स्वर्थ रहित पत्रकारिता



गुल्मी जिल्लाको अर्जै गाविस वडा नं. ९ फुलबारी बजारमा जन्मिनुभएका पत्रकार विकाश पराजुली अहिले बुटवलमा रहि पत्रकारीता गर्दै आउनुभएको छ । बुवा गुणानिधी पराजुली र आमा शोभा पराजुलीको काखबाट वि.स. २०४९ सालमा जन्मिनुभएका उहाँ एसएलसी पछि बुटवलमा आई पत्रकारीता सुरु गर्नुभएको हो । चार जनाको परिबारमा कान्छो छोराको रुपमा रहनुभएका उहा सानै देखि गायन तथा नृत्य पनिमा रुची राख्नुहुन्थ्यो । गाउमा पढ्दा नाच्ने र गाउने कलामा पनि दख्खल हुनुभएका उहा एसएलसी परीक्षा दिएर बुटवल आएको दुई बर्ष पछि व्यवसायी रुपमानै पत्रकारीतामा प्रवेश गर्नुभएको हो ।
सुरु सुरुको समयमा निकै मेहनत र लगनशिलताका कारण पत्रिकाको सामान्य पदमा काम गर्दै आउनुभएका उहाँ मेहनत, परिश्रम अनि काममा खटिने क्षमताका कारण संगै पत्रकारितामा पनि रुची भएपछि  वि.स. २०६७ सालबाट पत्रकारितामा प्रवेश गर्नुभएको हो । व्याचलरमा अध्ययान गरिरहनुभएका उहा अहिले बुटवलबाट प्रकाशित हुदै आएको मेचीकाली राष्टिय दैनिकको प्रधान कार्यालयमा संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ । त्यसबाहेक अन्य अनलाईन मिडियामा पनि काम गर्दै उहा आउनुभएको छ । पत्रकारितामा उहाको प्रवेश, चुनौती र भावी योजनाका बारेमा थप कुरा बुझ्न बुटवल सौगातले गरेको कुराकानीको सम्पादित अंश ।
तपाईको पत्रकारितामा प्रवेश कसरी भयो ?
म गाउमा हुदा अरु रेडियोमा बोलेको सुनेर म पनि रेडियोमा बोल्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । तर गाउमा त्यति धेरै स्रोत र साधन नहुदा सामान्य तालिमका अवसरहरु पनि पाउन मुस्किल पर्दथ्यो । तर बुटवलमा आएपछि मैले मिडियामा लागेर केही गर्न पर्छ भन्ने लाग्यो । २०६५ सालमा बुटवलमा आएपछि मैले सुरुमा एक होटलमा एकाउन्टेनको रुपमा ६ महिना काम गरे । ६ महिना काम गर्दा केही भएपनि बुटवललाई नजिक बाट चिने । एसएलसी परीक्षाको नतिजा आएपछि अध्ययानलाई पनि निरन्तरता दिन मैले त्यो काम छाडे । पछि कोठा भाडामा लिएपछि मैले पत्रिका वितरण सुरु गरे । दैनिक लुम्बिनीमा पत्रिका वितरण गरेको एक महिनापछि बुटवलबाट प्रकाशित हुने अर्को नयाँ भावना दैनिकमा पनि पत्रिका बाड्न थाले । पत्रिका बाड्दा लेख, रचना, गजलह्रु मैले प्रकाशित गर्न थाले । नया भावनामा काम गर्न थालेपछि दैनिक लुम्बिनीमा छाडेपछि मैले विहानमा पत्रिका बाड्ने, अनि कलेज पढ्ने र दिउसोमा त्यहि पाच टाईम काम गर्न सिके । पछि मैले पत्रकार हुने इच्छा देखाएपछि सरहरु यमलाल भुषाल, अर्जुन श्रेष्ठ र लक्ष्मण पौडेलले मलाई समाचार लेख्ने तरिकाको बारेमा सिकाईदिनुभयो । अनि पछि नया भावनामा पत्रिका वितरण संगै समाचार लेख्न थाले पछि विभिन्न कारणले मैले त्यहाबाट  छाडेर अहिले विगत डेढ बर्ष देखि मेचीकाली दैनिकमा आई पत्रकारिता गर्दै छु । तर अझै पनि रेडियोमा बोल्ने मेरो सपना पुरा हुन बाकी छ ।

