डेढ वर्षपछि कार/जिपको लाइसेन्स फारम खुल्यो

विकाश पराजुली

बुटवल, साउन २६ । यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चल बुटवलले १९ महिनापछि कार÷जिप लाईसेन्सको आवेदन खुलाएको छ । पुरानो मापदण्ड खारेज भएपछि नया मापदण्ड अनुसार ट्रायल परीक्षा हुनुपर्ने नया प्रावधान आएपछि ट्रायल स्थानको अभावममा १९ महिनादेखि ट्रायल सञ्चालन हुन सकेको थिएन ।

लामो समय देखि सञ्चालन हुन नसकेको कार ÷जिपको लाईसेन्स आवेदन खुल्ला गरेपछि सेवाग्राही समेत खुसी भएका छन् । मोटरसाईकल चालक अनुमपति पत्र (लाईसेन्स) को ट्रायल ९ महिना अघिदेखि सुरु भएपनि कार तथा जिपको भने सञ्चालन हुन सकेको थिएन ।
कार्यालयले आजबाट नियमित रुपमा मोटरसाईकल, कार, जिपको क्रमश ट्रायल परीक्षा सञ्चालन गर्ने बताएको छ । कार्यालयले एक सूचना जारी गरी आज विहान १० बजेदेखि नाम दर्ता गर्ने बताएको छ । कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईले  एक पटकमा तीन सय आवेदन लिई ट्रायल सञ्चालन गरिने बताए ।
‘विहान लाईनमा बसेकाले लिएको टोकन अनुसार नाम दर्ता गर्छौ’ उनले भने–‘त्यसपछि क्रमश लिखित र प्रयोगात्मक परीक्षा गर्नेछौ ।’ अब यातायात कार्यालय लुम्बिनीले मोटरसाईकल, कार तथा जिपको ट्रायल परीक्षा क्रमश सञ्चालन गर्दै जाने बताएको छ । ‘ठुला सवारीको पनि ट्रायल भएको छैन्, यो पनि खुलाउने तयारीमा छौ’ हुमागाईले भने ।


लामो समयको प्रयास पछि कारको ट्रायल खुलेपछि ड्राईभिङ स्कुल संघ लुम्बिनीले पनि यसलाई निरन्तर रुपमा ट्रायल सञ्चालन हुनुपर्नेधारणा राखेको छ । यातायात व्यवस्था विभागले स्थानीय निकाय संग समन्वयन गरी ट्रायलका लागि पुर्वधार निर्माण गर्न भने पनि बुटवल नगरपालिकाले जग्गा उपलब्ध नगराउदा लामो समय सम्म ट्रायल परीक्षा सञ्चालनका लागि पूवार्धार बन्न नसक्दा परीक्षा हुन सकेको थिएन । ड्राईभिङ स्कुल संघले बुटवल नगरपालिकासंग जग लिजमा लिई पुर्वाधार निर्माण गरेकाले ट्रायल परीक्षा सञ्चालन भएको हो ।
अब एकै स्थानमा मोटरसाईकल तथा सानो सवारीको ट्रायल परीक्षा हुने यातायात कार्यालयले जनाएको छ ।कार्यालयले यस अघि देवीनगरको तिनाउ बगरमा लाईसेन्सको ट्रायल लिने गरेको थियो । सो जग्गा यातायात कार्यालयको स्वामित्वमा नभएकाले पुर्वधार निर्माणमा समस्या भएको थियो । ड्राईभिङ स्कुल सघले सोही जग्गा बुटवल नगरपालिकासंग बार्षिक ३ लाख रुपैयामा लिजमा लिई पुर्वाधार निर्माण गरेको हो ।
प्रत्येक बर्षमा सम्झौता थप्दै जाने गरी जग्गा लिजमा लिइएको संघका अध्यक्ष रामचन्द्र भुषालले जानकारी दिए । करिव दुई विगाहा क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ । त्यसका लागि कुल ३० लाख रुपैया खर्च भएको उनले बताए ।
उनले पुर्वाधार निर्माण स्थानलाई कम्पाउण्ड घेरेर नमुनाको रुपमा ट्रायल स्थानको रुपमा विकास गर्ने भएपनि आर्थिक अभावमा सो कार्य गर्न नसकेको बताए । ड्राईभि· स्कुलले संघले मात्र अन्तर्राष्ट्रिय स्तरको ट्रायल सेन्टर निर्माण गर्न नसक्ने बताउदै उनले यसलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारेमा मात्र यो सम्भव रहेको बताए ।


 ‘लुम्बिनीका ड्राईीभ· हरुबाट रकम उठाएर ट्रायल स्थल बनाएका छौ’ अध्यक्ष भुषालले भने–‘बीचमा कुनै कारणले ट्रायल बन्द भएमा हामीलाई ठुला घाटा लाग्नेछ ।’

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.