'अपराध अनुसन्धानमा प्रविधिको अधिकतम प्रयोग हुनुपर्छ'

विकाश पराजुली
बुटवल, असार १ ।

नेपाल प्रहरी अन्तर्गतको अपराध अनुसन्धान विभागका प्रमुख सुरेन्द्र शाहले परम्परागत प्रविधिले देशमा अपराध नियन्त्रण गर्न नसकिने बताएका छन् । अपराधीहरुले बदलिदो परिबेशमा प्रविधिको प्रयोग गर्दै अपराध बढाइरहदा प्रहरीले परम्परागत शैलीमैं अनुसन्धान गरिरहेकाले अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए । 
अपराधका घटना एक पछि अर्को गर्दै बढ्दै गएपछि अपराध अनुसान्धान महाशाखाले कसरी अपराध नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा विभिन्न गोष्ठीहरुको आयोजना गर्ने सन्दर्भमा आइतबार आयोजित अपराध अनुसान्धन क्षत्रीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै डिआईजी शर्माले समयको माग अनुसार अनुसन्धानमा एकआकार भएर अगाडि बढ्न सके देशमा अपराधिन गतिविधि नियन्त्रण हुन सक्ने बताए ।
‘अपराधहरु चुनौतीपूर्ण रुपमा अगाडि आउदैछन् तर हामी परम्परागत रुपमा नै छौ यसरी अगाडि बढ्दा निश्चय पनि ग्राहो हुन्छ ।’ उनले भने । 
उनले अहिले अपराध अन्तरदेशीय र संगठित भैरहेका बताए । अपराधमा पछिल्लो समय आधुनिक प्रविधिको समेत प्रयोग भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी संगठनले पनि प्रविधिलाई आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ । ‘अब सोचमा परिर्वतन, विज्ञानको प्रयोग हुनुपर्छ’ उनले भने–‘प्रभावमुखी अपराध अनुसन्धान र इन्भिेस्टिकेसन अपराध अनुसन्धान अहिलेको आवश्यकता हो ।’
उनले प्रहरीले थालेको मुस्कान सहितको प्रहरी सेवाले व्यवसायिक प्रभाव गर्दै जनताको मन जित्ने आशा रहेको बताए । सो अवसरमा रुपन्देही जिल्लाका जिल्ला न्यायधीस बालचन्द्र शर्माले अझै पनि प्रहरीमा अनुसान्धान सुस्त रहेको भन्दै पदीय जिम्मेवारी कति सुरक्षित छ भन्ने कुरा बुझ्न पनि आग्रह गरे । कार्यक्रममा प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतम, जिल्ला न्याधिवक्ता कमलराज पन्थी लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक दिपक भण्डारीले गरेका थिए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.