शिक्षिकालाई दशैमा तलव खुवाउन चन्दा संकलन



विकाश पराजुली
बुटवल, असोज २ । बुटवल नगरपालिका भित्र रहेको एक सामुर्दाियक विद्यालयले दशैमा शिक्षिकाहरुलाई तलव खुवाउन चन्दा संकलन गर्ने भएको छ । आर्थिक अभावममा रोमलिएको बुटवल– ४ मैनावगर स्थित श्रीरामनगर टोलमा रहेको मैनाबगर प्राथमिक विद्यालयले आफ्ना शिक्षिकाहरुलाई दशैमा तलव खुवाउन चन्दा संकलन गर्ने भएको हो । आर्थिक अभावसगै सामान्य सुविधा समेत उपभोग गर्न नपाएका विद्यार्थी एवं शिक्षिकाहरुलाई स्थानीय जनसमुदायमा चन्दा संकलन गरेर तलव खुवाउन लागिएको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रदीप प्रधानले जानकारी दिए ।
दशै नजिकिदै गर्दा विद्यालयमा शिक्षिकाहरुलाई कसरी तलव खुवाउने भन्ने विषयमा चटारो बढेको छ । सरकारी पारिश्रमिक भन्दा निकै न्यून रकममा अध्यापन गराउने शिक्षिकाहरुलाई सामान्य तलव खुवाउन पनि चटारो बढेको हो । दाताकै सहयोगमा सञ्चालनमा आएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सामान्य सुविधा पनि उपभोग गर्न पाएका छैनन भने शिक्षिकाको हालत पनि उस्तै छ । नेपाल सरकारले निर्धारण गरेको तलव सुविधा भन्दा निकै न्यून रकममा शिक्षिकाहरुले सो विद्यालयमा काम गर्दै आइरहेका छन् । शिक्षिकाहरुले पाउने मासिक २४ सय तलव पनि कसरी जुटाउने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिको रहेको छ । त्यसमा पनि चाडपर्वको समयमा समयमानै तलव खुवाउन हम्मे हम्मे हुने गरेको बताइन्छ । दाताको सहयोगमा बनेको ६ कोठे भवन बाहेक अन्य केही पूर्वधार नभएको सो विद्यालयमा कक्षा ३ सम्म अध्ययान हुने गर्दछ ।
तीन जना शिक्षिकाले अध्यापन गराउने विद्यालयमा जम्मा ३२ जना विद्यार्थी छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित छन् । जिल्ला शिÔा कार्यालयले छात्रवृत्ति र कितावका लागि दिने बार्षिक ४० हजार बाहेक विद्यालय सञ्चालनका लागि अन्य कुनै आयस्रोत नभएको व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रधान बताउछन् । विद्यालयको समस्याका बारेमा मेचीकाली दैनिकले ‘पक्की भवन तर, बस्नलाई बेञ्च छैन’ भन्ने समाचार प्रकाशित गरेपछि विद्यालयले लामो समय पछि एक जना शिक्षक दरबन्दी पाएको छ । समाचार प्रकाशित भएको डेढ महिनापछि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले कमला ज्ञवालीलाई विद्यालयमा दरबन्दीमा पठाएको हो । उहिले उनी नै विद्यालयको प्रँचार्य रहेकी छिन् । विद्यालयले अहिले दुई जना शिक्षिकालाई मासिक २४ सय रुपैया  तलव दिदै आएको छ । त्यस्तै प्रअको मासिक तलब २८ सय रुपिया छ । पिसिएफबाट आएको प्रति विद्यार्थी बार्षिक १६ सय रुपिया“ र स्थानीय जनश्रमदानबाट उठेको रकमले शिक्षिकाहरुलाई तलव दिदै आएको थियो ।
विद्यालयले दरबन्दी पाएपछि अब विद्यार्थी संख्या बढाउने योजना समेत अगाडि बढाएको छ । त्यससगै अब अंग्रेजी माध्यमबाट पनि अध्ययन गर्ने योजना बनाइएको विद्यालयले जनाएको छ । विद्यालयलाई पर्ने आर्थिक समस्यालाई समधान गर्न विद्यालयले चन्दा उठाएरै भएपनि अक्षय कोष समेत खडा गर्न लागिएको बताइएको छ । विद्यालयमा एक मात्र शौचालय हुदा शिक्षिका तथा छात्रा विद्यार्थीहरुलाई समस्या पर्दै आएको छ । महिला शौचालयको अभाव हुदा शिक्षिकाहरु नजिकै रहेका घरमा गई शौच गर्न बाध्य छन् । सुकुम्बासी Ôेत्रमा रहेको विद्यालयले अहिले सम्म लालपुर्जा पाउन सकेको छैन ।
‘शिक्षिकालाई तलव दिन मुख्य समस्या छ, त्यस बाहेक विद्यालयमा अन्य पूर्वाधार निर्माण पनि आवश्यक छ ।’ पूर्व अध्यक्ष प्रधानले भने,‘कसैले चासो नदिदा विद्यालयको यस्तो अवस्था भएको हो ।’ वि.स. २०६६ सालमा स्थानीय बासिन्दाहरुको सक्रियतामा स्थापना भएको विद्यालयको भवन सिसिसि नामको संस्थाले सहयोग स्वरुप निर्माण्ँ गरेको उनले बताए ।
रोटरी क्लवले ४० हजारको बेच्नहरु उपलब्ध गराएपनि त्यो अझै प्रर्याप्त हुन सकेको छैन । विद्यालयलाई खानेपानीका लागि धम्बो ज्वयलर्सले एउटा टंकी दिएको छ । त्यस बाहेक विद्यालयमा कति कतैबाट सहयोग नमिलेको विद्यालयले जनाएको छ । विद्यालयले अहिलेसम्म नगरपालिकाबाट कुनै सहयोग नपाएको प्रधानले बताए ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.