संवाद केन्द्रले पु¥यायो विद्यालयसम्म
विकाश पराजुली
बुटवल, साउन २२ ।
रुपन्देही साडी गाविस वडा नं. ४ गैबहवाकी मनोरमा चौधरी पहिले गाउ“मा कसैस“ंग खुलेर बोल्न सक्दिनथिन । परिबारमा कोही नया मानिस आउदा मुख छोपेर भित्रै बस्ने गर्दथिन । तर अहिले उनको यस्तो व्यवहारमा धेरै परिर्वतन आएको छ । उनी अहिले आफ्नो नाम मात्र हैन, गाउ“–घरमा हुने स–साना झगडाहरु मेलमिलाप गराउने देखि समाजलाई स्वच्छ कसरी बनाउनु पर्छ भन्ने सवै कुरा थाहा छ । १८ बर्षीय मनोरमा विद्यालय अहिले पनि जान पाएकी छैनन् । घरमा आर्थिक स्थित कमजोर भएका कारण आमा बुवाले नपढाएको उनी बताउछिन् । ‘घरमा बुवा आमाले किन पढ्न प¥यो भनेर विद्यालय जान दिनुभएन’ उनले भनिन । उनी अहिले आफ्नो गाउमा किशोर अवस्थामा हुने शारीरिक परिर्वतनका साथै आफ्नो स्वास्थ्य, गाउ“ टोल सरसफाई राख्नुपर्छ भन्दै जनचेतना दिन समेत थालेकी छिन् ।
उनी मात्र हैन, साडी गाविसकै सन्तोषी चौधरी पनि पहिले भन्दा अहिले उनी खुलेर बोल्न सक्छिन् । बोल्न लजाउने र आफुलाई केही समस्या भएमा कसैसंग नभन्ने उनी अहिले सवैसंग अगाडि गएर बोल्न सक्छिन भने आफूमा हुने समस्यालाई सवैसं“ग भन्नेर समधानको बाटो खोज्छिन ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन । स्ट्रोमा फाउण्डेसनको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्रले साडी गाविसमा संवाद केन्द्र गठन गरेपछि मनोरमा र सन्तोषी जस्ता किशोरीहरु अहिले आफ्नो स्वास्थ्य, समुदायमा सरसफाई, यौन शिक्षा, जस्ता विभिन्न शिक्षा प्राप्त गरेका छन् । ज्ञान ज्योति संवाद केन्द्रमा अहिले मनोरमा र सन्तोषी जस्तै २० किशोरीहरु अहिल विद्यालय नगएपनि विभिन्न शिक्षा लिइरहेका छन् । नजिकै विद्यालय भएपनि विद्यालय सम्म पुग्न नसकेका १३ देखि १९ बर्ष सम्मका त्यी किशोरीहरु दैनिक रुपमा सवाद केन्द्रमा आई आफुलाई पर्ने समस्याका बारेमा खुलेर संवाद गर्ने गरेको बताईन्छ ।

संवाद केन्द्रमा राखी किशोरीहरुलाई विद्यालय जान प्रेरित गरेकै कारणले अहिले ३ जना किशोरीहरु विद्यालयसम्म पुग्न सफल भएका छन् । संवाद केन्द्रका कारण सावित्री गोसाई, दुर्गावती यादव र लक्ष्मी बरई विद्यालयमा जाने गरेको ज्ञान ज्योति किशोरी संवाद केन्द्रकी सहजकर्ता रिता देवी चौधरीले बताइन । यस भन्दा पहिले उनीहरुलाई आमा बुवाले विद्यालय जान दिएका थिएनन् । अहिले सावित्री गोसाई साडी माविमा अध्ययान गर्छिन भने, दुर्गावती र लक्ष्मी ज्ञानज्योति मा.वि रुद्रपुरमा अध्ययान गर्दछन् । संवाद केन्द्रकी सहजकर्ता चौधरी भन्छिन– ‘यस संवाद केन्द्रमा किशोरीहरु आएपछि किशोर अवस्थामा ध्यान दिनुपर्ने कुरा, बालविवाह, विभिन्न सरुवा रोगहरुका बारेमा खुलेर छलफल गर्दै आएकाले धेरै परिर्वतन भएको छ ।’ पा“च महिना अघि बाट सुरु भएको संवाद केन्द्रमा अहिले केही विद्यालय जाने र धेरै जसो विद्यालय जान नपाएका २० किशोरीहरु रहेका छन् । आर्थिक स्थित कमजोर भएका कारण विद्यालय जान नपाएका र अध्ययान बीचमै छाडेका २० किशोरीहरु संवाद केन्द्रमा दैनिक १२ बजे पुग्छन् र आफु अनि समुदायलाई कसरी स्वच्छ एवं जनचेतना जगाउने भन्ने बारेमा संवाद गर्छन । ‘संवाद केन्द्रमा आउनुभन्दा पहिले किशोरीहरु नाम भन्न पनि नसक्ने, लजाउने थियो तर, अहिले पहिलेको व्यवहार भन्दा परिर्वतन भएको छ ।’ सहजकर्ता चौधरीले भनिन् ।
सो क्षेत्रमा अभिभावकहरुमा जनचेतनाको कमी भएकाले आफ्ना छोरीहरुलाई विद्यालय नपठाउने गरेको उनको भनाइ छ । उनले आर्थिक स्थित कमजोर र अन्य घरयासी काममा छोरीहरुलाई कजाउने गर्दा यस क्षेत्रका किशोरीहरु विद्यालय सम्म पुग्न नसकेको बताइन ।
स्ट्रोमा फाउण्डेशनले रुपन्देहीका ९ गाविसमा यस्ता संवाद केन्द्रहरु गठन गरी किशोर÷किशोरीहरुका लागि विभिन्न शिक्षा प्रदान गर्दै आएको छ । एविसि नेपालले रुपन्देहीका ६ गाविस र सुनगाभा विकास केन्द्रले ३ गाविसमा अहिले यस्तो काम गरिरहेका छन् । यो कार्यक्रम २०१३ देखि सुरु भई २०१७ सम्म सञ्चालन हुने स्ट्रोमा फाउण्डेसनका संयोजक जीवन कुव“र बस्नेतले जानकारी दिए । फाण्डेशनले पा“च बर्षको अवधिमा देशभरका २५ हजार किशोर किशोरीहरुलाई स्कुल सम्म पु¥याउने लक्ष्य राखेको छ । ‘स्कुल छोडेका र केही पढ्दै गरेका किशोरीहरु संवाद केन्द्रमा सहभागी भएका छन ्’संयोजक बस्नेतले भने–‘पढ्दै गरेका किशोरीहरुलाई संवाद केन्द्रमा राख्दा उनीहरुले थप कुरा सिकी विद्यालयका जान नपाएका किशोरीहरुलाई शिक्षा दिने कारणले पनि केही विद्यालय जादै गरेका किशोरीहरु पनि संवाद केन्द्रमा आउने गरेका छन् ।’
लामो समयसम्म विद्यालय छाडेकाहरुलाई संवाद केन्द्रमा छलफल बाट प्रेरित गरेर विद्यालयसम्म पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ । उनले किशोरीहरुलाई त्यति मात्र नभई विभिन्न आयआर्जनका काम गर्ने, तालिमहरु सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु समेत समेटिएको बताए ।
फोटोः रुपन्देहीको साडी गाविस वडा नं. ४ मा रहेको ज्ञान ज्योति संवाद केन्द्रमा छलफल गर्दै किशोरीहरु
0 comments