लाइसेन्सका लागि एकै दिन २५ सय बढी टोकन वितरण
विकाश पराजुली
बुटवल, साउन २६ ।
यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चल बुटवलले डेढ बर्षपछि कार÷जिप लाईसेन्सको आवेदन खुलाएपछि सेवाग्राहीको थामिनसक्नु भीड बढेको छ । ट्रायल स्थानको अभावमा १९ महिनादेखि सञ्चालन हुन नसकेको ट्रायल परीक्षा सुरु भएपछि सेवाग्राहीको भीड बढेको हो । लामो समय पछि यसरी फाराम खुलाएकाले सेवाग्राही विहान चार बजे नै टोकनका लागि लाईनमा बसेका थिए ।टोकन लिनको लागि सेवाग्राहीको भीड बढेकाले अव्यवस्थित रुपमा टोकन वितरण कार्यालयले गरेको केही सेवाग्राहीले गुनासो समेत गरे ।
कार्यालयले बढीमा १८ सय टोकन वितरण गर्ने भनिए पनि सेवाग्राहीको भीड बढेपछि लाईनमा बसेका सवैलाई टोकन वितरण गरिएको कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईले बताए । उनका अनुसार बिहान ६ बजे देखि १२ बजे सम्म ४ स्थानबाट २५ सय भन्दा बढीलाई टोकन वितरण गरिएको छ ।
कार्यालयले २७ गते देखि ३० गते सम्म तीन÷तीन सयका दरले नाम दर्तापछि लिखित परीक्षा गराइने बताएको छ । लिखित परीक्षा र प्रयोगात्मक परीक्षा कहिले गर्ने भन्ने बारेमा कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिने बताएको छ । कार्यालयमा बिहान ४ बजे देखि लाइनमा बसेका अर्जुन अर्यालले ५ घण्टा लाईनमा बसेर मात्र टोकन लिन सफल भएको बताए ।
0 comments