनको भनाई छ । भदौ ३० गते सम्म अन्तीम म्याद रहेको टेण्डरमा अहिले सम्म ४० भन्दा बढि टेण्डर फाराम विक्रि भइसकेका छन् ।
चार व्यवसायिक संगठन टेन्डर बिरोधमा सक्रिय
बुटवल, भदौ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा लामो समयपछि लुम्बिनी अञ्चल अस्पतालका सटरलाई टेन्डर प्रक्रियामा लैजाने योजनलाई तुहाउन यहा“का चार वटा व्यवसायिक संगठन लागि परेका छन् । उनीहरुले टेन्डर प्रक्रियाले व्यवसायीलाई विस्थापित गराउने भन्दै ‘सार्वजनिक खरिद ऐन’ बाट व्यापारीलाई पुनःस्थापना गराउनुको साटो टेन्डरलाई रोक्न खोजेर सरकारी नीति नियमको खिलापमा उत्रेका छन् । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखा प्रमुख रहेको सञ्जाल सरकारी नीति नियमको खिलापमा उत्रिएको हो ।
उनीहरु काठमाडौं पुगरे स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. ४ का विष्णु पौडेल, का“ग्रेस नेता तथा क्षेत्र नं. ३ का सभासद् बालकृष्ण खा“णलगायतका नेताहरुलाई भेट गरी टेन्डर प्रक्रिया रद्ध गर्न माग गरिसकेका छन् ।
लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले अख्तियारको पहलमा सटरहरु टेन्डरमा लगिएको बताउ“दै कसैले रद्द गर्न माग गर्दैमा त्यस्तो नुहने बताए ।
उनले भने ‘जतिसुकै व्यवसायीले विरोध गरे पनि प्रक्रिया रोकिन्न त्यो सबै अख्तियारको हातमा छ ।’ अहिले अस्पतालका सटरविना टेन्डर भाडामा लगाउ“दा करोडौं रुपिया“ नोक्सान भएको छ । अञ्चल अस्पतालको क्षमता वृद्धि तथा स्तरउन्नतिको लागि पहल गनुको साटो यस क्षेत्रका ठूला व्यवसायिक संघ–संस्थाहरुले टेन्डरको विरोध गरेको सचेत बुटवलबासीको गुनासो छ ।
उपभोक्ता हित संरक्षण मञ्चका रुपन्देहीका अध्यक्ष नर्बू लामाले व्यवसायीको सञ्जालले सरकारी स्वामित्वको अस्पतालको टेन्डर रद्ध गर्न लगाउनु उनीहरुको अधिकारको कुरा नभएको बताए । राज्यले जनतालाई दिने सेवा सुविधा विस्तार गर्न टेन्डरमा लगिएकोले अस्पताल प्रसाशन र व्यवसायीको समझदारी समस्या समाधान गर्न सुझाव दिए ।
0 comments