रुपन्देहीमा आंखा पाक्ने रोगको प्रकोप बढ्दै

विकाश पराजुली

बुटवल, असोज १० । रुपन्देही जिल्लामा पछिल्लो तीन हप्तादेखि आंखा  पाक्ने तथा आंखा  रातो हुने रोगको प्रकोप बढ्दै गएको छ ।
सो रोगको प्रकोप बढ्दै गएपछि रोगबाट प्रभावित बिरामीहरु दैनिक रुपमा उपचारका लागि आ“खा अस्पताल तथा निजी क्लिनिकहरुमा उपचारका लागि धाउन थालेका छन् ।
आ“खा पाक्ने रोगबाट विद्यालयमा अध्ययन गर्ने साना विद्यार्थीहरुदेखि, विद्यालयका शिÔक, कर्मचारी, अस्पतालका नर्स तथा सर्वसाधारण समेत प्रभावित भएका छन् । यस क्षेत्रमा रहेका निजी तथा सामुदायिक अस्पतालहरुमा आ“खा पाक्ने तथा आ“खा रातो हुने विरामीहरुको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । विरामीहरुमा आ“खा पाक्ने रोग संगै आंखा  चिलाउने, आंखा  रातो हुदै जाने जस्ता लक्षणहरु देखिएका छन् । बुटवल लायन्स आंखा  अस्पतालका नेत्र रोग विशेषज्ञ डा.उपेन्द्र भारीले मौसम परिवर्तन हुने समय भएकाले आंखा का रोगीहरुको संख्या बढ्दै गएको बताए । अहिले बुटवल लायन्स आ“खा अस्पतालमा दैनिक ५० देखि ६० जना विरामीहरु उपचारका लागि आउने गरेको डा। भारीको भनाई छ ।
दूÈित वातावरण्ँका साथै आ“खामा धूलो पर्ने कारण यो रोग लाग्ने सम्भावना रहेको भन्दै उनले विशेष सावधानी अपनाउन समेत सर्वधारणहरुलाई अनुरोध समेत गरे । उनले यो रोग महामारीका रुपमा जहातहि फैलिदै गएकाले उपचारमा ह्यालचक्राई नगर्न समेत अनुरोध गरे ।
त्यस्तै भैरहवामा रहेको भैरहवा आंखा अस्पतालमा पनि आ“खाका विरामीहरुको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका बाल नेत्र रोग विशेषज्ञ डा. अर्जुन मल्ल भारीका अनुसार अन्य समयको तुलनामा ४० प्रतिशत भन्दा बढी आंखा का विरामीहरु अस्पतालमा आउने गरेको बताए । अस्पतालमा आउने अधिकांश विरामीहरु आंखा पाक्ने रोगबाट संक्रमण भएकाहरु रहेका छन् । त्यसबाहेक आंखा बाट आशु आईरहने, आंखा  रातो हुने जस्तो रोगका विरामीहरु पनि अस्पतालमा आउने गरेको डा। भारीले जानकारी दिए ।
बर्षादको अन्त्य र हिउ“द महिनाको सूरु हुने गर्दा विशेषगरी यस्तो समयमा आ“खामा संक्रमण हुने डा। भारीको भनाई छ । एजेवा भाईरल नामको भाईरसबाट विशेषगरी यो रोग लाग्ने गर्दछ । यो रोग अति छिट्टै सर्ने एक सरुवा रोग हो । छिट्टै सर्ने रोग भएकाले पनि यस रोगलाई विशेष सावधानी  पु¥याउनुपर्ने उनको भनाई छ । त्यसैगरी रणअम्बिका शाह आंखा अस्पतालमा पनि आंखा का विरामीहरुको संख्या पछिल्लो तीन हप्तादेखि ५० प्रतिशतले बृद्धि भएको अस्पतालले जनाएको छ । यस क्ष्ँेत्रकै पुरानो लुम्बिनी अञ्चल अस्पतालमा पनि आ“खाका विरामीहरुको बढ्दै गएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीले दैनिक ४० देखि ५० जना आ“खा पाक्ने तथा रातो हुने लक्षण भएका विरामीहरु आउने गरेको बताए । त्यस बोहक निजि आ“खा अस्पतालहरुमा पनि आ“खाका विरामीहरुको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
आ“खा पाक्ने रोगबाट ग्रसित व्यक्तिले आंखा  चिसो पानीले धुने, सफा रुमालले पुछने, कालो चस्मा लगाउने र आवश्यक परेको खण्डमा आ“खा ज“चाएर मात्र औÈधि लिने गरेमा छिट्टै निको हुने उनले बताए । विशेष गरी विद्यार्थीहरुमा यस्तो संक्रमण देखिए विद्यालयमा आफ्ना नानी बच्चाहरुलाई नपठाउन समेत उनले अनुरोध गरे ।
सुरुमा परिवारको एक जनामा यो रोग देखिएपछि विस्तारै अरुमा सर्दै सम्पूण सदस्यहरु प्रभावित हुने भएकाले संक्रमित व्यक्तिले प्रयोग गरेको टाबेल प्रयोग गर्न नहुने, आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्ने, आखा पाकेका व्यक्तिहरुसंगको दुरी कम गर्दा पनि यो रोगबाट बच्च सकिने उनले भनाई छ । आ“खा पाक्ने रोग लाग्दा चाडो निको भएन भनेर आत्तिनु नपर्ने, नियमित रुपमा  जा“च गराएर औÈधि प्रयोग गरे विना कुनै जटिलता आंखा  ठीक हुने उनको भनाई छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.