सटर भाडामा लगाउन टेण्डर आह्वान
विकाश पराजुली
बुटवल, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र पहलमा लुम्बिनी अञ्चल अस्पतालले अन्तत् सटरहरुलाई टण्डरमा लगेको छ । अख्तियर दुरुपयोग अनुसन्धान अयोगले खुल्ला प्रतिस्पर्धाबाट सटर भाडामा लगाउन अस्पताललाई निर्देशन दिएपछि सटरहरु टेण्डरमा लगिएको हो ।अञ्चल अस्पताल प्रशासनले सटरहरु टेण्डर प्रक्रियामा लैजाने भन्दै सार्वजनिक सूचना समेत निकालेको छ । अहिले लुम्बिनी अञ्चल अस्पतालले व्यापारिक प्रयोजनका लागि ७३ वटा सटर विना प्रतिस्पर्धा विभिन्न व्यक्ति वा फर्मले भाडामा लगाउदै आएको छ । अस्पतालका सटरहरु टेण्डर प्रक्रियामा लगेपछि अब अस्पताललाई मासिक रुपमा लाखौं आम्दानी वृद्धि हुने प्रशासनले बताएको छ ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले विगतका वर्षहरुमा अस्पतालले उठाउने गरेको सटर भाडाको तुलनामा अब केही बृद्धि हुने बताए । यस अघि देखि नै अस्पतालले सटर टेण्डरका लागि आहवान गर्न खोज्दा व्यवसायीकै अटेरका कारण अस्पताल प्रशासनले टेण्डर विनानै भाडामा लगाउदै आएको थियो । सोही कारण अस्पतालले थोरै मात्र आम्दानी गरेको बताइन्छ । अहिले अस्पतालले सटर भाडा बापत बार्षिक १ करोड ११ लाख रुपैया“ आम्दानी गरिरहेको छ ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले विगतका वर्षहरुमा अस्पतालले उठाउने गरेको सटर भाडाको तुलनामा अब केही बृद्धि हुने बताए । यस अघि देखि नै अस्पतालले सटर टेण्डरका लागि आहवान गर्न खोज्दा व्यवसायीकै अटेरका कारण अस्पताल प्रशासनले टेण्डर विनानै भाडामा लगाउदै आएको थियो । सोही कारण अस्पतालले थोरै मात्र आम्दानी गरेको बताइन्छ । अहिले अस्पतालले सटर भाडा बापत बार्षिक १ करोड ११ लाख रुपैया“ आम्दानी गरिरहेको छ ।
प्रतिस्पर्धात्मक प्रणालीबाट जा“दा यो आम्दानी बढ्ने देखिन्छ । अहिलेका सटरहरु विभिन्न व्यक्ति र व्यापारिक फर्मले प्रतिबर्ग फिट ३७ रुपैया“ १७ पैसाका दरले सटर भाडामा लिएका छन् । यो हिसावले हेर्दा एउटा सटरको भाडा औशतमा १० हजार पर्न आउ“छ । नेपाल सरकारले गरेको मुल्य निर्धारण अनुसार टेण्डर प्रक्रियापछि प्रतिबर्ग फिट ६४ रुपैया“ हुनेछ । यो हिसावले एउटा सटरको भाडा औशतमा १७ हजार २ सय ५० रुपैया“ हुन आउ“छ । अख्तियारले ०६१ सालमै टेण्डरमा लैजान निर्देशन दिएपनि कार्यान्वयन हुन नसकेको अवस्थामा यसपटक अख्तियारले अस्पताललाई पत्र काटी तत्काल टेण्डरमा लैजान निर्देशन दिएको थियो ।
अख्तियारको ताकेतापछि अस्पतालले टेण्डर प्रक्रिया सुरु गर्न लागेको जानकारी पाएपछि यस क्षेत्रका स्थानीय राजनीतिकदलहरु, व्यवसायिक संघ संस्थाहरुको बैठक बसी हाल अस्पतालमा विकास समिति पनि नरहेको र टेण्डर प्रक्रियाले व्यवसायीहरुलाई विस्थापित गर्न सक्ने भन्दै टेण्डर प्रक्रियामा जान नहुने बताएका थिए । सो बैठकले भने अस्पताल विकास समिति गठन नभएसम्म टेण्डर प्रक्रियामा जान नसकिने अवस्था रहेको जानकारी अख्तियारलाई गराउने सुझाव दिएको थियो । अस्पतालले टेण्डर मार्फत भाडामा लगाउन खोजे पनि व्यापारीले हरेक पटक अवरोध गर्दै आएका थिए । विना प्रतिस्पर्धाबाट सटर भाडामा लगाउ“दा अस्पतालले चाहे जति आम्दानी गर्न सकेको छैन । अहिले व्यवसायीले बजार मुल्य भन्दा न्यून रकममा सटरहरु प्रयोग गर्दै आएका छन् । अस्पताल सटर उपभोक्ता समितिका सचिव डिल्लीराज भण्डारीले व्यवसायीलाई कुनै सूचना नगरी टेण्डर प्रक्रियामा गएकाले यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘समय सापेक्ष अनुसार भाडा तिरिएको थियो, तर अहिले अस्पतालले कुनै सूचना नदिई टेण्डरमा गएको छ’ उनले भने ।
यता सूचना अधिकृत रेग्मीले भने साउन १५ गते सर्वदलीय बैठक बोलाएर टेण्डरमा गएको बताए । उनले ०७० साउन १ गते देखि नै व्यवसायीहरु संगको सम्झौता सकिएकाले १ बर्ष पछि पर्खेर टेण्डरमा गएको बताए । ‘जानी–जानी कोही पनि अख्तियारको कारबाहीमा पर्न चाहन्न, हामीले एक बर्षसम्म पर्खेका हौ तर ताकेता पछि टेण्डरमा गयौ’ रेग्मीले भने । अस्पतालले टेण्डर आह्वान गरेपछि केही सम्भावित घटना हुन सक्ने भन्दै अस्पताललाईन परिसरमा विहानैदेखि प्रहरी खटिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापाले टेण्डर प्रक्रियामा सडर लगाउने भएपछि व्यवसायी र प्रशासन बीच केही सम्भावित घटना हुन सक्ने भन्दै सुरक्षा बढाइएको बताए । अख्तियारले सटर भाडा बाहेक अस्पतालका अन्य पक्ष बारे पनि छानविन जारी राखेको बताइएको छ । यता नेपाल फार्मास्यूटिकल एशोसिशनले ०७० साउन २१ गते अञ्चल अस्पताललाई नोक्सानी हुने काम काज रोक्का गर्न पहल गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएको छ । यस बारेमा अनुसन्धान भइरहेको बताइएको छ । एशोसियशनका अध्यक्ष किरण ढकालले एशोसियशनले अस्पतालको फार्मेसी सञ्चालनका लागि अस्पताल फार्मेसीसंग सार्वजनिक खरिद ऐन विपरीत टेण्डर नविकरण गराएको भन्दै उजुरी दिइएको बताइएको छ ।
0 comments