अग्रीम टिकट काट्न बसपार्क पुगेकाहरु रित्तै फर्किए


विकाश पराजुली
बुटवल, असोज ४ । शनिबार विहान बुटवल–१४ नयागाउका कृष्ण पन्थी गुल्मीको मरभुड्ड (सिमलटारी) जाने बसको टिकट लिन बुटवल बसपार्कमा रहेको गुल्मी टिकट काउन्टरमा पुगे । अघिल्ला बर्षहरुमा दिउसोको समयमा टिकट लिन बढीे भिड हुने गरेकाले उनी यसपटक बिहानै टिकट लिन बसपार्क पुगेका हुन् । उनी असोज १४ गतेका लागि टिकट बुकिड्ड गर्न चाहेका थिए । असोज २ गतेदेखि अग्रीम टिकट बुकिड्ड खुल्ला गरेको जानकारी पाएपछि टिकट बुकिड्ड गर्न काउन्टरमा पुगेका उनलाई टिकट काउन्टरमा रहेका कर्मचारीहरुले अग्रीम टिकट असोज १० गतेबाट मात्र हो भन्दै फर्काइदिए । ‘अग्रिम टिकट बुकिड्ड खुल्ला भएको थाहा पाएपछि सबैर यहा आए । तर, टिकट पाइएन ।’ उनले शनिबार बिहान यो संवाददातासमक्ष दुःखेसो पोखे ।
त्यस्तै गुल्मीको चारपालाका लागि अग्रीम टिकट बुकिड्डका लागि बसपार्क पुगेका गोलपार्कका अर्जुन सापकोटा पनि रित्तो हात फर्किए । ‘सधै दुःखको यात्रा गर्दै आएको थिए तर, यसपालि त राहत हुने भयो भन्दै टिकट लिन आएको बुकिड्डनै भएको छैन भने’ उनले भने,  ‘१० गते बाट खुल्ने भए किन २ गते बाट खुल्यो भनेर प्रचार गरियो ?’
पन्थी र सापकोटा जस्तै शनिबार बुटवलको बसपार्क गुल्मी काउन्टरबाट अग्रीम टिकट बुकिड्डका लागि गएका १० जना भन्दा बढी यात्रु टिकट नलिई रित्तो हात फर्किन बाध्य भए । पश्चिम नेपाल बस व्यवसायी संघले आफ्नो रुटहरुमा असोज २ गते बाट अग्रीम टिकट बुकिड्ड खुल्ला गरेको भएपनि व्यवहारमा लागु नगर्दा उनीहरु जस्तै धेरैले दुःख पाईरहेका छन् ।

संघले बिहीबारदेखि नैं दशैलाई लक्षित गर्दै गुल्मी, अर्घाखाची, पाल्पा तथा लामो दुरीका रुटहरुमा अग्रीम टिकट बिक्री खुल्ला गरेको बताएपनि टिकट काउन्टरमा पुग्दा काउन्टरका कर्मचारीहरुले १० गते बाट मात्र टिकट बुकिड्ड खुल्ला हुने भएपछि यात्रुहरु रित्तो हात फर्किएका हुन् ।
दशैमा घर जाने यात्रुले टिकट नपाएर बिगतमा कठिनाई झेल्नु नपरोस भन्दै यस पटकबाट अग्रीम टिकट बिक्री खुल्ला गरिएको बताएपनि व्यवहारमा यो लागु हुन सकेको छैन । अग्रीम टिकट खुल्ला गर्दा यात्रुको चाप कति हुने र आवश्यक बस तथा क्यू कति थप गर्ने जानकारी हुने भएपनि संघले दशैको एक साता अघि बाट मात्र टिकट बुकिड्ड खुल्ला बताएको थियो  । यातायात व्यवसायी महासंघले काठमाडौंमा भदौ २५ गते बाट अग्रीम टिकट खुल्ला गरेको भएपनि पश्चिम नेपाल बस व्यवसायी संघले यात्रुहरुलाई लक्षित गर्ने भन्दै असोज २ गते बाट अग्रीम टिकट बुकिड्ड गर्ने जनाएको थियो ।
सञ्चार माध्यममा समेत बिहीबारदेखि टिकट बुकिड्ड खुल्ला समाचार सम्प्रेषण भएपछि स्थानीयहरु टिकट लिन काउन्टरमा पुग्ने गरेको भएपनि यथार्थमा भने १० गते बाट मात्र टिकट बुकिड्ड हुने भएको टिकट काउन्टरका कर्मचारीहरु बताउ“छन् । ‘हामीलाई त्यस्तो केही जानकारी आएको छैन, टिकट बुकिड्ड १० गते बाट मात्र हो १० गते टिकट बुकिड्डको लागि आउनुहोला’ उनले भने । ‘२ गते बाट खुल्ला भयो भन्ने समाचारमा आएको छ नि’ भन्ने प्रश्नमा उनले ‘आफूहरुलाई कुनै जानकारी नआएको’ बारम्बार दोहे¥याए । यता जीप काउन्टरमा पुग्दा असोज ७ गतेबाट अग्रीम टिकट बुकिड्ड हुने त्यहाका कर्मचारीहरुले बताए ।
अग्रीम टिकट बुकिड्ड खुल्ला गरेको भए टिकट काउन्टरमा सूचना टा“स गर्नुपर्ने भएपनि बुकिड्ड खुल्ला नभएकाले टिकट काउन्टरमा कुनै सूचना टा“स गरिएको छैन । टिकट बुकिड्ड खुल्ला सम्बन्धमा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले यस बारेमा बुझ्ने बताए । उनले अग्रीम टिकट बुकिड्ड खुल्ला गरी यात्रुहरुलाई टिकट बिक्री गर्न भनेको भएपनि यस बारेमा आफुले कर्मचारीहरुलाई निर्देशन दिने बताए । अग्रीम टिकट बुकिड्ड खुल्ला नभएको भएपनि यात्रुहरुका गुनासा सुन्न तथा ट्राफिक सचेतना जगाउन पूर्व तर्फ जाने टिकट काउन्टर र गुल्मी बस काउन्टरमा प्रहरीले हेल्फ डेक्स भने स्थापना गरेको छ । केही समस्या पर्न सक्ने भन्दै बुटवल बसपार्क क्षेत्रमा हेल्फ डेक्सको स्थापना गरिएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हेल्फ डेक्सबाट सुरक्षित यात्राका लागि जनचेतामुलक पर्चा, पम्पेलेट वितरण समेत गरिएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.