घरपरिवारले हेला गरेपछि बृद्धाश्रममा

विकाश पराजुली
बुटवल, भदौ १४ ।

‘घर पाल्पामा छ, कहिलेकाही आउने जाने पनि गर्छु । श्रीमती वितेको पनि त्यस्तै ठ्याक्कै याद त भएन १०÷१५ बर्ष जति भयो । श्रीमतीको मृत्यु भएपछि दैव म माथि पनि आईलाग्यो । उनी त यो संसारबाट विदा भईन तर मलाई त्यो भन्दा ठुला पीडा पनि संगै दिईन । बुढीको मृत्यु भएपछि छोराको हेलाकै कारण यस्तो आपत आई लाग्यो ।’  पाल्पा हार्थोक सिरुखर्कका मान वहादुर सिञ्जाली विगतलाई सम्झदै भने –‘सुख पाईन्छ भन्दै एक छोरा मात्र जन्माए तर, त्यहि छोराको हेला भएर अहिले बा“च्नु परेको छ ।’ बुटवल ४ तल्लो फुलबारीमा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैजु बृद्धाश्रम पाकापुस्तामा बस्दै आएका ८५ बर्षीय सिञ्जालीले आफ्नो विगत सम्झदै भने–‘काम गरेर खान पुग्ने जमिन गाउ“मा थियो, तर छोराले हेला गरेपछि अहिले ८ बर्षदेखि यहि बस्दै आएको छु’ उनले थपे–‘रोडमा बाटो सफा गरेर मासिक १६ हजार कमाउने गरेपनि छोराले कात्तिकदेखि बृद्धाभत्ता सम्म दिएको छैन ।’
सोही  आश्रममा बस्दै आएका सिञ्जाली जस्तै अन्य ७ जनाको पीडा उस्तै उस्तै छ । कसैलाई छोराले हेला गरे, कसैलाई श्रीमानले । त्यस्तै गुल्मीको वामिटक्सारमा पहाड घर बताउने अर्की बृद्धा लक्ष्मी श्रेष्ठ अहिले आश्रममा बस्न थालेको पनि ३ बर्ष भइसक्यो । श्रीमानले गर्ने व्यवहार नराम्रो लागेपछि श्रीमानलाई छाडेर बुटवलको लक्ष्मीनगरमा बस्दै आएकी श्रेष्ठ लक्ष्मीनगर रहुञ्जेल आफ्नो पेटलाई पाल्ने बाटोमा समेत समाएको बताउ“छिन् । ‘बुढाको बानी व्यवहारले सम्पत्ति पनि सवै सकाउन लागेपछि छाडेर लक्ष्मीनगर बसे’ आ“खाबाट आशु झार्दै उनले भनिन–‘बाहालमा बसेको त्यो कोठा भत्कन लागेपछि बृद्धा आश्रममा आएर बसेकी छु ।’ उमेर ७० बर्ष पुगिसकेकी श्रेष्ठ लक्ष्मीनगर ह“ुदा बत्ती काडेर आफ्नो दैनिकी चलाउदै आएकी थिईन । आश्रममा आउनुभन्दा पहिला लक्ष्मीनगरमा बस्दा १ लाख बत्ती काटेको ५ सराको ८ हजार र ३ सराको ७ हजार रुपैया“ आम्दानी गर्ने गरेको उनले बताईन । श्रीमानस“ंगबाट टाढा भएको ८ बर्ष जति भएको उनको भनाई छ । ‘बुढाको व्यवहारनै नराम्रो त्यसमाथि बच्चा दिन नसकेपछि श्रीमानले हेला गर्दै गयो’ उनले भनिन् ।
