अर्जै समाजमा अर्याल निर्वाचित




बुटवल, साउन १० । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको प्रथम अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले आगामी दुई बर्षका लागि यम बहादुर अर्यालको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । समाजको संरक्षकमा खड्क बहादुर अर्याल रहेका छन् ।
जसको उपाध्यक्षमा भरत पराजुली, सचिवमा छाया पोखरेल, कोषाध्यक्षमा बावुराम पराजुली रहेका छन् । त्यस्तै सदस्यहरुमा मनोज गौतम, ज्ञानहरि ज्ञवाली, खगेन्द्र पराजुली, तारापति अर्याल, चन्द्रमणि अर्याल, थम्मन पराजुली, शान्ता गिरी, शुसिला विष्ट, हुमकला विष्ट, सिमा पोखरेल, ओमप्रसाद भण्डारी, यम बहादुर पराजुली, इन्द्र वि।क।, रविलाल अर्याल, कुञ्जमान भण्डारी, रेशमचन्द्र भण्डारी र टिकाराम अर्याल रहेका छन् । त्यस्तै अबिधेशनले पाच जनालाई सल्लहकारमा मनोनय गरेको छ । सल्लाहकारमा अनन्तराम अर्याल, गंगाराम अर्याल, इश्वरचन्द्र अर्याल, कृष्ण बहादुर पराजुली र मान वहादुर बस्नेत रहेका छन् ।
कार्यक्रम यमबहादुर अर्यालको अध्यक्षता, खड्कबहादुर अर्यालको प्रमुख आतिथ्यता, गंगाराम अर्यालको स्वागत तथा खगेन्द्र पराजुलीको सञ्चालनमा सम्पन भएको थियो ।





,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.