माटोमा अम्लीय पना र प्राङगारिक पदार्थको कमी हुदै
विकाश पराजुली
बुटवल, साउन ३१ । रुपन्देही जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लीयपना र प्राङगारिक पदार्थको कमी हुदै गएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले पा“च महिनाको अवधिमा गरेको माटोको परिक्षणमा यस्तो तथ्य भेटिएको हो ।
जिल्लाका अधिकांश क्षेत्रमा प्राङगारिक मलको सट्टा रसायनिक मलको प्रयोग बढ्दै गएकाले माटोमा अम्लीयपना र प्राङगारिक पदार्थको कमी हुदै गएको कार्यालयले जनाएको छ ।
त्यस बोहक माटोमा नाईट्रोजन पनि कमी रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका माटो विज्ञ आशुयनी कुमार शर्माले जिल्लाका विभिन्न स्थानमा माटो परीक्षण गर्दा माटोमा अत्यन्तै मात्रामा रसायनिक मलको प्र्रयोग भेटिएको बताए । किसानहरुले सुरुमा उत्पादन मात्र बढी खोज्ने कारणले रसायनिक मलको प्रयोग गरेकाले माटोमा उर्वराशक्ति कमी हुदै गएको उनको भनाई छ । कार्यालयले फागुन महिना देखि जल्लामा पहिलो पटक माटो परीÔण्ँ सुरु गरिएको थियो ।
कार्यालयले रुपन्देहीको धकधई, करहिया, अमुवा र सुर्यपुरामा माटो परीक्षण शिविर समेत गरि सकेको छ । त्यस बाहेक कार्यालय बाटै माटो परीक्षण भइरहेको छ भने अन्य गाविसमा पनि माटो परीक्षण शिविर हुने बताइएको छ । हाल सम्म माटो परीक्षण शिविर सम्पन्न भएका गाविसहरुमा माटो जाच गर्दा माटोमा प्राङगारिक पदार्थको कमि, माटोमा अम्लीयपना तथा नाईट्रोजनको मात्रा कम भेटिएको उनले बताए । सो क्षेत्रमा फस्फोरसको भने मात्रा ठिक रहेको उनको भनाई छ ।
अहिले सम्म कार्यालयले ५ सय माटो नमुना जाच गरिसकेको छ । कृषकहरुले युरियाको मात्रा बढी राखी उत्पादन बढी लिन खोज्दा माटोमा अम्लीयपना बढी देखिएको बताइएको छ । माटोमा अम्लीयपना बढी भएमा प्राङगारिक मलको बढी प्रयोग गर्नुपर्ने उनको सुझाव छ । माटो परीक्षण पछि कुन माटोमा कस्तो बाली लगाउने, माटोमा आवश्यक कुन–कुन मलको प्रयोग गर्ने, मलको मात्रा कति राख्ने भन्ने बारेमा सो क्षेत्रका कृÈकहरुलाई जानकारी समेत दिइएको छ । सामान्यता प्राङगारिक पदार्थ प्रतिहेक्टरमा ३–५ प्रतिशत, नाईट्रोजन ० दशमलव ११ देखि ० दशमलव २२ प्रतिशत, पोटास २ सय ८० के।जी देखि ५ सय केजी र फस्फोरस ३० केजी देखि ५५ के।जी भएमा माटो राम्रो मानिन्छ ।
तर अहिले सम्म गरिएको परीक्षणमा कुनै पनि पदार्थ माटोमा ठीक भएको भेटिएको छैन । मोटोमा प्राङगारिक पद्धार्थ बचाई राख्न माटोमा विÈादिको प्रयोग नगर्न, जमिनमा एकै प्रकारको खेती नगर्ने तथा गोवरको मलको बढी प्रयोग गर्न जिल्ला कृषिविकास कार्यालय रुपन्देहीले कृÈकलाई आग्रह समेत गरेको छ । तराईका जिल्लाहरुमा बस्ने अधिकांश कृषकहरुले दाउराको अभाव हुदा गोवरबाट गुइठा बनाई प्रयोग गर्ने गर्दा पनि प्राङगारिक मल खेतीपातीमा प्रयोग नगर्ने गर्दा माटोमा प्राङगरिक पद्धार्थको कमि देखिएको शर्माको भनाई छ । जिल्लाको माटोमा रसायनिक मलको बढी मात्रामा प्रयोग भएको भेटिएको बताइएको छ । त्यस बाहेक माटोमा नाईट्रोजन र पोटास पनि कमि रहेको शर्माले बताए । ‘यसको कारण गा्रमीण बस्तीहरुमा घरायसी प्रयोजनका लागि गुइठा बनाउदै आएकाले हो शर्माले भने माटोलाई दिर्घकालीन बनाउन किसानले रसाएनिक मलको प्रयोग गर्नु हुदैन ।’ तराई क्षेत्रका किसानहरुले गोवरलाई विशेÈगरी गुइठा बनाई दाउराको रुपमा प्रयोग गरेकाले माटोको उर्वराशक्ति कम हुदै गएको तथ्याङकले समेत देखाएको छ ।
तराईमा पराल, सोत्तर र गोवर मुख्य मलको स्रोत भएपनि दाउराको रुपमा गोवर तथा तोरीको डाठ, केराउ तथा अन्य बालीको डाठ कुहाएर प्राङगारिक मल बनाउन सकिने भएपनि त्यसलाई जलाएर नाश गर्ने गरिएकाले पनि तराईको माटोमा प्राङगारिक पद्धार्थको कमी देखिएको शर्माले बताए । क्षेत्रीय माटो परीक्षण पोखरामा माटोको नमुना परीक्षण हुदै आएको भएपनि अहिले रुपन्देही जिल्लामा कलर मेथड ९किट् बक्स० बाट माटो परीक्षण सुरु गरिएको हो ।
आई।डव्लु।आर।एम।पि। ले सहयोग गरेको कलर मेथड ९किट् बक्स० बाट माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र पि।एच। को परीक्षण गर्न सकिने छ । माटो परीक्षण गर्दा नाईट्रोजन कम भएमा युरियाको प्रयोग, फस्फोरसको कमी भएमा डिएपी मलको प्रयोग तथा पोटासको मात्रा कम भएमा म्युरिटा पोटास राख्नुपर्ने हुन्छ ।
0 comments