आश्रमकै त्यस्तै अर्का बृद्धा हुन नारायण दत्त सापकोटा । ८१ बर्षका उनी ३ महिना अघि मात्र बृद्धाआश्रममा आएका हुन । छोरा, बुहारी, इष्ट मित्र सवै भएपनि उनी अहिले एक्लो छन् ।व्यापारका लागि भन्दै घर छाडेर गएका उनीहरु बुवा छन भन्ने सम्झेर कहिल्यै फर्केर पनि आएनन् । ‘ज्युदै छन् भन्ने सुन्छु काठमाण्डौमा तर, कहा“ छन् पत्तो छैन, एक्लो बस्न पनि नसकिने अनि यहा“ आएको हु“’ उनले भने । कास्की जिल्लाको पोखरा उपमहानगरपालिकामा बस्दै आएका उनी बुटवलमा बृद्धाआश्रम छ भन्ने कतै सुनेपछि यहा“ आएका हुन । 
त्यस्तै गुल्मीको दोहाङ घर भएका चुरामणि श्रेष्ठ २ बर्षदेखि आश्रममा बस्दै आएका छन् । लामो समयसम्म छिमेकी मुलुक भारतका विभिन्न स्थानमा बस्दै आफ्नो जीवन संघर्ष गरिरहेका श्रेष्ठले भारतमै रह“दा खुट्टा भाचिएपछि उनलाई भान्जाले बृद्धाआश्रममा ल्याएर छाडिदिए । ७४ बर्षका उनी अविवाहित समेत हुन । घरमा आफन्त समेत नभएको उनले बताए । ‘आफन्ती कोही छैनन्, विहे पनि गरिएन’ उनले भने–‘ सम्पत्ति अलिअलि भएपनि अहिले कहा“ गयो त्यो पनि थाहा छैन ।’
 प्रतिनिधि पात्र सिञ्जाली, श्रेष्ठद्वय, सापकोटा जस्तै यस्ता पीडा कयौका छन् । मात्र फरक यति हो, कति बाहिर सम्म आएका छन् त कति बाहिर आएका छैनन् ।  नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमा बुवाहरुलाई हेला गरेर घर निकाला गर्नेहरु अहिले पनि  यस समाजमा प्रसस्तै छन् । यसरी आश्रममा बस्ने अधिकांशमा पीडा उस्तै उस्तै छन् भने त्यही उनीहरुको दैनिकी पनि उस्तै छ । विहान उठ्यो ७ बजे चिया, ९ बजे खाना, ३ बजे खाजा फेरि साझ ६ बजे खाना । ‘आ“पको शितल छहारी बस्नलाई आनन्द हुन्छ ।’ त्यहा“ रहेका बृद्धाहरु बताउ“छन् । ‘गास, बास, कपास, यी मानिसका लागि नभई नहुने आवश्यक चीज हो, यहा“ सवै पाईएको छ’ बृद्धा  नारायण दत्त सापकोटा भन्छन् ।’ आमा, छोरा, छोरी र आफन्तस“ंग बसे जस्तो नभएपनि यहा“ आफुहरु धेरै सन्तुष्ट रहेको त्यहा“ रहेका बृद्धबृद्धाहरुको भनाई छ ।  यस क्षेत्रका बरिष्ठ समाजसेवी गणेशमान शैजु अध्यक्ष रहेको आश्रममा कम्तीमा १६ जना बृद्धबृद्धा बस्ने क्षमता समेत रहेको छ । तर अहिले आश्रममा जम्मा ८ जना मात्र बृद्धबृद्धाहरु रहेका छन् । १२ कठ्ठा क्षेत्रफलमा रहेको बृद्धाआश्रम दाताहरुकै सहयोगबाट चलेको छ । आश्रमका महासचिव बेन बहादुर पौडेलले घरपरिवारबाट हेला भएर एक्लो महशुस गर्नेहरुलाई आश्रममा राखिने बताए । ‘छोरा, श्रीमान जो कसैबाट हेला भएर केही गर्न नसक्ने बृद्धबृद्धाहरुलाई हामीले यहा“ राख्छौ’ उनले भने ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.