अस्पतालको सटर टेण्डर सफलता नजिक


आज फारम विक्रीको अन्तिम दिन 

आन्दोलन गर्ने व्यवसायीले पनि अर्कैको नाममा टेण्डर हाल्न थाले  

विकाश पराजुली
बुटवल, भदौ २९ ।
 लुम्बिनी अञ्चल अस्पतालले भदौ १ गते खुला गरेको टेण्डरको फाराम विक्री आज सकि“दै छ । आजसम्म टेण्डर फारम खरिद गर्ने व्यवसायीहरुले भोलि १२ बजेसम्म दर्ता गर्नुपर्ने छ । टेण्डर आह्वान गरे लगत्तै त्यसको विरोधमा उत्रिएका व्यवसायीहरुले टेण्डर तुहाउन अनेक प्रयास गरे पनि अन्ततः टेण्डर प्रक्रिया सफलता नजिक पुगेको छ ।
टेण्डर प्रक्रियालाई रद्द गर्न यहा“का व्यवसायी संघ÷संस्था, राजनीतिक दल  व्यवसायीहरुको समर्थन गरी काठमाडौंसम्मै पुगेर लबिड्ड गरे पनि अन्तिम समयसम्म टेण्डर रद्द कुनै पनि संभावना देखिएको छैन । तर टेण्डर रद्द गराउने व्यवसायीको प्रयासमा अझै पनि जारी छ । यहा“का व्यवसायिक संघ–संस्था तथा राजनीतिक दलका प्रतिनिधि सहभागी टोलीले अन्तिम समयमा पनि सरोकारवालास“ग हारगुहार गर्न छाडेका छैनन् । उनीहरुको टोली आइतबार काठमाडौं पुगेर टेण्डर असफल बनाउने कसरतमा जुटिरहेको छ । 

