तीन करोडको लागतमा आधुनिक यातायात भवन बन्दै
विकाश पराजुली
बुटवल, साउन २५ । पुरानो र जिर्ण बन्दै गएको यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवलको स्वरुप अब परिर्वतन हुने भएको छ ।
आधुनिक भवनको अभावमा कार्यालयमा फाईलहरु हराउने तथा सेवाग्राहीले छिटो छरितो सेवा पाउन मुस्किल हुने जस्ता समस्याहरु सेवाग्राहीले भोग्दै आएका छन् ।
कार्यालयको नया“ भवन निर्माण सम्पन्न पश्चात अब त्यस्ता समस्याहरु यातायात कार्यालयमा भोग्न सेवाग्राहीले भोग्नु पर्ने छैन् ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालय मार्फत यातायात व्यवस्था कार्यालय लुम्बिनीको नया“ अत्याधुनिक आधुनिक भवन निर्माण हुने भएपछि सेवाग्राहीले छिटो छरितो रुपमा सेवा प्राप्त गर्नेछन् भने कार्यालय पनि व्यवस्थित हुनेछ ।
डिभिजन सडक कार्यालयको क्षेत्रभित्र रहेको जमिनमा अहिले यातायात व्यवस्था कार्यालय लुम्बिनीको भवन निर्माणधिन अवस्थामा रहेको छ ।
भवन निर्माण सम्पन्न पछि कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र सेवाग्राहीलाई जति सक्दो छिटो छरितो रुपमा सेवा प्रदान गर्ने योजना अनुसार भवन निर्माण थालिएको यातायात व्यवस्था कार्यालय लुम्बिनीका लेखा अधिकृत ढुण्डीराज अर्यालले जानकारी दिए । बुटवलका गणेश दाश ठेकेदारसंग बैशाख २५ गतेदेखि निर्माण सम्झौता भएपछि अहिले काम चलिरहेको छ ।
एक रोपनी क्षेत्रफलमा रहने कार्यालय निर्माण पूरा भएपछि कार्यालयले यस अघि भोग्दै आएका समस्याहरु हटेर जानेछन् ।
पूरानो भवन हु“दा सेवाग्राहीहरु लाइसेन्स फाराम भर्न तथा विल बुझाउन लाइनमा बस्दा पानी पर्दा भिज्ने र घाम लाग्दा चर्को गर्मी सहेका सेवाग्राहीले भवन निर्माण भएपछि त्यस्तो समस्या भोग्नु नपर्ने कार्यालयको भनाइ छ ।
त्यस्तै सवारी नामसारी गर्दा तथा चेकजाचको क्रममा बढी सवारी कार्यालयमा परिसरमा हुने भएकाले त्यसको प्रभाव मुख्य राजमार्गमा समेत पर्दै आएकोमा नया“ भवन निर्माणपछि त्यो समस्या पनि हटेर जाने बताइएको छ ।
कार्यालयका फाूटहरु फरक–फरक स्थानमा रहेकाले हातमा बोकेर फाइल लैजादा कतिपय फाईलहरुबीच बाटामै यस अघि हराउ“दै आएका थिए । एउटै भवनमा सम्पूर्ण फाूटहरु रहने भएकाले पनि अब त्यस्तो समस्या नआउने यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले जानकारी दिए ।
उनका अनुसार कार्यालयको पहिलो तलामा बढी सेवाग्राहीको भीडभाड हुने लाइसेन्स, नामसारीको कोठा हुनेछ भने दोस्रो तलामा सेवाग्राहीको कम भीडभाड हुने ट्याक्टर तथा साना ठूला अन्य सवारीको काम हुनेछ ।
त्यसतै सवारी साधनहरु कार्यालयमा जाूच÷पास बनाउने तथा नाम सारीका लागि आउदा बढी भीड हुने गरेको भएपनि कार्यालय निर्माणपछि गाडी पास सहज हुने बताइएको छ ।
कार्यालय ढाई तालको हुनेछ ।
अहिले कार्यालयमा शौचालय व्यवस्थित नहु“दा कर्मचारी तथा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । त्यसमा पनि महिलाहरुका लागि अझ बढी अप्ठ्यारो हुने गरेको महिला सेवाग्राहीहरु बताउ“छन् ।
निर्माणधिन अवस्थामा रहेको भवनमा शौचालयको राम्रो व्यवस्था हुने भएकाले मुख्य त शौचालयको समस्या टर्ने कार्यालयले जनाएको छ ।
त्यस्तै सेवा छिटो छरितो र कर्मचारीहरुको पनि मनोवल उच्च हुने हु“दा काम बढि समेत हुने बताइएको छ ।
0 comments