लाइसेन्स थप्दा पनि लिखित परीक्षा दिनैपर्ने
विकाश पराजुली
बुटवल, साउन २९ । यातायात व्यवस्था विभागले केन्द्रीय कार्यालयले चार पांग्रे सवारी साधनको हकमा नया व्यवस्था लागु गरेको छ । विभागले लिखित परीक्षा सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई परिमार्जन गरेको हो । यातायात तथा सवारी व्यवस्था ऐन २०४९ को दफा ५५ मा कुनै पनि व्यक्तिले आफूले यस अघि पाएको चालक अनुमपति पत्रमा अन्य सवारी थप गर्नुपर्ने भएमा लिखित परीक्षा दिन नपर्ने उल्लेख गरेको थियो । तर अहिले सो नियम परिमार्जन गरी आएको छ । परिमार्जित नियममा कुनै सवारी थप गर्दा लिखित परीक्षा दिनुपर्ने नया व्यवस्था आएको यातायात व्यवस्था विभागलाई उदृत गर्दै यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले जानकारी दिए ।यातायात व्यवस्था विभागको निर्णय अनुसार कुनै व्यक्तिले आफुले यस अघि पाएको चालक अनुमपति पत्रमा अन्य सवारी थप गर्दा लिखित परीक्षा दिनुपर्ने नया“ प्रावधान आएको बताइएको छ ।
विभागको ०६९ फागुन ९ गतेको निर्णय अनुसार मोटरसाईकल चालक अनुमपति पत्र लिएको व्यक्तिले कार, जीप, भ्यान वा कार, भ्यान जीपको सवारी चालक अनुमपति पत्र लिएको व्यक्तिले मोटरसाईकल चालक अनुमपति पत्र थप गर्दा नया व्यवस्था अनुसार लिखित परिक्षा गर्ने व्यवस्था गरेको छ । विभागको यस्तो निर्देशन पछि एकै पटक कार, जीपको लाईसेन्स लिएका तर मोटरसाईकल चालक अनुमपति पत्र नलिएकाहरुले मोटरसाईकल चालक अनुमपति पत्रको परीक्षा दिदा लिखित परिक्षा दिनुपर्ने छ । त्यस्तै मोटरसाईकल चालक अनुमपति पत्र लिएका र कार जीपको अनुमति पत्र नलिएकाहरुले लिखित परीक्षा दिनुपर्ने नया“ व्यवस्था आएको बताइएको छ । यस अघि कुनै पनि सवारी चालक अनुमपति पत्र लाईसेन्स लिएको भए त्यो व्यक्तिले लिखित परीक्षा दिन नपर्ने व्यवस्था रहेको थियो ।
लामो समय पछि आवेदन फाराम खुलेपछि बुटवल कार्यालयले एकै दिन २५ सय भन्दा बढि टोकन वितरण गरेको थियो । कुनै न कुनै सवारी चालक अनुमपति पत्र लिएका व्यक्तिहरुले अब लिखित परीक्षा दिनुपर्ने भएपछि दर्ता हुन आएको संख्या भन्दा केही कम लिखित परीक्षाबाटै बाहिरिने पक्का भएको छ । नाम दर्ता भएका मध्ये करिव १८ सय सेवाग्राहीले मोटरसाईकल तथा अन्य सवारीको लाईसेन्स लिइसकेको बताइएको छ । यस्तै विभागले तीन पांग्रे सवारी साधनलाई पनि चार पांग्रे जसरी सवारी चालक अनुमपति पत्र लिनुपर्ने नया“ प्रावधान आएको शाखा अधिकृत हुमागाईले बताए । बुटवलमा केही महिना अघि भित्रीएको थ्रि विलर कसरी सञ्चालन गर्ने भन्ने विषय अन्यौल भएपनि अब त्यो समस्या केही भएपनि हटेको छ । त्यसैगरी ट्याक्टर तथा बर्ग डि र ई को सवारी चालक अनुमपति पत्र लिएका व्यक्तिहरुले पनि अन्य सवारी साधनको चालक अनुमपति पत्र लिदा अनिवार्य रुपमा लिखित परीक्षा गर्नुपर्ने बताएको छ ।
0 comments