टेण्डर आह्वानपछि व्यवसायीको विरोध

 विकाश पराजुली


बुटवल, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र पहलमा लुम्बिनी अञ्चल अस्पतालले  सटरहरुलाई टण्डरमा लगेपछि सटर व्यवसायीहरुले विरोध जनाएका छन् । डेढ दशकपछि अञ्चल अस्पतालका सटरहरु टेण्डरमा गएका हुन ।
लामो समय पछि  अख्तियर दुरुपयोग अनुसन्धान अयोगले खुल्ला प्रतिस्पर्धाबाट सटर भाडामा लगाउन अस्पताललाई निर्देशन दिएपछि सटरहरु टेण्डरमा लगिएको थियो ।

अस्पतालले सटरहरु टेण्डरमा लैजाने सूचना प्रकाशित गरे लगत्तै व्यवसायीहरुले विरोध जनाएका हुन । उनीहरुले अस्पतालको मुल गेट अगाडि धर्नाका साथै यस क्षेत्रका विभिन्न उद्योगी संघ संस्था तथा स्थानीय राजनीतिक दलहरुसं“ग छलफल पनि अगाडि बढाएका छन् । बुधबार पनि सटर व्यवसायीहरुले यस क्षेत्रका बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, हाटबजार व्यवसायी संघ बुटवल औद्योगिक व्यापार संघ, पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियन लगाएतका ११ संघ संस्थाबीच छलफल भएको थियो । छलफलका क्रममा २५ बर्षदेखि बस्दै आएका व्यवसायीहरुलाई अस्पतालले बिना सूचना टेण्टर आह्वान गर्नु गलत भएको निष्कर्ष निकालेका छन् ।
यसैगरी उनीहरुले यसरी टेण्डर प्रक्रियामा जादा बुटवलको बजारमा रहेका कालिका उच्च मावि, कान्ति उच्च मावि, प्रहरी कम्पेलेक्स तथा बुटवल नगरपालिकामा बस्ने व्यवसायीहरुमा पनि भोलि बिचलन आउन सक्ने भन्दै टेण्डरमा प्रक्रिया रोक्न माग गरेको सटर व्यवसाय समितिका सचिव डिल्लीराज भण्डारीले बताए ।

व्यवसायीले विरोध गरेपनि अस्पताल प्रशासनले भने कानुनी प्रक्रिया अनुसार अगाडि बढेकाले टेण्डर फिर्ता असम्भव रहेको बताएको छ । अस्पतालको मेडिकल रेकर्डर तथा प्रवक्ता लक्ष्मीराज रेग्मीले आफूहरु प्रक्रिया अनुसार अगाडि बढेको बताए ।
व्यवसायीहरुले टेण्डर आबह्न गर्नु ३ महिना अघि नै जानकारी दिनुपर्ने भएपनि आफुहरुलाई केही जानकारी नदिइको बताएका छन् । अस्पतालले साउन १५ गते सर्वपक्षीय, सर्वदलीय बैठकमा अस्पतालका सटरहरु टेण्डरमा लैजाने भन्ने विषयमा कुरा भएको बताएको छ । अहिले लुम्बिनी अञ्चल अस्पतालले व्यापारिक पर्यजनका लागि ७३ वटा सटर बिना प्रतिस्पर्धा विभिन्न व्यक्ति वा फर्मले भाडामा लगाउ“दै आएको छ । टेण्डरको विरोधमा व्यवसायी उत्रेपछि प्रहरीले अस्पताल परिसरमा कडा सुरक्षा दिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोम थापाले व्यवसायी र अस्पताल प्रशासनबीचमा केही हुन सक्ने भन्दै सुरक्षा प्रदान गरिएको बताए । प्रहरीले अस्पताल भित्र र बाहिर सुरक्षा दिइरहेका छन् ।यस्तै बुधबार पनि व्यवसायीहरुले यस क्षेत्रका राजनीतिक दलहरुसंग छलफल गरेका छन् । उनीहरुले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी लगाएतका विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेका हुन । छलफलमा व्यवसायीहरुले टेण्डर प्रक्रिया एक पक्षीय रुपमा भएको बताएका छन् । टेण्डर प्रक्रिया रोक्न मन्त्रलाय, अख्तियार तथा सिडिओ कार्यालयमा जाने सटर व्यबसायी समितिका अध्यक्ष ढुण्डीराज रेग्मीले बताए ।
यसरी टेण्डर गर्दै जाने हो भने नेपाल भरमानै यसको असर देखिने बताउदै उनले सटरको भाडा समायोजन गर्न आफूहरु तयार भएको समेत प्रष्ट पारे । अस्पतालका सटरहरु टेण्डर प्रक्रियामा लगेपछि अब अस्पताललाई मासिक रुपमा लाखौं आम्दानी वृद्धि हुने प्रशासनले बताएको छ । अहिले अस्पतालले सटर भाडा बापत बार्षिक १ करोड ११ लाख रुपैया आम्दानी गरिरहेको छ । 

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.