टेण्डर प्रक्रिया सुरु भएस“गै सुरु भएको व्यवसायीको आन्दोलनले टेण्डरको निर्धारित संख्यानै नपुग्ने आशंका गरिए पनि आवश्यक ७५ टेण्डर फाराम विक्री हुनुपर्नेमा आईतबार सम्म २ सयभन्दा बढी टेण्डर फाराम विक्री भएका छन् । राजनीतिक दलहरुलाई काखी च्यापेर आन्दोलन गरिरहेका व्यवसायीले उनीहरुको समर्थन पाउने आशा गरे पनि दलहरुले उनीहरुलाई रनभुल्लमा पारका छन् । राजनीतिक दाउपेचका कारण राजनीतिक दलहरुले व्यवसायीको साथमा रहेको बताए पनि उनीहरु वास्तविक रुपमा व्यवसायीको पक्षमा देखिएका छैनन् । ‘राजनीतिक भविष्यका लागि खुलेर व्यवसायीको मागको विपक्षमा जान नसकिएको हो ।’ एक राजनीतिक दलका नेताले भने, ‘कानुनी प्रक्रियाको विरोधमा हामी कसरी जान सकिन्छ र ?’
कानुनतः अस्पतालले गरेको टेण्डर फिर्ता नहुने सम्भावना देखेका र बुझेका दलहरुले राजनीतिक समर्थन देखाउन विज्ञप्ति जारी गरेर व्यवसायीलाई फोस्रा आश्वासन मात्र दिइरहेका छन् । यतिसम्मकी कतिपय राजनीतिक दलका नेताहरुले व्यवसायीको विश्वास नगुमाउनका लागि मात्र टेण्डरको विरोधमा आफूलाई उभ्भाएका छन् ।
एमाले रुपन्देही क्षेत्र नं. ४ का अध्यक्ष रमेश नेपाल, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरिबहादुर आचार्यले टेण्डर प्रक्रिया खारेज गर्न भन्दै शुक्रबार ज्ञापन पत्र समेत बुझाएका थिए । आफ्ना नेता तथा कार्यकर्ताले आन्दोलन गरेकोमा समर्थन जनाएका दलहरुले बेलैमा चाहेर काम गरेको भए मन्त्रीपरिषद्बाट टेण्डर फिर्ता गराउन सक्ने विकल्प रहेको कतिपय जानकारहरु बताउ“छन् तर उनीहरुले अख्तियारको निर्देशनमा गरिएको कानुनी प्रक्रिया सम्मत टेण्डरको खिलापमा जान चाहेनन् । व्यवसायीको टोली काठमाडौ पुगेर स्वास्थ्य मन्त्री, पूर्वप्रधानमन्त्री तथा यस क्षेत्रका सभासद्हरुलाई टेण्डर प्रक्रिया रद्द गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे पनि त्यसले सफलता प्राप्त गर्ने संभावना न्यून छ । 
लुम्बिनी अञ्चल अस्पतालले सटरहरु टेण्डर लगेपछि व्यवसायीको विरोधको बाहिरी समर्थन देखिएपनि भित्रभित्रै दलहरुले दोहोरो भूमिका निर्वाह समेत गरेको बुझिएको छ । टेण्डर प्रक्रिया सफल हुनका लागि ७३ सटरका लागि कम्तीमा ७५ टेण्डर पुग्नैपर्ने थियो । आन्दोलित व्यवसायीले खुलेरै टेण्डर फाराम खरिद नगर्न अरु व्यवसायीहरुलाई आग्रह गरेपनि शुक्रबार १ सय ९२ टेण्डर फाराम विक्री भइसकेका छन् भने ईटेण्डरबाट पनि धेरै टेण्डर परेको जनाइएको छ । टेण्डर फाराम विक्री खुल्ला भएको १५ दिनसम्म ३५ वटा टेण्डर फाराम विक्री हु“दा टेण्डर प्रक्रिया सफल हुने–नहुने अन्यौल बढेको थियो ।
टेण्डर प्रक्रिया सफलताको नजिक पुगेपछि आन्दोलनरत व्यवसायीले समेत अर्कैको नाममा टेण्डर हाल्न थालेका छन् । ‘के गर्नु व्यापअफ त राख्नु पर्यो नि ?’ एक व्यवसायीले भने, ‘बेलैमा विकल्प रोज्नु बुद्धिमानी देखियो ।’
व्यवसायी टेण्डर प्रक्रिया सफल हुने देखि“दा समेत आफूहरुको आन्दोलन नरोकिने बताउ“छन् । सटर व्यवसायी समितिका सचिव डिल्लीराज भण्डारीले प्रक्रिया पूरा भएपनि आफूहरुको आन्दोलन नरोकिने र कहिलेसम्म हुने भन्ने बारेमा केही भन्न नसकिने बताए ।
टेण्डर प्रक्रियाबाट व्यवसायी विस्थापित हुने भन्दै कानुनी विधि र प्रक्रियाको विरुद्ध रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, औषधि व्यवसायी संघलगायतका व्यवसायिक संघ–संस्था पनि आन्दोलनमा छन् । ती संघ–संस्थाले सिमित व्यवसायीको हित गर्न खोज्दा कयौं व्यवसायी योभन्दा बाहिर छन् भन्ने कुरालाई समेत विर्सिएका छन् । 
आईतबार व्यवसायीको टोली रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसमक्ष डिलिगेशनमा पुगेको थियो । अस्पतालका प्रवक्ता एवं सुचना अधिकृत लक्ष्मीराज रेग्मीले टेण्डर प्रक्रिया अन्तिम चरण आएकाले आगामी कदम कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिने बताए । ‘प्रक्रिया पूरा हुने भयो, अब कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर मात्र भन्न सकिन्छ’ उनले भने । आन्दोलित व्यवसायीले प्रक्रिया सफल भएपनि सटर भित्र नै प्रवेश गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिएपछि अस्पतालले कसरी यस विषयमा अगाडि बढ्ने भन्ने विषयमा छलफल अगाडि बढाउने बताएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.