रुपन्देहीमा टिकट बुकिङग असोज २ गतेबाट
दशैमा साविकका सवारी रुटमा क्यू थप गरिने
विकाश पराजुली
बुटवल, भदौ २७ । पश्चिम नेपाल बस व्यवसायी संघले चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरेर साविकका रुटहरुमा आवश्यकता अनुसार सवारी क्यू थप्ने भएको छ ।
यात्रुको चाप अनुसार संघले छोटो तथा लामो दुरीका रुटहरुमा सवारी क्यु थप गर्ने जनाएको छ । छोटो दुरीका बुटवल–तम्घास, बुटवल–अर्घाखाची, बुटवल–रामपुरलगायतका रुटमा क्यू थप गरिने संघका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । त्यसै गरी संघले काूकडभित्ता, नेपालगञ्ज, वीरगञ्ज रुटमा पनि आवश्यकताअनुसार क्यू थपिने उनले जानकारी दिए । अहिले बुटवल–तम्घास रुटमा बस तथा जीपले दैनिक ७५ क्यू लिूदै आएकोमा दशैको समयमा आवश्यक परेमा थप ७५ क्यू नै थप्न सकिने संघले जनाएको छ । त्यस्तै बुटवल–अर्घाखा“ची रुटमा बस तथा जीपले दैनिक ४० लिदै आएकोमा सोही रुटमा पनि आवश्यकता अनुसार क्यू थप गरिने अध्यक्ष खरेलले बताए । बुटवल–पाल्पा रामपुर रुटमा पनि दैनिक ९ क्यू बस तथा जीपहरु सञ्चालन भएका छन् । ‘चाडपर्वलाई लक्षित गरेर हामीले विशेषक्यु तथा सवारी थप गर्नेछौं,’ उनले भने, ‘यात्रुले उभिएर गन्तव्यसम्म पुग्नुपर्ने छैन ।’
काठमाडौंबाट बहिरिने यात्रुले दसैूको मुखमा टिकट नपाउने गरेको गुनासो सुनिए पनि रुपन्देहीबाट चल्ने सवारी साधनमा भने त्यस्तो हुन नदिने संघले जनाएको छ । विगतका वर्Èहरुमा खासगरी लुम्बिनी अञ्चलका ग्रामीण्ँ क्षेत्रमा छुट्ने बसको अभाव भएको भन्दै यात्रा गर्दा यात्रुले सास्ती खेप्नुपरेका गुनासो आउने गरेको भए पनि अहिले भने त्यस्तो अवस्था नहुने अध्यक्षखरेलले दाबी गरे ।
उनले यात्रुको चापअनुसार आवश्यक क्षेत्रमा बसहरु समेत थप्ने तयारी अवस्थामा रहेको बताए । संंघले अहिले सञ्चालनमा आइरहेका बसहरु भन्दा दशैूको समयमा बढी यात्रुको चाप हुने गुल्मी र अर्घाखा“ची जिल्लाका लागि १० प्रतिशत बस थप्ने उनले बताए । ‘काठमाडौं, स्याङजा, पाल्पा रामपुरका लागि ५० प्रतिशत बसहरु थप्ने छौं ।’ उनले भने । दशैूको समयमा विद्यार्थीलाई छुट नदिने अध्यक्ष खरेलले बताए । ‘विद्यार्थीका लागि छुटको व्यवस्था भएको हुन्छ’ उनले भने, ‘दशैूमा अन्य समयमा जस्तै दोहोरो क्यू खान नपाइने हुूदा छुट दिन सकि“दैन ।’
यसैबीच राष्ट्रिय यातायात महासंघले बुधबारबाट काठमाण्डौमा टिकट बुकिङ खुल्ला गरेपनि पश्चिम नेपाल बस व्यवसायी संघले असोज २ गतेबाट मात्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । अहिले यात्रुहरुको चाप नबढेकाले असोज २ गते बाट मात्र अग्रिम टिकट बुकिङ खुल्ला गरिने बताइएको छ । काठमाण्डौमा टिकट लिन भिडबढेपनि यस क्षेत्रको टिकट काउन्टरमा भने अझै भिड बढेको छैन । चाडपर्व नजिकिदै गर्दा संघले प्रत्येक १५÷१५ मिनेटको समयमा बसहरु विभिन्न रुटमा छुटाएको छ । ‘यात्रुहरुलाई सहज होस भनेर अहिले देखिनै १५÷१५ मिनेटमा बसहरु छुटाएका छौ’ उनले भने–‘५ जना यात्रु भएपनि लैजान सवारी धनिलाई भनेका छौ ।’ असोज २ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि यात्रुहरुलाई सहज होस भन्दै बसपार्क क्षेत्रमा हेल्प डेक्स स्थापना गरिने उनले बताए । त्यस अघि जिल्ला प्रशासन कार्यालय, पश्चिम नेपाल बस व्यवसायी संघ, जिल्ला ट्राफिक कार्यालय, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय लगायत सम्पूण सरोकारवाला निकायहरुको बैठक बसी यात्रुहरुलाई कसरी सुरक्षित रुपमा गन्तव्य सम्म पुराउने भन्ने विषयमा छलफल गरिने छ । अघिल्लो बबर्षहरुमा जस्तै यात्रुहरुले छतमा बसेर यात्रा गर्नुपर्ने र बसमा कोचाकोच भएर यात्रा गर्नुपर्ने बाध्यता र एउटै सिटमा २÷२ वटा टिकट काटिएको कारण्ँ समस्यामा पर्नुपर्ने अवस्था यस पटको दशैमा अनाउने समेत पश्चिम नेपाल बस व्यसायी संघले विश्वस्त पारेको छ । सिद्धार्थ यातायात व्यसायी समिति भैरहवाले पनि दशैको समयमा यात्रुले कुनै पनि सास्ती ब्यहोर्नु नपर्ने गरी गाडी थपिने बताएको छ । भैरहवादेखि बुटवल, नारायघाट, तौलिहवा, परासीका गाडी सञ्चालन गर्दै आएको समितिले दशैूका बेला यात्रुको चापअनुसार सवारी थप्ने जनाएको छ ।
0 comments