कस्ता कस्ता चुनौतीको सामना गर्नुप्यो यो समय सम्म आईपुग्दा ?
बल्ल चार बर्ष हुन लाग्यो पत्रकारिता गरेको । पत्रिका वितरण  र मार्केटिन समेत गरेकाले मैले बजारमा कस्ता पाठक छन् भन्ने बुझेको छु । नया भावना दैनिकका गणपति मिष्ठान्न भण्डारको मिठाईमा किरा भेटियो समचारले मलाई बुटवलमा चिनाएको हो । यो समचार नया भावना दैनिकमा प्रकाशित भएको थियो । चुनौतीहरु धेरै नै भए । समयको व्यवस्थापन गर्न ग्राहो भएपछि अध्ययानमा समेत कठिनाई भयो । पछि त समयलाई व्यवस्थापन गरे  र सजिलो भयो । बाहिर देख्दा जति सरल र सहज पेशा देखिएपनि साच्चिकै यसको भित्रि रुप नितान्त फरक छ । समयमा पारिश्रमिक नदिने, कम पारिश्रमिक यस पेशाको मुख्य चुनौतिको रुपमा मैले लिएको छु ।
तपाईले यो पेशा गर्दै गर्दा निकै आफुलाई आनन्द लाग्ने त्यस्ता के समाचारहरु प्रकाशित भए ?
म खोजपत्रकारिता, खेलकुद, क्राईम, सामाजिक, विकास, पर्यटन, शैक्षिक, आर्थिक विषयमा बढि रिपोर्टिन गर्छु । मैले काम गर्दा धेरै अनुभव छन् जसले समाजलाई सकारात्मक सन्देश र समाजमा परिर्वतन समेत भएका उदाहरणहरु छन् । मैले झ्याप्पै भन्दा आम्दा अस्पतालमा उपचारको अभावमा नाबालकको मृ्त्यु हुने अवस्थामा मैले समाचारका लेखेपछि केही आर्थिक सहयोग गरी त्यो नावालकले नयाँ जिवन पाएको छ । टाफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नका लागि मैले प्रकाशन गरेका समाचारले प्रहरीले पनि निकै कार्य गरेको छ । यस्तै धेरै धेरै स्टोरी मेरा सम्झन लाएक छन् ।
पढाई र पत्रकारिता संगै लैजादा कत्तिको ग्राहो हुन्छ ?
पत्रकारिता गर्न मुख्य त अध्ययान जरुरी छ । पढाई विना केही बुझ्न सकिदैन । तर मेरो व्यक्तिगत धारणा राख्दा पढाई र पत्रकारिता गर्न चुनौति छ । यो पेशामा लागेपछि समय व्यवस्थापन गर्न निकै ग्राहो हुन्छ । विहानका कार्यक्रममा जानुपर्ने, राती अवेर सम्म खटिनुपर्ने कारणले पढाईमा बाधा अवश्य पुग्छ । अझ पढाई एउटा पेशा एउटा भयो भने त पढाई झनै डामाडोल हु्न्छ जस्तो लाग्छ । त्यसैले मैले पनि कर्मश पढ्दा पढ्दै विचमै छाडेर जर्नालिजम पढ्दै छु ।

यसमा भविष्य कस्तो छ ?
खटिएर काम गरे भविष्य जस्तो सुकै काममा पनि छ भन्ने लाग्छ । धैर्य गर्नुपर्छ त्यसको फल अवश्य पाइृन्छ । यो सेवा नितान्त समाजसेवा पेशा हो । अरुलाई सुसुचित गर्ने, खवरदारी गर्ने र प्रोत्साहन गर्ने यो पेशामा राम्रै धन कमाउन पनि सकिन्छ । तर परिश्रम र मेहनतको निकै जरुरी पर्छ ।
कस्ता विषयबस्तुमा समाचार लेख्न मन मराउनुहुन्छ ?
मलाई राजनितीक ठ्याक्कै मन पर्दैन । तर लेख्दै लेख्दिन भनेको पनि होईन । खस गरी राजनिती भन्दा म अन्य विषयबस्तुका बारेमा समाचार लेख्ने मेरो रुची छ । समाचार लेखेपछि समाजमा ढिलो छिटो केही परिर्वतन दिन सकोस भन्ने योजना अनुरुप मैले समाचार लेख्ने गर्दछु । भने केही खवरदारी पुर्ण समाचारमा पनि मैले कलम चलाउछु । मलाई विशेष खोजपत्रकारितामा मेरो रुची छु । त्यस्तै समाजिक उत्तरदायि भुमिका निभाउने समाचार, विकास, खेलकुद, क्राईम, आर्थिक, शिक्षा पनि मेरा मुख्य समाचार लेख्ने विषयबस्तु भित्र पर्दछन् ।
यो पेशामा लाग्दै गर्दा घरपरिबारबाट कत्तिको सहयोग मिलेको छ ?
मलाई सहयोग मिलेको छ । बुवाले यो पेशा राम्रो छ भन्नुहुन्छ । कहिले काही अवेर सम्म अपिसमा हुदा मम्मीले यति राती सम्म अपिस विहानै कहा कहा हो बरु छोड भन्नु हुन्थ्यो पहिले तर अहिले केही भन्नुहुन्न । दाईको पनि सहयोग मिलेको छ । अन्य आफन्तजन, इष्टमित्रले पनि मलाई सपोट गरेका छन् ।
यो पेशामा आउन खोज्ने नयाँ पुस्ताहरुलाई के भन्नुहुन्छ ?
मैले अघिनै भनिसके बाहिर देख्दा जति सरल र सहज छ यो पेशा यसको भित्रि रुप नितान्तै फरक छ । अहिलेको सन्दर्भमा बढि भन्दा बढि अध्ययन चाहिन्छ । सबै मिडियमा एउटै प्रकृतिका पनि हुदैनन । काम गर्ने पारिश्रमिक नपाउने समस्या पनि तपाईहरुलाई हुन सक्छ । बुझेर मात्र यो पेशामा आउनुभयो भने पक्कै पनि यो पेशामा भविष्य उज्वल छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
मलाई सम्झेर मेरा तिता मिठा अनुभव सेयर गर्न दिएकोमा बुटवल सौताग परिबारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पत्रकारितामा आउन चाहनेहरुलाई अरुको कुरा सुनेर भन्दा पनि यो पेशाका बारेमा राम्ररी बुझेर आउन आग्रह गर्दछु । भविष्य उज्जवल छ । चुनौतीहरु धेरै आउन सक्छन् त्यसलाई सामाना गर्ने दृढ सक्ति तपाईमा हुनुपर्छ तपाई सफल र राम्रो पत्रकार बन्न सक्नुहुन्छ ।


विकाश पराजुली
पत्रकार

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.