सटर व्यवसायी र प्रहरीबीच झडप
विकाश पराजुली
बुटवल, भदौ २८ । लुम्बिनी अञ्चल अस्पतालले सटर भाडामा लगाउन टेण्डर आह्वान गरे लगत्तै त्यसको विरोधमा उत्रिएका व्यवसायीहरुले शनिबार सटर टेण्डरको विरोध गर्दै प्रदर्शन गरेका छन् ।सटर टेण्डर रद्द गर्न माग गर्दै अञ्चल अस्पतालको गेटमा नारा जुलुस गर्दै अस्पतालभित्र छिर्न खोज्दा प्रहरी र आन्दोलनकारी व्यवसायीहरु बीच झडप भएको हो । प्रहरी र आन्दोलनकारी व्यवसायीबीच भएको झडपमा २ जना व्यवसायी घाइते भएका छन भने प्रहरीले १० जना सटर व्यवसायीलाई गिरफ्तार गरेको छ । अस्पतालका व्यबसायिक प्रयोजनका लागि बनाइएका सटरको लागि गरिएको खुल्ला टेण्डर आह्वानको बिरोध स्वरुप आन्दोनमा उत्रिएका ब्यापारी र प्रहरीबीच झडप भएको हो ।
भदौ १ गते खुलेको टेण्डर यही मसान्तसम्म टेण्डरको म्याद रहेकोमा व्यवसायीहरुले सो प्रक्रियालाई रोक्न भन्दै कडा प्रदर्शनमा उत्रिएका छन् । सटर व्यवसायीहरु प्रहरीस“ंग मुठभेड गर्न खोजेकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाले बताए । प्रहरीले रोशन गिरी, रामप्रसाद पन्थ, शशि पौडेल, बाबुराम आचार्य, हुमाकान्त काफ्ले, सन्तोÈ राना, विकास भण्डारी, गण्ँेश शर्मा, भरत नेपाल र प्रेम चौधरीलाई पक्राउ गरी सा“झ मात्र छाडेको छ । सटर व्यवसायी समितिले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको बताएको छ । सटर व्यवसायी समितिका सचिव डिल्लीराज भण्डारीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले जर्वजस्ती हस्तक्षेप गरी आफ्ना व्यवसायीहरुलाई गिरफ्तार गरेको बताए । प्रहरीले सुरुमा तीन जनालाई नियन्त्रण्ँमा लिएपनि आक्रोशित हु“दै आन्दोलनकारीहरुले बजारका सटर बन्द गर्न खोजेपछि थप ७ जनालाई नियन्त्रण्ँमा लिएको थियो । प्रदर्शनकारीहरुले भने डा.तारानाथ पौडेलको राजीनामा माग गर्दै आफुहरुमाथि अन्याय भएको बताएका छन् ।
लामो समयपछि सटर टेण्डरमा लगिएकाले आन्दोलन गर्दैमा टेण्डर रद्द नहुने भन्दै प्रक्रिया भन्दा अर्को विकल्प नभएको अस्पतालको मेडिकल अधिकृत लक्ष्मीराज रेग्मीले बताए । अस्पताल लाईनमा ठूलो संख्यामा सशस्त्र,जनपथ प्रहरीहरु परिचालन गरिएको छ । यसैबीच रुपन्देहीका विभिन्न राजनैतिक दलका नेता र संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिले शान्तिपूर्ण आन्दोलन गरिरहेका सटर यवसायीहरुलाई प्रहरीले वल प्रयोग गरी गिरफ्तार गरेको भन्दै बिरोध गरेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई हनन गरी व्यवसायीलाई गिरफ्तार गरिएको कार्य लोकतन्त्र बिरोधि भएको भन्दै निन्दा गरेका छन् । संघसस्थाहरुले शनिबार बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने राजनैतिक दलका नेता व्यवसायी संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले गिरफ्तार गरिएका व्यवसायीलाई तत्काल विना सर्त रिहा गर्न माग गरेका छन् । छलफल कार्यक्रममा बोल्ने राजनैतिक दलका नेताहरुले व्यवसायीलाई तत्काल रिहा गरी टेण्डर प्रक्रियालाई स्थगित नगरेसम्म समस्याको समाधान हुन नसक्ने बताएका छन् । कार्यक्रममा नेपाली कांगे्रसका खेलराज पाण्डे, एमालेका ज्ञानराज अर्याल,एमाओवादीका कृष्ण पोखरेल,राष्ट्रिय जनमोर्चाका दीपक पौडेल, एमाओवादीका अमरलगायतले बोल्दै समस्याको समाधान टेण्डर हुनै नसकने बताए ।
त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष वोनिन पिया,बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष उज्जवल कसजु,औषधि व्यवसायी संघ लुम्बिनी शाखा अध्यक्ष सुनिल श्रेष्ठ, पुस्तक व्यवसायी संघ रुपन्देही अध्यक्ष यमलाल लोहोनीलगायतले बोलेका थिए । रुपन्देही व्यपार संघका कार्यवाहक अध्यक्ष मोतिलाल पाण्डेको अद्यक्षता र डिल्लीराज भण्डारीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।



0 comments