नगरपालिका भित्रै विनादर्ता मासु पसल सञ्चालन


विकाश पराजुली


बुटवल, साउन २३ । बुटवल नगरपालिका क्षेत्रभित्र एक सय भन्दा बढी मासु पसलहरु दर्ताविना सञ्चालनमा रहेको पाइएको छ । यस्ता पसलले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् ।
मासु व्यवसायी संघ नेपालले संकलन गरेको तथ्याङ्क अनुसार नगरपालिका भित्र १ सय भन्दा बढी पसलहरु विना दर्ता सञ्चालनमा रहेको पाइएको हो । संघले त्यस्ता पसललाई दर्ता गरेर मात्र पसल सञ्चालन गर्न आग्रह गरेको छ । मासु व्यवसायी संघले बुटवलका मासु पसलको तथ्याङ्क गत असारमा संकलन गरेको हो ।
असार मसान्त सम्म संकलन गरेको तथ्याङ्कमा १ सय भन्दा बढी पसलहरु दर्ता विना र सामान्य मापदण्ड पनि पालना नगरी सञ्चालन गरेको भेटिएको मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले बताए ।  बुटवलमा झण्डै ३ सय ५० भन्दा बढी मासु पसलहरु सञ्चालनमा रहेका छन् । त्यी मध्ये २ सय ५० व्यवसाय दर्ता भएर सञ्चालनमा आएका र एक सय पसल विना दर्ता सञ्चालन भैरहेको उनको भनाइ छ । स–साना टंकिमा मासु पसल खोल्ने प्रवृत्तिले उपभोक्ता मर्कामा छन् ।
तथ्याङ्क संकलनको क्रममा मासु पसलको अवस्था हेरेर संघले मासु पसलहरुलाई मापदण्ड तोकी बर्गिकरण समेत गरेको छ । नगरपालिका भित्र सञ्चालन भएका पसलहरु मध्ये  ‘क’  वर्गका मासु पसल २, ‘ख’ बर्गका २ सय ३ र ‘ग’ वर्गका १ सय ४५ मासु पसलहरु रहेका छन् ।
‘क’ वर्गमा बर्गिकरण हुने पसलमा  बधस्थल, प्रोसेसि· र विक्री कक्ष अलग हुनुपर्ने, प्रोेसेसि· रुम भित्र डटि एरिया र क्लिन एरिया अलग हुनुपर्ने, प्रोसेसि· रुम र विक्री कक्षमा वातानुकुलित एसी जडान हुनुपर्ने, स्टिन लेस, स्टिल र प्लाष्टिकको औजार मात्र प्रयोग गर्नुपर्ने, कोल्ड स्टोर र अत्याधुनिक मेसिन जडान हुनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।
त्यस्तै ‘ख’ बर्गका लागि विक्री कक्ष र बधगर्ने स्थल अलग हुनुपर्ने, डि फ्रिजको व्यवस्था, जाली र सिशा लगाएको हुनुपर्ने र मार्वल टायल लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै ‘ग’ बर्गमा परम्परागत तवरले खुल्ला ठाउमा सञ्चालन भएका पसलहरु उल्लेख गरिएको छ ।
‘ग’ बर्गका व्यवसायीहरुले सानो लगानीमा व्यवसायी सञ्चालन गर्ने भएकाले महिनाभरमानैं व्यवसायी थप घट हुन सक्ने भएकाले पूर्ण तथ्याङ्क निकाल्न नसकिएको अध्यक्ष पौडेलको भनाइ छ ।
उनले सामान्य मापदण्ड पनि पुरा नगरेका व्यवसायीहरुलाई सुधार गर्नका लागि अनुरोध गरेको भएपनि व्यवसायीले अटेर गरेको बताए ।
सम्बन्धित निकायले अनुगमनमा चासो नदेखाउदा पनि स–साना मासु व्यवसायीहरु खोलिने क्रम बढेको उनको भनाइ छ । ‘व्यवसायीलाई सुधार गर्न भनेका छौ, विना दर्ता सञ्चालनमा भएका व्यवसायीहरुलाई पनि दर्ता गरेर सञ्चालन गर्न भनेका छौ’ अध्यक्षले पौडेलले भने–‘पशुबधशाला निर्माण पछि धेरै समस्याको हल हुने आशा गरिएको छ ।’ जिल्ला पशु सेवा कार्यालयले पनि जिल्लाको तथ्याङ संकलन गरी मासु व्यवसायीहरुलाई व्यवस्थित बनाउने बताएको छ ।
पशु सेवा कार्यालयका डा. लक्ष्मण ढकालले मापदण्ड पुरा नगरी सञ्चालन भएका पसलहरुलाई कारबाही गरेरै छाड्ने बताए । उनले विना दर्ता अवैध रुपमा सञ्चालनमा आएका पसलहरुलाई पनि दर्ता प्रक्रियामा आउन आग्रह गरे । उपभोक्ताको भान्सामा सिधै पुग्ने मासुलाई व्यवसायीले हेलचक्राई गरी गुणस्तरहीन मासु विक्री गर्नु नियम संगत नभएको भन्दै उनले व्यवसायीहरुलाई सच्चीन निर्देशन समेत दिए । जिल्लाभर रहेका करिव २५ सय व्यवसायीहरु मध्ये संघमा ८ सय मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा सञ्चालन भएका पसलहरु मध्ये करिव १७ सय विना दर्तामा रहेको बताएको छ । यसरी विना दर्ता सञ्चालन भएका व्यवसायीहरुलाई दर्ता प्रक्रियामा ल्याउन संघले मात्र नसक्ने भएकाले पशु सेवा कार्यालय र सम्बन्धित निकायले चासो दिनुपर्ने बताइएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.